Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    कनकाईको एसईई नतिजा : सामुदायिक तर्फ कनकाई मावि र संस्थागत तर्फ प्यारागन एकाडेमी नगरमै सर्वोत्कृष्ट

    २०८३ बैशाख ३०, बुधबार ०९:२२ गते

    सुरुङ्गास्थित प्यारागन एकाडेमी नगरकै अब्बल विद्यालय

    २०८३ बैशाख २९, मंगलवार २२:५२ गते

    कनकाई कप : गौरादहलाई ७ –० गोल अन्तरले पराजित गर्दै अर्जुनधाराको शानदार विजयी सुरुवात

    २०८३ बैशाख २८, सोमबार ०९:५४ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » सांसद् साँवाको पहलमा आँखा तथा दन्त शिविर सम्पन्न
    कनकाई नगरपालिका

    सांसद् साँवाको पहलमा आँखा तथा दन्त शिविर सम्पन्न

    कनकाई खबरBy कनकाई खबर२०८० फाल्गुन १९, शनिबार २३:२० गते2 Mins Read

    कनकाई खबर \ झापाको कनकाई नगरपालिका–३ सुरुङ्गास्थित कन्काई माध्यमिक विद्यालयमा डिल्ली गौतम स्मृति प्रतिष्ठानको आयोजनामा दुई दिने आँखा तथा दन्त शिविर सम्पन्न भएको छ ।

    झापा क्षेत्र नं. ४ का सङ्घीय सांसद् माननीय एल.पी. साँवा लिम्बूको विशेष पहलमा सो शिविर आयोजना गरिएको हो । शिविरको उद्घाटन गर्दै सांसद लिम्बूले आफ्नो क्षेत्रका सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई लक्ष्यित गरी शिविर आयोजना गरिएको र यो क्रमलाई निरन्तरता दिने बताए ।

    उद्घाटन कार्यक्रममा डिल्ली गौतम स्मृति प्रतिष्ठानका अध्यक्ष रविन्द्र लम्साल, सचिव विनोद राना, प्राविधिक सहयोग गर्ने कान्तिपुर डेन्टल कलेज तथा टिचिङ अस्पताल काठमाण्डौंका अध्यक्ष डा. बुद्धिमान श्रेष्ठ, आँखा रोग विशेषज्ञ डा. आरती थापा लगायत प्रतिष्ठानका पदाधिकारी एवम् काठमाण्डौबाट शिविर सञ्चालनका लागि आएका दुई दर्जन डाक्टर तथा प्राविधिकको आतिथ्य रहेको थियो ।

    कन्काई माविका २४ सय ८० विद्यार्थी तथा ८७ जना शिक्षक र कर्मचारीलाई प्रत्यक्ष लाभ पुग्ने सहआयोजक संस्था कन्काई माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्रप्रसाद प्रसाईंले बताए । परीक्षणमा गम्भीर समस्या भएको भेटिएमा नजिकका अस्पतालसँग सम्पर्क गरी थप उपचारका लागि सहजीकरण गरिने डा. श्रेष्ठले बताए ।

    विद्यालयका प्रअ कर्णबहादुर डाँगी, विव्यस सदस्यहरू दिलिप घतानी, क्रान्ति सुवेदी, गोविन्दप्रसाद पौडेल, रोटरी क्लब अफ सुरुङ्गाका पूर्व अध्यक्ष खेमप्रसाद प्रसाईं, शिक्षासेवी ओम पाठक, पूर्व प्रअ डम्बरप्रसाद फुयाँल, सांसद लिम्बूका निजी सचिवद्वय लक्ष्मी खनाल र ओमप्रसाद राजवंशी, पीटीए सदस्य दीपक पाण्डे, राजन पराजुली, खगमाया चापागाईं लगायतको उपस्थितिमा भएको औपचारिक कार्यक्रमको सञ्चालन विद्यालयका सहायक प्रअ तीर्थराज खरेलले गरेका थिए ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    कनकाईको एसईई नतिजा : सामुदायिक तर्फ कनकाई मावि र संस्थागत तर्फ प्यारागन एकाडेमी नगरमै सर्वोत्कृष्ट

    २०८३ बैशाख ३०, बुधबार ०९:२२ गते

    सुरुङ्गास्थित प्यारागन एकाडेमी नगरकै अब्बल विद्यालय

    २०८३ बैशाख २९, मंगलवार २२:५२ गते

    कनकाई कप : गौरादहलाई ७ –० गोल अन्तरले पराजित गर्दै अर्जुनधाराको शानदार विजयी सुरुवात

    २०८३ बैशाख २८, सोमबार ०९:५४ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    सुरुङ्गामा कनकाई कप सुरु, उदघाटन खेलमा कनकाई बिजयी

    २०८३ बैशाख २७, आईतवार ०५:४८ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.