Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    संविधानको सफल कार्यान्वयन स्थानीय सरकारको प्राथमिकता—उपप्रमुख शिवाकोटी

    २०८३ आश्विन ३, शनिबार २३:५८ गते

    सहारा नेपालको नेतृत्व दौडमा ओली, गिरी र खतिवडा

    २०८३ भाद्र ३१, बुधबार ०८:३५ गते

    हाम्रो घरको भडडु र आमाको हातको तीजको ढकने

    २०८३ भाद्र ३०, मंगलवार ०२:४५ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » पर्यटन प्रवद्र्धनकालागि प्रदेशस्तरीय भलिबल प्रतियोगिता
    खेलकुद

    पर्यटन प्रवद्र्धनकालागि प्रदेशस्तरीय भलिबल प्रतियोगिता

    ramBy ram२०७६ माघ ७, मंगलवार १५:१२ गते3 Mins Read

    कनकाई खबर \  झापाको कनकाईमा एनएमसी जामुनखाडी सिमसार कप १ नं.प्रदेशस्तरीय पुरुष नकआउट भलिबल प्रतियोगिता सुरु भएको छ ।

     सुरुङ्गा जेसीज र कनकाई नगर खेलकुद समितिको संयुक्त आयोजना तथा रोटरी क्लव अफ सुरुङ्गा सहआयोजक रहेको प्रतियोगिता पूर्वकै प्रसिद्ध पर्यटकीय क्षेत्र कनकाईस्थित जामुनखाडी सिमसार तथा पर्यटकीय क्षेत्रमा संचालन भएको हो ।

      पर्यटन भ्रमण वर्ष २०२० लाई सफल बनाउँदै प्रदेशस्तरीय पर्यटन प्रवद्र्धन गर्ने उद्येश्यले मंगलवारदेखि संचालन भएको प्रतियोगिताको कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले उद्घाटन गरेका छन् । प्रतियोगितामा १ नं. प्रदेशका ११ जिल्लासहित आयोजक सुरुङ्गा जेसीज समेत गरी १२ वटा टिमको सहभागिता रहने आयोजक सुरुङ्गा जेसीजका अध्यक्ष कमल कट्टेलले वताएका छन् । प्रतियोगितामा झापा लगायत मोरङ, सुनसरी, इलाम, ताप्लेजुङ्, संखुवासभा, तेह्रथुम, भोजपुर, सोलुखुम्बु, उदयपुर, धनकुटावाट खेलाडीहरुको सहभागिता रहने वताइएको छ ।

    मंगलवार ताप्लेजुङ् र मोरङ विच भएको उद्घाटन खेलमा ताप्लेजुङले २५\२०, २९\२७ र २५\२३ को सोझो सेटले विजयी सुरुवात गरेको छ । त्यस्तै सुरुङ्गा जेसीज र तेह्रथुम विच भएको दोस्रो खेलमा २५\१८, २५\१९ र २५\१५ को सोझो सेटले आयोजक सुरुङ्गा जेसीज विजयी बनेको छ । उद्घाटन समारोह पश्चात साँझसम्म भएको प्रतियोगिताको तेस्रो खेल झापा जिल्ला भलिबल संघ र उदयपुर विच भएकोमा उदयपुर विजयी भएको भलिबल संघका १ नं.प्रदेशका महासचिव लेखनाथ पराजुलीले वताएका छन् । पराजुलीका अनुसार धनकुटा र इलाम विच भएको चौथो खेलमा इलामले जीत हाँसिल गरेको छ ।

      बुधबारको खेल सुरुङ्गा जेसीज र सोलूखुम्बु, ताप्लेजुङ् र संखुवासभा, उदयपुर र सुनसरी, इलाम र भोजपुर विच हुने आयोजक समिति सुरुङ्गा जेसीजका खेलकुद संयोजक केशव शिवाकोटीले वताएका छन् ।

       प्रतियोगिताको प्रथम पुरस्कार १ लाख १ हजार १ सय ११ र दोस्रो पुरस्कार ५१ हजार १ सय ११ रहने वताइएको छ ।
    विभिन्न ७ वटा विधामा विधागत रुपमा ५ हजारका दरले पुरस्कार वितरण गरिने छ भने प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई रु.१० हजार साथै हरेक खेलको म्यान अफ द म्याचलाई १ हजारका दरले पुरस्कार वितरण गरिने जनाइएको छ ।

      प्रतियोगितामा सहभागिता जनाउँन आउँने खेलाडीहरुलाई आउँनेजाने खर्च साथै खाने, बस्ने लगायतको सम्पूर्ण व्यवस्था आयोजक समितिले नै मिलाउँने भलिबल संघ झापाका कोषाध्यक्ष एवम् सुरुङ्गा जेसीज वर्ष २०१९ का कार्यकारिणी उपाध्यक्ष राजु पाठकले जानकारी दिएका छन् । प्रतियोगिता सम्पन्न गर्नकालागि कनकाई नगरपालिका, नेपाल बहुउद्येश्यीय सहकारी संस्था लि. र जामुनवारी सामुदायिक वनले मुख्य रुपमा आर्थिक सहयोग गरेको छ भने अन्य विभिन्न संघसंस्था र खेलप्रेमी महानुभावहरुवाट आर्थिक सहयोग प्राप्त भएको वताइएको छ ।

      खेलकुदलाई पर्यटनसँग जोड्दै पूर्वमा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउँने लक्ष्यका साथ हरेक वर्ष यस किसिमको प्रतियोगितालाई निरन्तरता दिँदै अघि बढ्नु पर्नेमा पूर्वकै चर्चित पर्यटकीय क्षेत्र जामुनखाडी सिमसारका अध्यक्ष ख्यामराज सिटौलाले जोड दिएका छन् ।

     सुरुङ्गा जेसीजका अध्यक्ष कमल कट्टेलको सभापतित्वमा सम्पन्न प्रतियोगिताको औपचारिक कार्यक्रममा कनकाई नगर खेलकुद समितिका सदस्य एवम् सुरुङ्गा जेसीजका पुर्व अध्यक्ष जविन तिम्सिनाले औचित्यमाथि प्रकाश पारेका थिए । सुरुङ्गा जेसीजका खेल संयोजक केशव शिवाकोटीको स्वागत तथा महासचिव प्रविन तिम्सिनाले संचालन गरेको कार्यक्रममा नेपाल बहुउद्येश्यीय सहकारी संस्थाका अध्यक्ष रामचन्द्र उप्रेतीले खेलको सफलताको शुभकामना व्यक्त गरेका थिए ।

     

    कमेन्टस्

    Author

    • ram
      ram
      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    संविधानको सफल कार्यान्वयन स्थानीय सरकारको प्राथमिकता—उपप्रमुख शिवाकोटी

    २०८३ आश्विन ३, शनिबार २३:५८ गते

    सहारा नेपालको नेतृत्व दौडमा ओली, गिरी र खतिवडा

    २०८३ भाद्र ३१, बुधबार ०८:३५ गते

    हाम्रो घरको भडडु र आमाको हातको तीजको ढकने

    २०८३ भाद्र ३०, मंगलवार ०२:४५ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    संविधानको सफल कार्यान्वयन स्थानीय सरकारको प्राथमिकता—उपप्रमुख शिवाकोटी

    २०८३ आश्विन ३, शनिबार २३:५८ गते

    सहारा नेपालको नेतृत्व दौडमा ओली, गिरी र खतिवडा

    २०८३ भाद्र ३१, बुधबार ०८:३५ गते

    हाम्रो घरको भडडु र आमाको हातको तीजको ढकने

    २०८३ भाद्र ३०, मंगलवार ०२:४५ गते

    जन्मभूमिलाई प्रवासी झापालीको ठूलो सहयोग : अन्तर्राष्ट्रिय झापाली समाजद्वारा कनकाईलाई ३० लाखको स्वास्थ्य उपकरण हस्तान्तरण

    २०८३ भाद्र २९, सोमबार २१:२१ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.