Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    कनकाईको एसईई नतिजा : सामुदायिक तर्फ कनकाई मावि र संस्थागत तर्फ प्यारागन एकाडेमी नगरमै सर्वोत्कृष्ट

    २०८३ बैशाख ३०, बुधबार ०९:२२ गते

    सुरुङ्गास्थित प्यारागन एकाडेमी नगरकै अब्बल विद्यालय

    २०८३ बैशाख २९, मंगलवार २२:५२ गते

    कनकाई कप : गौरादहलाई ७ –० गोल अन्तरले पराजित गर्दै अर्जुनधाराको शानदार विजयी सुरुवात

    २०८३ बैशाख २८, सोमबार ०९:५४ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » कनकाईमा दादुरा–रुबेला विरुद्धको खोप अभियान सुरु
    कनकाई नगरपालिका

    कनकाईमा दादुरा–रुबेला विरुद्धको खोप अभियान सुरु

    रामप्रसाद निरौलाBy रामप्रसाद निरौला२०८० फाल्गुन १७, बिहीबार २१:२८ गते2 Mins Read

    कनकाई खबर / झापाको कनकाईमा दादुरा–रुबेला विरुद्धको राष्ट्रिय खोप कार्यक्रमलाई अभियानका रुपमा अघि बढाउँन सुरुवात गरिएको छ ।

    कनकाईको वडा नं.९ स्थित आदर्श विद्या मन्दिरबाट खोप अभियानको विधिवत रुपमा समुद्घाटन गरिएको हो । कनकाईले गरेको यो सुरुवात जिल्लामै पहिलो भएको जानकारी दिँदै स्वास्थ्य कार्यालय झापाका प्रमुख रमेश बारकोटीले९ महिना देखि १५ वर्ष मुनिका कुनै पनि बालबालिका खोपबाट बन्चीत हुनु नहुने बताए ।

    पालिका खोप समन्वय समिति सह–संयोजक कनकाई नगरपालिकाकी उपप्रमुख आशा शिवाकोटीको सभापतित्व एवं जिल्ला समन्वय समिति उपाध्यक्ष शान्ता रोक्काको प्रमुख आतिथ्यमा एक विशेष समारोहका बिच कनकाईमा दादुरा–रुबेला विरुद्धको खोप अभियान सुरुवात भएको हो ।
    यस पटक कनकाईमा ६हजार ७ सय५६ बालबालिकालाई दादुरा–रुबेला विरुद्धको खोप लगाउँने तयारी गएिको स्वास्थ्य कार्यालय कनकाई नगरपालिकाका प्रमुख खगेन्द्र दंगालले जानकारी दिए । कनकाईमा खोपकालागी ५३ जना स्वास्थ्यकर्मी र १ सय ६० जना स्वयंसेविका परिचालन हुने जनाइएको छ ।

    यस अघि कनकाई नगर क्षेत्रका सबै वडा कार्यालयहरुमा सर्वसाधारणलाई सो रोग सबन्धी जनचेतना जगाउने उद्देश्यले अभिमुखीकरण कार्यक्रम संचालन गरिएको कनकाई नगरपालिकाका सिनियर अनमी टीका दवाडीले बताएकी छन् । कनकाईमा पहिलो दिन अर्थात फागुन १७ गते संचालन हुने वडा नं.९ अन्तर्गतका खोप केन्द्रहरु क्रमशः आदर्श विद्या मन्दिरसँगै अरुणोदय अंग्रेजी मावि, इष्टर्न अंग्रेजी मावि र हिमाली मावि (वडा नं.–८) रहेको नगरपालिकाका जनस्वास्थ्य निरीक्षक नारायण अधिकारीले जानकारी दिए ।

    त्यस्तै १८ गते वडा नं.–८ अन्तर्गत अन्नपुर्ण बोर्डिङ स्कुल, पाथिभारा एकाडेमी, भृकुटी मावि(वडा नं.–७) र फक्तालुङ एजुकेशन फाउण्डेशन रहेको जनस्वास्थ्य निरीक्षक अधिकारीले बताए । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाका अनुसार दादुरा–रुवेलाको जोखिम रहेका झापा जिल्ला सहित ५१ वटा जिल्लामा खोप अभियान जारी रहेका कारण अभियान सफल पार्न कनकाई नगरपालिकाले सक्रियता देखाएको छ ।

    भmापाका जनस्वास्थ्य अधिकृत प्रकाश पाठक, खोप अधिकृत राजकुमार पोखरेल, कनकाई वडा नं.९ का वडाअध्यक्ष राजेन्द्र उप्रेती, वडा नं.८ का वडाअध्यक्ष लीलावहादुर कटुवाल सहित जनप्रतिनिधिहरु, जिल्ला साथै नगर स्तरीय स्वास्थ्यकर्मीहरु, आदर्श विद्या मन्दिरका प्रधानाध्यापक नरहरी न्यौपाने, अभिभावक संघका नगेन्द्र घिमिरे, सहित विद्यालयका शिक्षक तथा कर्मचारी लगायतको उपस्थिती रहेको औपचारिक कार्यक्रममा स्वास्थ्य चौकी घैलाडुवाका इञ्चार्ज ईन्द्रहरी भट्टराईले स्वागत गरेका थिए । स्वास्थ्य कार्यालय झापाका प्रमुख बारकोटीले खोप नलाउँदाको हानी–नोक्सानी, खोपबाट बञ्चित हुँदाको असर, खोप पछिको फाइदा लगायतका बारेमा सहभागीहरुलाई जानकारी गराए ।

    खोपको सही सदुपयोग गरी सबै बालबालिकालाई खोप लगाउने कार्यमा सहजीकरण गरिदिन नगर उपप्रमुख आशा शिवाकोटीले विद्यालयका सबै शिक्षकहरुलाई आग्रह गरेकी छन् । उप प्रमुख शिवाकोटीले विद्यालय जाने उमेर नभएका बालबालिकालाई समेत स्वास्थ्य मन्त्रालयले तोकेको मापदण्ड अनुसार खोप लागाउन अभिभावकहरुलाई आग्रह गरेकी छन् । कार्यक्रमको सहजीकरण स्वास्थ्य कार्यालय कनकाईका प्रमुख खगेन्द्र दंगालले गरेका थिए ।

    कमेन्टस्

    Author

    • रामप्रसाद निरौला

      निरौला कनकाई खबर अनलाइनका सञ्चालक तथा कनकाई खबर साप्ताहिकका सम्पादक हुन् । उनी राष्ट्रिय समाचार समितिका लागि पनि काम गर्छन् ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    कनकाईको एसईई नतिजा : सामुदायिक तर्फ कनकाई मावि र संस्थागत तर्फ प्यारागन एकाडेमी नगरमै सर्वोत्कृष्ट

    २०८३ बैशाख ३०, बुधबार ०९:२२ गते

    सुरुङ्गास्थित प्यारागन एकाडेमी नगरकै अब्बल विद्यालय

    २०८३ बैशाख २९, मंगलवार २२:५२ गते

    कनकाई कप : गौरादहलाई ७ –० गोल अन्तरले पराजित गर्दै अर्जुनधाराको शानदार विजयी सुरुवात

    २०८३ बैशाख २८, सोमबार ०९:५४ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    कनकाईको एसईई नतिजा : सामुदायिक तर्फ कनकाई मावि र संस्थागत तर्फ प्यारागन एकाडेमी नगरमै सर्वोत्कृष्ट

    २०८३ बैशाख ३०, बुधबार ०९:२२ गते

    सुरुङ्गास्थित प्यारागन एकाडेमी नगरकै अब्बल विद्यालय

    २०८३ बैशाख २९, मंगलवार २२:५२ गते

    कनकाई कप : गौरादहलाई ७ –० गोल अन्तरले पराजित गर्दै अर्जुनधाराको शानदार विजयी सुरुवात

    २०८३ बैशाख २८, सोमबार ०९:५४ गते

    सुरुङ्गामा कनकाई कप सुरु, उदघाटन खेलमा कनकाई बिजयी

    २०८३ बैशाख २७, आईतवार ०५:४८ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.