झापाको मेचीनगर नगरपालिका- १५ ज्यामिरगढीस्थित भगवती लेमिनेट्स (प्लाइ) उद्योगमा भीषण आगलागी भएको छ ।
उद्योगमा आज बिहान सवा ५ बजेबाट आगलागी शुरु भएको हो । आगाे अझै नियन्त्रणमा आएको छैन । ६ वटा दमकल, नेपाली सेना , सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयबासी आगलागी नियन्त्रणका लागि खटिरहेका छन् । उद्योगको पश्चिमपट्टिको भाग जलिरहेको र अन्य भाग जोगाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय झापाका एसपी मिलन केसीले बताए । आगलागीको कारण थाहा हुन नसकेको उनले बताए ।
Author
-
कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।
View all posts
