Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » सुरुङ्गामा भेट्रानको फुटबल चैत्र ३ देखि
    कनकाई नगरपालिका

    सुरुङ्गामा भेट्रानको फुटबल चैत्र ३ देखि

    कनकाई खबरBy कनकाई खबर२०८० फाल्गुन २९, मंगलवार २३:४१ गते2 Mins Read

    कनकाई खबर \ कनकाई भेट्रान क्लब सुरुङ्गाको आयोजनामा भेट्रान कप २०८० तेस्रा संस्करण फुटबल प्रतियोगिता चैत्र ३ देखि हुने भएको छ ।

    क्लबले सोमबार फुटबल प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएको छ । प्रतियोगितामा झापा, मोरङ र सुनसरीका ८ वटा टिमको सहभागिता रहने र प्रतियोगिता चैत्र १० गते सम्पन्न हुने छ । ४० वर्षमाथिका खेलाडीको मात्र सहभागिता रहने सो प्रतियोगितामा बिराटनगर भेट्रान क्लब, दमक लखनपुर भेट्रान क्लब, धरान भेट्रान क्लब, बिर्तामोड भेट्रान क्लब, कनकाई भेट्रान क्लब, उर्लाबारी भेट्रान क्लब, धुलाबारी भेट्रान क्लब र दुधे भेट्रान क्लब शिवसताक्षीको सहभागिता रहने तय भएको क्लबका अध्यक्ष श्यामकुमार राईले जानकारी दिए । पहिलो दिनको प्रतिष्पर्धा बिराटनगर भेट्रान क्लब र दमक लखनपुर भेट्रान क्लबका वीच हुनेछ ।

    स्वास्थ्यका लागि खेल, राष्ट्रका लागि खेल नारासहित आयोजित नकआउट फुटबल प्रतियोगितामा ५ लाख ७१ हजार रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको क्लबका कोषाध्यक्ष तथा प्रतियोगिताका आर्थिक संयोजक सन्तोष लिम्बूले जानकारी दिए । प्रतियोगितामा प्रथम पुरस्कार १ लाख १ हजार र द्वितीय पुरस्कार ६५ हजार रुपैयाँ, प्रमाणपत्र र ट्रफी रहेको छ ।

    स्थानीय कन्काई माध्यमिक विद्यालयको खेलमैदानमा हुने खेल सम्पन्न गर्न स्थानीय सरकार कनकाई नगरपालिका, विभिन्न संघसंस्था, आफ्ना क्लब परिवार सदस्य तथा फुटबलप्रेमी व्यापारी, व्यवसायी र देशविदेशमा रहने महानुभावबाट खर्च जुटाइने खेल संयोजक उज्ज्वल बाँस्तोलाले जानकारी दिए । पत्रकार भेटघाटमा क्लबका संस्थापक अध्यक्ष राजेन्द्र खतिवडा, प्रचार प्रसार संयोजक रमेश मैनाली, मैदान व्यवस्थापन समिति संयोजक राजेश अघोरी लगायतले पत्रकारका जिज्ञासाका जवाफ दिएका थिए । फिफाको नियम अनुसार खेलमा म्यान अफ द टुर्नामेन्टलाई नगद ५ हजार र म्यान अफ द म्याचलाई नगद २ हजार प्रदान गरिने बताइएको छ । पत्रकार सम्मेलनको सञ्चालन कनकाई भेट्रान क्लब सुरुङ्गाका सल्लाहकार ज्योतिकुमार उप्रेतीले गरेका थिए ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते

    Leave A Reply Cancel Reply

    अपडेट

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते

    सुनसरी गोलीकाण्डको विरोधमा सिरहामा प्रदर्शन, प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग

    २०८३ श्रावण १२, मंगलवार १२:१९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.