Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » सहयोग जुटाएरै मदरसा भवन निर्माण
    कनकाई खबर बिशेष

    सहयोग जुटाएरै मदरसा भवन निर्माण

    कनकाई खबरBy कनकाई खबर२०८० फाल्गुन २७, आईतवार ०७:१७ गते2 Mins Read

    कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले बिर्तामोड–३ मा मदरसा तालिमुल कुरानको भवन शिलान्यास गरेका छन् ।

    कोशी प्रदेश सरकारको ४० लाख र ८ लाखको श्रमदान गरी कुल ४८ लाखको लागतमा निर्माण हुने ४ कोठे भवनको मुख्यमन्त्री कार्कीले शनिवार शिलान्यास गरेका हुन् । मदरसाको लागि ४ कठ्ठा १८ धुरको जग्गा घेरावारा गरिएको छ ।

    सोही जग्गामा भवन निर्माण भइरहेको हो । त्यस जग्गा खरिद गर्नका लागि अहिलेसम्म ६६ लाख ९० हजार रुपैयाँ तिरिसकेको र अझै ५० लाख रुपैयाँ तिर्न बाँकी रहेको मदरसाका अध्यक्ष अफ्रोज खानले बताए । उनले आर्थिक सहयोग संकलन गरेरै सो रकम जुटाइएको र भवन पनि त्यसरी नै निर्माण हुने बिश्वास व्यक्त गरे । कक्षा ६ सम्म उर्दु र अरविकसहित अंग्रेजी माध्यममा पठनपाठन भइरहेको सो मदरसामा २१० जना विद्यार्थी अध्ययनरत रहेका छन् ।

    मदरसाको आफ्नै भवन नहुँदा अहिले मस्जिदको भवनमा मदरसा संचालन भइरहेको छ ।मदरसा तालिमुल कुरानका अध्यक्ष अफ्रोज खानको अध्यक्षतामा भएको कार्यक्रममा कार्यक्रममा प्रमुख अतिथि मुख्यमन्त्री कार्की , बिर्तामोड नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला, बिर्तामोड उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष बलराम कार्कीलगायतले शुभकामना मन्तव्य राखेका थिए । मदरसा तालिमुल कुरानकी प्रिन्सिपल अन्जुम खातुनले स्वागत गरेको कार्यक्रमको सञ्चालन तेन्जिमा खातुनले गरेकी थिइन् ।

    शिलान्यास कार्यक्रममा बिर्तामोड–३ का वडाध्यक्ष मदन बुढाथोकी, बिर्तामोड–४ का वडाध्यक्ष राहुलकुमार शर्मा,५ का वडाध्यक्ष रोहित प्रसाई, ६ का वडाध्यक्ष सूर्यप्रसाद कन्दङ्वा, ७ का वडाध्यक्ष अविरल कृष्ण खरेल, अर्जुनधारा–६ का वडाध्यक्ष हरिशचन्द्र बास्तोला, बिर्तामोड उद्योग बाणिज्य संघका अध्यक्ष राजु न्यौपाने, बिर्तामोड साना शहरी तथा खानेपानीका सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष मेघराज बास्तोला, नेकपा एमाले बिर्तामोड नगर अध्यक्ष सुवास भट्टराई, माओवादी केन्द्रका जगन्नाथ भट्टराईलगायतको आतिथ्य रहेको थियो ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते

    आज देखि सरकारी कार्यालय बिहान नौ बजे देखि अपरान्ह पाँच बजेसम्म,हप्तामा दुई दिन विदा

    २०८२ चैत्र २३, सोमबार ११:१० गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.