Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » संगीत साधना कला केन्द्रको २१औं वार्षिकोत्सव सम्पन्न
    कनकाई नगरपालिका

    संगीत साधना कला केन्द्रको २१औं वार्षिकोत्सव सम्पन्न

    कनकाई खबरBy कनकाई खबर२०८० फाल्गुन २०, आईतवार ११:५४ गते2 Mins Read

    कनकाई खबर \ झापाको कनकाई —३सुरुङ्गास्थित संगीत साधना कला केन्द्रको २१ औं वार्षिकोत्सव सम्पन्न भएको छ ।

    साधना कला केन्द्रले आफ्नो स्थापनाको२१ औं बार्षिकोत्सव आफ्ना विद्यार्थीहरुको विविध साङ्गितिक प्रस्तुतिहरुका साथ मनाएको छ । यसैक्रममा यस क्षेत्रका अग्रज संगितकर्मी कुमार पालुङ्गालाई सम्मान समेत गरिएको छ । पालुङ्गाले आफ्ना १७० भन्दा वढी गितहरुमा संगित भर्नका साथै गीत रचना र अभिनय समेत गरेका थिए ।

    साधना कला केन्द्रका अध्यक्ष तुलसा पाठकको सभापतित्व एवं नेपालका बरिष्ठ गीतकार शिवशंकर थापाको प्रमुख आतिथ्य रहेको कार्यक्रममा कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेल, उपप्रमुख आशा शिवाकोटी, वरिष्ठ गितकार तथा नेपाल पत्रकार महासंघका संस्थापक महासचिव चन्द्र भण्डारी, लायन्स क्लवका डिष्ट्रिक सेक्रेटरी लीलाप्रसाद चिमरिया लगायतले आ—आफ्ना धारणा राख्दै गीत संगीतका माध्यमबाट समेत कनकाई नगरपालिकाको प्रचार विश्वसामु पुर्याउन यसका संस्थापक अध्यक्ष ध्रुब पाठक र संगित साधना कला केन्द्रको अहम भुमिका रहेको बताए ।

    यसै विचमा संगीत साधना कला केन्द्रले स्थापना गरेको अक्षयकोषमा प्रसिद्ध युवा पं.कुबेर सुवेदीबाट रु.१ लाख प्राप्त भइसकेको छ भने कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले नगद १ लाख, संगीत साधना कला केन्द्रका संस्थापक अध्यक्ष र वर्तमान अध्यक्ष ध्रुब पाठक र तुलसा पाठकले १ लाख, कनकाई नगरपालिकाकी उपप्रमुख आशा शिवाकोटीबाट रु.५० हजार, गायक राजु अधिकारीले ५० हजार, लीला चिमरिया २५ हजार, सुशिला राईबाट रु.२५ हजार रुपैँया लगायत प्रदान गर्ने घोषणा गरेको जनाइएको छ । उक्त रकमको ब्याजबाट संगीत सर्जकलाई हरेक बर्ष सम्मान तथा पुरस्कृत गरिँदै लैजाने समेत कार्यक्रममा जानकारी गराइएको थियो ।साधना कला केन्द्रको अक्षयकोष वृद्धिकालागी सहयोगी मनहरु सम्पर्कमा आइरहेको साथै सहयोग गर्ने दाताहरुको विवरण क्रमिक रुपले स्थानीय संचार माध्यमहरुमा सार्वजनिक गर्दै जाने बताइएको छ ।

    कार्यक्रममा बोल्दै संगीत साधना कला केन्द्रका संस्थापक तथा देशकै उत्कृष्ट संगीत सर्जक समेत रहेका ध्रुब पाठकले आफुले कनकाई नगरमै रहेर विगत ५० बर्षदेखि संगीत क्षेत्रको मात्रै सेवा गरिरहेको र आफुले कुनै प्राप्तिको आशा समेत नराखेको बताए । ‘म बाट संगीत सिक्ने शिक्षार्थीहरुले राम्रै प्रगति गरिरहेका बेला म भने, विगत ५० बर्षदेखि भाडाकै घरमा बसिरहेको छु तर संगीतमा साधना गर्ने काम भने हिजो पनि छाडिन, भोलीका दिनमा समेत रहिरहने छु, संगीत साधना कला केन्द्रका संस्थापक अध्यक्ष ध्रुब पाठकलले भने ।’

    संगीत साधना कला केन्द्रका संस्थापक ध्रुव पाठकले स्वागत सहित औचित्यमाथि प्रकाश पारेको कार्यक्रमको संचालन साधक लेखनाथ गुरागाईँले गरेका थिए ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    कनकाईमा दलित विद्यार्थीलाई १ लाख ५० हजार बराबरको छात्रवृत्ति वितरण

    २०८३ जेष्ठ १९, मंगलवार ०३:०९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.