Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » शिवसताक्षी ८ नम्बर वडाको तर्फबाट विद्यालयलाई (सिटी-रिक्सा) हस्तान्तरण
    कनकाई खबर बिशेष

    शिवसताक्षी ८ नम्बर वडाको तर्फबाट विद्यालयलाई (सिटी-रिक्सा) हस्तान्तरण

    कनकाई खबरBy कनकाई खबर२०८० चैत्र २, शुक्रबार ११:२५ गते3 Mins Read

    शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिका–८ ले नयाँ शैक्षिक सत्र सुरु हुनु अगावै स्कुल डाँडामा रहेको अरुणोदय आधारभूत विद्यालयलाई विद्युतीय अटो (ई–रिक्सा) उपलब्ध गराएको छ ।

    बिहीबार एक कार्यक्रमकाबीच वडा अध्यक्ष सन्तकुमार फेउदिनले सो विद्यालयका विद्यार्थीलाई ई—रिक्सामा राखेर विद्यालय परिसर घुमाउँदै विद्यालयलाई हस्तान्तरण गरेका हुन् । वडा अध्यक्ष फेउदिन, वडा सदस्य टिकामाया दर्जी, विवेक थिंङ, ज्ञानु लुइँटेल र वडा सचिव पुष्पलाल पाण्डेले विद्यालयकी प्रधानाध्यापक तारा लावती र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रमेश सिलवाललाई विद्युतीय अटो रिक्साको साँचो हस्तान्तरण गरेका हुन् ।

    विद्यालयलाई वडाले अटो रिक्सा दिएपछि आउने शैक्षिक सत्रमा विद्यार्थीको चाप बढ्ने वडा कार्यपालिका र विद्यालय प्रसाशनको ठम्याई छ ।सम्झना चोक, डाँडा गाउँ, मुसर बस्ती, बिहानी चोक, कञ्चन टोल, बुद्ध चोक, पगरी टोल, गुराँस चोक लगायत टाढा टाढाबाट आउने विद्यार्थीलाई विद्यालयसम्म सहज रुपमा आउन र गन्तव्य सम्म पुग्न विद्युतीय अटो रिक्साले सहयोग पुग्ने विद्यालयकी प्रधानाध्यापक तारा लावतीले बताइन् ।

    विद्यालयको समग्र भौतिक निर्माण तथा शैक्षिक विकासका लागि वडाले दिएको विद्युतीय अटो रिक्सा उपहारले विद्यालयको सर्वाङ्गीण विकासमा टेवा पु¥याउने उनले बताइन ।विद्यालयले विद्युतीय अटो रिक्सा सञ्चालनका लागि सोही विद्यालयका एक विपन्न अभिभावकलाई जिम्मा दिने भएको छ । उनले विद्यालयमा टाढाबाट अध्ययन गर्न आउने विद्यार्थीलाई विद्यालय सम्म ल्याउने र छुट्टी भएपछि घर सम्म पु¥याउने गर्छन् । विद्यार्थी ओसारे बापत उनले कुनै पारिश्रमिक विद्यालयबाट नलिने प्रधानाध्यापक लावतीले बताउन् ।

    ‘बिहान बेलुका विद्यार्थी बोक्नुहुन्छ, दिउसो यात्रु बोक्नु हुन्छ,’ विद्यालयकी प्रधानाध्यापक लावतीले भनिन्, दिउँसो यात्रु बोके बापत उनले विद्यालयलाई दिनहुँ तीन सय भुक्तानी गर्नुहुन्छ ।’विद्युतीय अटो रिक्सा चालकले दिएको तीन सयले विद्यालयले एक जना निजी शिक्षक नियुक्ति गर्ने विद्यालय प्रशासनले योजना बनाएको छ । नर्सरी देखी कक्षा १ सम्म अङ्ग्रेजी माध्यमबाट अध्ययन अध्यापन हुने सो विद्यालयमा आउँदो शैक्षिक सत्रदेखि कक्षा २ सम्म अङग्रेजी माध्यमबाट अध्ययन अध्यापन हुने भएको छ ।आदिवासी, जनजाति, सन्थाल र दलित समुदायका बालबालिका अध्ययन गर्ने सो विद्यालयमा वडाले दिएको विद्युतीय अटो रिक्सा उपहारले विद्यार्थी सङ्ख्या वृद्धि हुने वडा अध्यक्ष फेउदिनले बताए ।

    उनका अनुसार टाढाको स्थानबाट पढ्नका लागि बालबालिका आउने कार्यलाई सहज बनाउन साधनको रुपमा विद्युतीय अटो रिक्सा उपलब्ध गराइएको हो ।उनले सामुदायिक विद्यालयमा विद्यार्थी आकर्षण बढाउन पनि सवारीसाधनले सहयोग पुग्ने जनाए । वडाले विद्युतीय अटो रिक्सा विद्यालयलाई उपहार दिएपछि स्थानीय अभिभावक पनि मक्ख परेका छन् । उनीहरूले अब, बोर्डिङ स्कुलबाट आफ्ना नानी निकालेर अरुणोदयमा भर्ना गर्ने बताए । स्थानीय भीमा राईले भनिन्,’ अघि नानीलाई बोक्ने गाडी थिएन र बोर्डिङमा पठाए । अव विद्यालयमा विद्युतीय अटो रिक्सा आएपछि आफ्नै गाउँको विद्यालयमा मेरी छोरी पढाउँछु ।’सो विद्यालयमा ५ महिना अघि मात्र तारा लावती प्रधानाध्यापक पदमा नियुक्त भएकी हुन् ।

    उनी प्रधानाध्यापकमा नियुक्त भएपछि विद्यालयको स्वरूप परिवर्तन हुन थालेको छ । शिक्षक शिक्षिकाको टिम वर्क मिल्यो भने सामुदायिक विद्यालयको गुणस्तर सुधार गर्न सकिने उनले बताउन् । ‘म एक्लै केही होइन । अभिभावक, शिक्षक र दाताको सकारात्मक सोचले विद्यालयको गुणस्तर सुधार गर्न सकिने रहेछ । उनको नियुक्ति पछि १० जना विद्यार्थी थपिएका छन् ।लावतीले विद्यालयका अक्षय कोष पनि स्थापना गरेकी छन् । गएको तिहारमा देउसी खेलेर अक्षय कोषको स्थापना गरेको उनले बताइन । देउसीको अलावा केही दाताले पनि विद्यालयलाई आर्थिक सहयोग गरेका छन् ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते

    आज देखि सरकारी कार्यालय बिहान नौ बजे देखि अपरान्ह पाँच बजेसम्म,हप्तामा दुई दिन विदा

    २०८२ चैत्र २३, सोमबार ११:१० गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.