Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » साउदीमा कम्पनीको लापर्बाहीले झापाका राजुको मृत्यु
    कनकाई खबर बिशेष

    साउदीमा कम्पनीको लापर्बाहीले झापाका राजुको मृत्यु

    कनकाई खबरBy कनकाई खबर२०८० फाल्गुन २०, आईतवार ११:०७ गते2 Mins Read

    काठमाडौँ । साउदीमा रोजगारदाता कम्पनीको लापर्बाहीले गर्दा झापाका राजु विश्वकर्माको मृत्यु भएको छ । करिब एक महिनादेखि बिरामी परेका विश्वकर्माको कम्पनीले समयमै उपचार नगर्दा मृत्यु भएको हो ।

    साउदीको जेद्धामा रहेको साउदी एम्कोर कम्पनीमा पाँच महिनादेखि कार्यरत रहेका उनी बिरामी परेको र कम्पनीसँग उपचार गर्न आग्रह गर्दा अस्पताल जानु भनेको र अस्पताल जाँदा खाली प्यानाडोल र प्यारा सिटामोल मात्र दिने गरेको कारण उनको मृत्यु भएको सोही कम्पनीमा कार्यरत गोविन्द घिमिरेले बताए ।

    ‘ऊ एक महिनादेखि बिरामी परेको थियो, क्याम्पको बोसलाई भन्दा अस्पताल जानु भन्छ, अस्पताल जाँदा सिटामोल मात्र दिने गरेको थियो,’ घमिरेले राजधानीसँग भने, ‘त्यो भाइ बिरामी परेर दुब्लाउँदै गयो । हामीले पनि उसलाई नेपाल पठाउन आग्रह ग¥यौं । तर, कम्पनीले सुनेन, एचआरसँग हारगुहार गर्दा पनि ५ हजार साउदी रियाल फाइन दिए मात्र घर पठाउने भन्यो ।’

    त्यसपछि उनको रोग पनि बढ्दै गयो र कम्पनीको चरम लापर्बाहीले गर्दा उनले संसार छाडे । कम्पनीको लापर्बाहीले उनको मृत्यु भएपछि त्यस कम्पनीमा कार्यरत ६ सयभन्दा बढी नेपालीले कम्पनीविरुद्ध आन्दोलन गरेर काम ठप्प परेका छन् ।

    बिरामी हुँदा पनि कम्पनीले उपचार गर्न आनाकानी गरेको, कम्पनीको बासस्थान पनि राम्रो नभएको र पिउने पानी पनि पिउनयोग्य नरहेको कारण धेरै नेपाली कामदार बिरामी परेको भन्दै आन्दोलित भएका हुन् ।

    ‘अब हामीले यो कम्पनीमा काम गर्न सक्दैनौं किन कि यो कम्पनीले बिरामी पर्दा उपचार नै गर्दैन, अहिले घर फर्कने नेपालीको नामावली संकलन गरेर कम्पनी प्रशासनलाई बुझाउने तयारीमा छौं,’ उनले थपे ।

    नेपालबाट आउँदा ८ घण्टा २६ दिनको काम गर्नुपर्ने भनेर सम्झौता गरिएको भए पनि यहाँ १२ घण्टासम्म काम लगाउने र यस कम्पनीमा कार्यरत प्रायः सबै नेपाली बिरामी परेको उनले बताए । अहिले उनीहरूले कम्पनीको एचआरसँग पनि कुराकानी गरिरहेको र एचआरले पनि केही समय पर्ख घर जानेजतिलाई पठाउने भनेको उनले बताए ।

    नेपाली कामदारको मृत्यु भएपछि जेद्धामा रहेको नेपाली महावाणिज्य दूतावासले पानी कम्पनीको भिजिट गरेको छ । त्यस कम्पनीमा कार्यरत रहेका नेपालीहरूलाई जबसम्म यो ठाउँबाट बासस्थान सर्दैन तबसम्म काम नगर्नू भनेको उनीहरूले बताए ।

    दूतावासले अहिले आन्दोलन नगर्नु भनेर कम्पनीसँग एउटा सम्झौता गरेर गएको र दुई हप्तासम्म पर्खिनु भनेको उनीहरूले बताए । त्यसपछि पनि आफूहरूको समस्या समाधान नभए आन्दोलन गर्न दूतावाससमक्ष भनेको उनीहरूले बताएका छन् । आजको राजधानी दैनिकमा खबर छ । 

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    कनकाईमा दलित विद्यार्थीलाई १ लाख ५० हजार बराबरको छात्रवृत्ति वितरण

    २०८३ जेष्ठ १९, मंगलवार ०३:०९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.