कनकाई खबर \ झापाको कनकाईमा ईलाका प्रहरी कार्यालय सुरुङ्गाको सक्रियतामा सामाजिक सुरक्षा, साइबर क्राइम, लागुऔषध सम्बन्धी जनचेतनामूलक कार्यक्रमले तिब्रता पाएको छ ।
सुरुङ्गा प्रहरीले कनकाई नगरपालिका क्षेत्रका विद्यालय तथा समुदाय स्तरमा लागुऔषध तथा दुव्र्यसनी ,साईबर क्राईम, ट्राफिक नियम सम्बन्धी जनचेतना मुलक कार्यक्रमलाई तिव्रता दिइएको हो ।
यसैक्रममा (आज)आईतबार कनकाई —३ स्थित देवकोटा एजुकेशन फाउण्डेशनमा कक्षा ६,७,८,९, र १० मा अध्ययनरत करिब ९०जना विद्यार्थीहरुको सहभागीतामा लागू औषध तथा दुव्र्यसन, साईबर क्राईम, ट्राफिक नियम सम्बन्धी जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । यस्ता गतिविधिले मानव स्वास्थ्य र समाजमा पार्ने असर साथै यसबाट बच्ने उपायका बारेमा ईलाका प्रहरी कार्यालय सुरुङ्गाका वरिष्ठ प्रहरी नायव निरिक्षक प्रविनकुमार भट्टराईले प्रशिक्षण दिएका हुन् ।
कार्यक्रम अन्तर्गत यस अघि वरिष्ठ प्रहरी नायव निरिक्षक भट्टराईले नगरका निजी तथा सामुदायिक विद्यालयहरु सरस्वती मावि जामुनबारी ,भृकुटी मावि दुर्गापुर, कनकाई मावि सुरुङ्गा ,चम्पापुर मावि , भगवती प्रावि चप्रामारी, हरिकुल नमूना मावि सुरुङ्गा, सिंहदेवी मावि, बेनुबाजा अंग्रेजी मावि ,नवयुग शिक्षा निकेतन विद्यालय , झापा मेरिगोल्ड, बेनुबाजा अंग्रेजी मावि, जनचेतना आधारभुत विद्यालय, जानकी आधारभुत लगायतका विद्यालयहरु साथै जामुनखाडी स्पोर्टिङ क्लबको आयोजनामा जामुनबारी सामुदायिक वनको सभाहलमा पनि यस्तै कार्यक्रम सम्पन्न गरिसकेको बताइएको छ ।
पछिल्लो समय लागु औषधको प्रयोग , साईबर अपराधका घटना दिनानुदिन बढ्दै गएका कारण यसको नियन्त्रणमा विभिन्न सचेतनामूलक कार्यक्रमहरु संचालन हुँदै आएको बताइएको छ ।
स्थानीय सरकारका विभिन्न निकायहरु, सामाजिक संघ–सस्था साथै विद्यालयहरुले यस्तो कार्यक्रमलाई पहिलो प्राथमिकतामा राखी समुदाय स्तरमा लागुऔषध दुव्र्यसन ,साईबर क्राईम, ट्राफिक नियम सम्बन्धी जनचेतना मुलक कार्यक्रमहरुलाई निरन्तर अगाडी बढाईरहेको पाइएको छ ।
यस कार्यलाई अभियानका रुपमा अघि बढाउँदै पछिल्लो समय ईलाका प्रहरी कार्यालय सुरुङ्गाको नेतृत्व समालेका वरिष्ठ प्रहरी नायव निरिक्षक प्रविण कुमार भट्टराईको सक्रियतामा अभियानले निरन्तरता पाएको बताइएको छ ।
१९ वर्ष अघि प्रहरी सेवामा प्रवेश गरेका भट्टराईले कार्यक्रममा लागू औषध दुव्र्यसन के हो ? यसवाट स्वास्थ्यमा र समाजमा कस्तो असर पर्छ , दुव््र्यसनमा परिसकेपछिको अवस्था कस्तो हुन्छ ?त्यस्तै साईबर क्राईम, ट्राफिक नियम सम्बन्धी जनचेतनामुलक कार्यक्रममा विद्यार्थीहरुलाई प्रशिक्षण दिँदै आएका छन् ।
यतिबेला जताततै लागु औषधको प्रयोग, साईबर अपराधका घटना बढ्दै समाजलाई नै गलत बाटोतिर धकेल्ने गरेको भन्दै यसको न्यूनीकरणकालागि आफू जहाँ रहेपनि सक्रियताका साथ अघि बढ्ने ईलाका प्रहरी कार्यालय सुरुङ्गाका वरिष्ठ प्रहरी नायव निरिक्षक भट्टराईले प्रतिवद्धता जनाएका छन् ।
