Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    एकाएक सांसदको प्रश्नको उत्तर दिन रोष्ट्रममा पुगेका प्रधानमन्त्री बालेनले दिए ७ सांसदका प्रश्नको जवाफ (पूर्णपाठ)

    २०८३ जेष्ठ १७, आईतवार १६:३८ गते

    सरस्वती माविको अध्यक्षमा पुनः आचार्य, पिटिए अध्यक्षमा कैलाश

    २०८३ जेष्ठ १४, बिहीबार २०:४४ गते

    कनकाई नगरपालिकालाई प्रथम अन्तर्राष्ट्रिय एग्रो टुरिजम फेष्टिवलको निम्तो

    २०८३ जेष्ठ १३, बुधबार १८:४५ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » रोटरी क्लवको कला, साहित्य उत्सवले कनकाईमा थपियो नयाँ पहिचान
    कनकाई नगरपालिका

    रोटरी क्लवको कला, साहित्य उत्सवले कनकाईमा थपियो नयाँ पहिचान

    कनकाई खबरBy कनकाई खबर२०८० फाल्गुन १७, बिहीबार १८:१९ गते3 Mins Read

    कनकाई खबर \ झापाको मध्य भाग कनकाईको सुरुङ्गामा सम्पन्न तीन दिवसीय कला, संस्कृति तथा साहित्य महोत्सवले यस क्षेत्रको नयाँ पहिचान थपिएको छ ।

    धार्मिक तथा पर्यटकीय नगरको रूपमा परिचित कनकाई नगरपालिकाले साहित्य र कलालाई माया गर्ने थलोको रुपमा आफुलाई चिनाउने प्रयास गरेको छ । यस क्षेत्रको सामाजिक गतिविधिमा क्रियाशिल रोटरी क्लव अफ सुरुङ्गाले पहिलो पटक कला–साहित्य उत्सवको सफलतापूर्वक सम्पन्न गरेर नगरले नयाँ पहिचान थपेको हो । रोटरी क्लब अफ सुरुङ्गाले स्थानीय पशुपति अंग्रेजी मावि परिसरमा यही फागुन १४ देखि १६ गतेसम्म कनकाई कला, संस्कृति तथा साहित्य महोत्सव सम्पन्न गरेको हो । उत्सवमा स्थानीयदेखि राष्ट्रियस्तरका स्रष्टाले आफ्ना सिर्जना प्रस्तुत गर्ने अवसर पाएका थिए ।

    वरिष्ठ अभिनेता नीर शाहले उद्घाटन गरेको महोत्सवको बुधबार समापन समारोहलाई वरिष्ठ कवि एवं नेपाल प्रज्ञा प्रतिष्ठानका आजीवन सदस्य तुलसी दिवसले सम्बोधन गरेका थिए । उनले कनकाईले साहित्य र कलाको महत्व बुझेर महोत्सव आयोजना गरेकोमा खुसी व्यक्त गरे ।
    समापनको अवसरमा राष्ट्रिय कवि एवं साहित्यकारहरूको जमघटले आकर्षण बढाएको थियो । प्रसिद्ध कविहरू अर्जुन पराजुली, कुन्ता शर्मा, लक्ष्मण गाम्नागे, मनु मञ्जिल, डा.देवी नेपाल, धीरेन्द्र प्रेमर्षी, कोमलप्रसाद पोखरेल,माया मानवी लगायतले आफ्ना कविता वाचन गर्दा दर्शक दीर्घाबाट वाहवाही पाएका थिए ।

    रोटरी क्लब अफ सुरुङ्गाका अध्यक्ष शिव कँडेलले पहिलोपल्ट सुरुंगामा साहित्य र कलाको संरक्षण गर्ने उद्देश्यले महोत्सवको आयोजना गरिएको जनाउँदै दर्शक र पाहुनाको सहभागिता उत्साहजनक रहेको बताए। उनले आगामी वर्ष महोत्सवलाई कुनै न कुनै रुपमा निरन्तरता दिइने बताए ।

    महोत्सवमा राष्ट्रियता झल्काउने सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रम समावेश गरिएको रोटरी क्लब अफ कनकाईका पूर्वअध्यक्ष कुमारमणि पोखरेलले जानकारी दिए। कार्यक्रममा स्थानीय जातिको भेषभूषा, नृत्य र झाँकी प्रस्तुत गरिएको पोखरेलले बताए । तीन दिनसम्म एक दर्जनभन्दा बढी कार्यक्रम महोत्सवमा सम्पन्न भएका छन् ।

    प्रसिद्ध कलाकार मनोज गजुरेलजस्ता सांगीतिक हस्तीदेखि गायिका रचना रिमाल लगायतका नवोदित कलाकारसम्मको उपस्थितिले कार्यक्रमको रौनक बढाएको थियो । नयाँ पुस्ताको आकर्षणले यो महोत्सव भव्य र सफल बनेको आयोजक समितिका संयोजक अखिलकुमार कोइरालाले बताए ।

    नयाँ पुस्तालाई सिकाउने लक्ष्य राखेर ६ देखि १२ वर्ष उमेर समूहका विद्यार्थीलाई चित्रकला र कविता लेखनका लागि प्रशिक्षण कार्यक्रम समेत सञ्चालन गरिएको थियो । प्रशिक्षण विभागका संयोजक एवं रोटरी क्लव अफ सुरुङ्गाका पुर्व अध्यक्ष टिकाप्रसाद कट्टेलको सभापतित्वमा सम्पन्न प्रशिक्षण कार्यक्रम हरिकुल नमुना माविमा संचालन भएको हो ।कार्यक्रमको सहजीकरण क्लवका पुर्व अध्यक्ष शुसिलकुमार श्रेष्ठले गरेका थिए ।विभिन्न १० वटा विद्यालयका विद्यार्थीहरुले प्रशिक्षण कार्यक्रममा सहभागीता जनाएका थिए ।

    महोत्सवमा पुस्तक मेला साथै पुस्तक डोनेसन स्टलसमेत राखिएको थियो। महोत्सवको अर्को आकर्षण कला प्रदर्शनी रहेको बताइएको छ ।
    चित्रकार हिम्मत नेम्वाङ र व्यङ्ग्य चित्रकार पवन राजवंशीको चित्र तथा मूर्तिकलाको त्यहाँ प्रदर्शनी गरिएको थियो । प्रदर्शनीमा अवलोकनकर्ताको ओइरो लागेको थियो। विगत दुई दशकदेखि कला क्षेत्रमा समर्पित नेम्वाङका ४० वटा तेल चित्र, छाम्ने चित्र र मूर्ति कला प्रदर्शनीमा राखिएका थिए। आँखा देख्न नसक्नेले पनि छामेर थाहा पाउन सक्ने एक दर्जन चित्र प्रदर्शनीमा थिए । कार्टुनिष्ट राजवंशीका दुई दर्जन व्यङ्ग्य चित्र प्रदर्शनीमा थिए ।

    रोटरी क्लव अफ सुरुङ्गाका अध्यक्ष शिवकुमार कडेँलको अध्यक्षता एवं वरिष्ठ कवि एवं संस्कृतिविद तुलसी दिवसको प्रमुख आतिथ्य रहेको विशेष कार्यक्रममा राष्ट्रिय कवि एवं साहित्यकारहरूको प्रत्यक्ष सहभागीता रहेको थियो । कार्यक्रम संयोजक अखिलकुमार कोइरालाले समग्र महोत्सवको औचित्यमाथि प्रकाश पारेका थिए । राष्ट्रिय कवि एवं साहित्यकारहरुको विशेष प्रस्तुति रहेको कार्यक्रमको संचालन कवि एवं साहित्यकार सरोज घिमिरेले गरेका थिए । अन्य औपचारिक कार्यक्रमको संचालन रोटरी क्लव अफ सुरुङ्गाकी सचिव विनिता मैनालीबाट भएको जनाइएको छ ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    एकाएक सांसदको प्रश्नको उत्तर दिन रोष्ट्रममा पुगेका प्रधानमन्त्री बालेनले दिए ७ सांसदका प्रश्नको जवाफ (पूर्णपाठ)

    २०८३ जेष्ठ १७, आईतवार १६:३८ गते

    सरस्वती माविको अध्यक्षमा पुनः आचार्य, पिटिए अध्यक्षमा कैलाश

    २०८३ जेष्ठ १४, बिहीबार २०:४४ गते

    कनकाई नगरपालिकालाई प्रथम अन्तर्राष्ट्रिय एग्रो टुरिजम फेष्टिवलको निम्तो

    २०८३ जेष्ठ १३, बुधबार १८:४५ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    एकाएक सांसदको प्रश्नको उत्तर दिन रोष्ट्रममा पुगेका प्रधानमन्त्री बालेनले दिए ७ सांसदका प्रश्नको जवाफ (पूर्णपाठ)

    २०८३ जेष्ठ १७, आईतवार १६:३८ गते

    सरस्वती माविको अध्यक्षमा पुनः आचार्य, पिटिए अध्यक्षमा कैलाश

    २०८३ जेष्ठ १४, बिहीबार २०:४४ गते

    कनकाई नगरपालिकालाई प्रथम अन्तर्राष्ट्रिय एग्रो टुरिजम फेष्टिवलको निम्तो

    २०८३ जेष्ठ १३, बुधबार १८:४५ गते

    कनकाई नगरपालिकामा सरोकारवालासँग सुझाव संकलन गर्दै पूर्व बजेट छलफल सम्पन्न

    २०८३ जेष्ठ १३, बुधबार ०७:४२ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.