Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » फरक शैलीमा कनकाईले अन्तर्राष्ट्रिय नारी दिवस मनाउँदै
    कनकाई नगरपालिका

    फरक शैलीमा कनकाईले अन्तर्राष्ट्रिय नारी दिवस मनाउँदै

    रामप्रसाद निरौलाBy रामप्रसाद निरौला२०८० फाल्गुन २३, बुधबार २३:०१ गते3 Mins Read


    कनकाई खबर \ झापाको कनकाई नगरपालिकाले ११४औं अन्तर्राष्ट्रिय नारी दिवस विविध कार्यक्रमका साथ साझा अभियानका रुपमा मनाउँने भएको छ ।

    यहि फागुन २५गते शुक्रबार पर्ने नारी दिवसको अवसर पारेर कनकाई नगरपालिका क्षेत्रका सवै वडामा विविध कार्यक्रम तय भएको जनाइएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले यस वर्ष ‘महिलामा लगानी ः सभ्य र समुन्नत समाजको थालनी’ भन्ने राष्ट्रिय नारा तय गरेको छ ।

    यसै सन्दर्भमा आर्थिक र सामाजिक सशक्तिकरणकालागी लगानीको सुनिश्चितता गर्न सहयोग गर्ने रचनात्मक तथा सिर्जनात्मक कार्यक्रमहरुको आयोजना गरी देशभरी नै यस वर्षको अन्तर्राष्ट्रिय नारी दिवस मनाउँन लागिएको हो ।

    नारी दिवसमा हरेक वर्ष एकै स्थानमा नगर स्तरीय कार्यक्रम संचालन गर्दै आएको कनकाई नगरपालिकाले यस पटक नगरका नौ वटै वडामा अलग —अलग कार्यक्रम आयोजना गर्ने गरी तयारी गरिएको कनकाई नगरपालिकाकी उपप्रमुख आशा शिवाकोटीले बताएकी छन् ।

    नगरपालिकामा केन्द्रिकृत हुँदा सबै महिलाहरुमा नारी दिवसका बारेमा जानकारी हुन कठिन हुने भएकाले विकेन्द्रिकृत धारणा अनुरुप कार्यक्रम आयोजना गरिएको उपप्रमुख शिवाकोटी बताउँछिन् । यसै अवसरमा कनकाईको वडा नं.–९ स्थित वडा कार्यालयको आयोजनामा अन्तर्राष्ट्रिय नारी दिवस विविध कार्यक्रमका साथ सम्पन्न गरिएको छ ।

    कार्यपालिका सदस्य समेत रहेकी शुसिलाबुधनी कुमारी चौधरीको अध्यक्षता एवं कनकाई नगरपालिकाकी उपप्रमुख आशा शिवाकोटीको प्रमुख आतिथ्यमा विभिन्न सांगितीक प्रस्तुती, जेष्ठमाता सम्मान सहित अन्तर्राष्ट्रिय नारी दिवस विशेष कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रमुख शिवाकोटीले यस वर्ष कनकाई नगर क्षेत्रमा केही भिन्न किसिमले संचालन हुने नारी दिवस विशेष कार्यक्रमले अन्य पालिकाहरुमा समेत नयाँ सन्देश दिने विश्वास व्यक्त गरिन् ।

    यस अवसरमा संचालन हुने वडास्तरीय कार्यक्रमहरुमा वडाका ज्येष्ठ माता सम्मान, त्यस्तै सम्बन्धित वडामा २०८० मा अवकास प्राप्त शिक्षिका, वडाभित्रका उद्यमी महिला, उत्कृष्ट खेलाडी लगायत हरेक वडामा विशिष्टताका आधारमा महिलालाई प्रोत्साहन एवं पुरस्कृत गर्ने जस्ता कार्यक्रमहरु तय गरिएको उपप्रमुख शिवाकोटीले जानकारी दिएकी छन् ।

    महिलाहरुको एउटा महत्वपूर्ण पर्वका रुपमा रहेको यो दिवसलाई थप उत्साहका साथ सफल बनाउँनु पर्नेमा उपप्रमुख शिवाकोटीको जोड थियो । हरेक मानिसले आफ्नो व्यक्तित्वमा निखारता ल्याउँनु पर्ने भन्दै उपप्रमुख शिवाकोटीले महिला भनेको घरको आमा भएकाले हरेकले आफ्नो संस्कार भुल्नु नहुने उनको जोड थियो ।

    कनकाई नगरपालिकाकी महिला तथा बालबालिका शाखा प्रमुख टिका खतिवडाले औचित्यमाथि प्रकाश पारेको कार्यक्रममा तीनजना पुर्व स्वयंसेवीका र एकजना हिंसापिडित महिलालाई सम्मान गरिएको छ । यसरी सम्मानित हुनेहरुमा वडास्थित पुर्व स्वयंसेविका कुलकुमारी मिश्र, यज्ञश्वरी ढकाल, योगमाया न्यौपाने र हिंसा पिडित महिला गगनश्वरी राजवंशी रहेका छन् । सम्मानित सबैलाई उपप्रमुख शिवाकोटी, कार्यबाहक वडाअध्यक्ष नरमान श्रेष्ठ लगायतले दोसल्ला, माला साथै मायाको चिनो प्रदान गरेका थिए ।

    वडा सदस्य तारा दर्नालले सहभागीहरुलाई शाव्दीक स्वागत गरेको कार्यक्रममा कार्यबाहक वडाअध्यक्ष श्रेष्ठ, नेकपा एमाले वडा नं.९ का अध्यक्ष गोविन्द उप्रेती, अग्रज महिला नेतृ नर्वदा संग्रौला, आमा समुह कनकाई वडा नं.९ की अध्यक्ष झुमा आचार्य बेडारी, बालमैत्री नगर अभियानकी अभियानकर्ता सरीता मगर, जेष्ठ माता कृष्णमाया खबास लगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको संचालन नारी चेतना सक्षम संस्थाकी अध्यक्ष मुना उप्रेतीले गरेकी थिइन् ।

    कमेन्टस्

    Author

    • रामप्रसाद निरौला

      निरौला कनकाई खबर अनलाइनका सञ्चालक तथा कनकाई खबर साप्ताहिकका सम्पादक हुन् । उनी राष्ट्रिय समाचार समितिका लागि पनि काम गर्छन् ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते

    Leave A Reply Cancel Reply

    अपडेट

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते

    सुनसरी गोलीकाण्डको विरोधमा सिरहामा प्रदर्शन, प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग

    २०८३ श्रावण १२, मंगलवार १२:१९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.