Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » जीवनलाई सार्थक बनाउँन कला, सँस्कृति तथा साहित्य अपरिहार्य ः नीर शाह
    Uncategorized

    जीवनलाई सार्थक बनाउँन कला, सँस्कृति तथा साहित्य अपरिहार्य ः नीर शाह

    कनकाई खबरBy कनकाई खबर२०८० फाल्गुन १५, मंगलवार १५:१७ गते4 Mins Read

    कनकाई खबर \ साहित्यकार तथा कलाकार नीर शाहले मानव जीवनलाई सार्थक बनाउँन कला, सँस्कृति तथा साहित्य अपरिहार्य रहेको बताएका छन् ।
    झापाको सुरुङ्गामा प्रथम कनकाई कला, सँस्कृति तथा साहित्य महोत्सवको उद्घाटन गर्दै उनले कला, सँस्कृति तथा साहित्य मानव जीवनलाई सार्थक बनाउने एउटा पाटो भएकाले कला, सँस्कृति तथा साहित्यको छुट्टै महत्व रहने बताए । उनले भने, ‘मैले यी तीनवटै विधाबाट जिउने कोशिस गरेको छु । यी मानव जातिको विकाससँग जोडिएका छन् ।’

    उनले रोटरी क्लब अफ सुरुङ्गाले आयोजना गरेको यो महान कार्यलाई ‘जीवन महोत्सव’को संज्ञा दिए । महोत्सव आयोजना गर्ने रोटरी क्लव अफ सुरुङगाको ‘अभूतपूर्व’ कामलाई कलाकार शाहले खुलेर प्रशंसा गर्दैै यो महोत्सवहरु मध्येको एउटा सर्वोच्च महोत्सव भएकोले यसको सर्वोच्चता कायम राख्न रोटरी क्लवलाई सफलताको कामना व्यक्त गरे ।

    मानवजातिको उत्थान र प्रवद्र्धनमा मानव अधिकारकै रुपमा कला, सँस्कृतिको समेत बराबरी महत्व हुने भन्दै यस्ता कला महोत्सवबाट मानव जीवनले उत्प्रेरणा प्राप्त गर्ने उनले बताए । सुरुङ्गास्थित पशुपति अंग्रेजी माविको प्राङ्गणमा आयोजित तीन दिने कला, सँस्कृति तथा साहित्य महोत्सव सोमबारदेखी बुधबार सम्म संचालन हुने भएको छ । महोत्सवको कलाकार तथा साहित्यकार शाहले उद्घाटन गरेका हुन् ।

    रोटरी क्लब अफ सुरुङ्गाको आयोजनामा महोत्सव संचालन गरिएको क्लवका पूर्व अध्यक्ष कुमारमणि पोखरेलले जानकारी दिए । कला, संस्कृति तथा साहित्यको माध्यमबाट कनकाई नगर क्षेत्रको साहित्य, संस्कृति र कलाको प्रवद्र्धन गर्ने उद्देश्य रहेको क्लबका पुर्व अध्यक्ष पोखरेलले बताए ।

    कार्यक्रम सुरु हुनु अघि आयोजकले स्थानीय संघसंस्थाहरुको सहकार्यमा सुरुङ्गा बजारमा प्रभातफेरिको आयोजना गरिएको थियो । देशमा दैनिक रुपमा देश प्रेमको भावना घट्दै गइरहेको र विकृत मानसिकताले भावी पुस्तामा समेत नकारात्मक प्रभाव पारिरहेको हुँदा साहित्यको माध्यमबाट थोरै भए पनि देशमा सकारात्मक अवधारणा ल्याउन महोत्सवले भूमिका खेल्ने आयोजक समितिले जनाएको छ ।

    महोत्सवमा स्थानीय साथै जिल्ला स्तरीय साहित्य गोष्ठी, हाँस्य व्यङ्ग्यसहित साँस्कृतिक कार्यक्रम, पुस्तक मेला, कविता गोष्ठीलगायत कार्यक्रम संचालन गरिएको आयोजक रोटरी क्लबले जनाएको छ । कनकाई प्रतिभा प्रतिष्ठानको संयोजनमा भएको स्थानीय स्रष्टाहरुको साहित्य गोष्ठीको संचालन प्रतिष्ठानका सचिव प्रेम प्रभातले गरेका थिए । सोही अवसरमा ‘ध्रुव सत्य’ नामक पुस्तक विमोचन भएको थियो । प्रतिष्ठानका अध्यक्ष जीवनाथ सुवेदीले पुस्तकको समिक्षा गरेका थिए ।

    त्यस्तै महोत्सवमा ६ देखि १२ वर्ष उमेर समूहका विद्यार्थी वर्गलाई लक्षित गरेर कविता लेखन तथा प्रशिक्षण कार्यक्रम समेत सम्पन्न भएको छ । क्लवका पुर्व अध्यक्ष एवं प्रशिक्षण विभाग प्रमुख टिकाप्रसाद कट्टेलको सभापतित्व रहेको कार्यक्रम कनकाई उद्योग वाणिज्य संघको सभा हलमा सम्पन्न भएको हो । झापा गाउँपालिकाको जनता मावि सहित कनकाई नगर क्षेत्रका विद्यालयहरुबाट ३५० विद्यार्थीहरुको सहभागीता रहेको कार्यक्रममा प्रमुख प्रशिक्षकका रुपमा प्रा.डा.देवी नेपाल रहेका थिए । कार्यक्रमको सहजीकरण रोटरी क्लवका पुर्व अध्यक्ष शुसिलकुमार श्रेष्ठले गरेका थिए ।

    कनकाई बहुमुखी क्याम्पसको सभाहलमा समेत अन्य साहित्यिक कार्यक्रम सम्पन्न भएका छन् । महोत्सवमा कलाकारहरु मनोज गजुरेल, रचना रिमाल, साहित्यकारहरु तुलसी विवश, अर्जुन पराजुली, प्राडा रामप्रसाद ज्ञवाली, प्राडा देवी नेपाल, कवि मनु मञ्जिल, धीरेन्द्र प्रेमर्षि, प्रदिप रोदन, लक्ष्मण गाम्नाङ्गे, कुन्ता शर्मा, सुमन स्मारिका, हरिमाया भेटवाल, गितकार शिशिर योगी लगायातका सर्जकहरुको विशेष प्रस्तुति रहने आयोजक संस्थाले जनाएको छ । महोत्सवमा कलाकार एवं चित्रकार हिम्मत नेम्बाङ्ग, पवन राजवंशीका कला साथै चित्र लगायत अन्य विभिन्न व्यवसायिक साथै कला, सँस्कृति तथा साहित्य झल्कने ८ वटा स्टल रहेका छन् ।

    त्यस्तै महोत्सवमा नेपाली संस्कृति झल्कने भेषभुषामा रहेका रोटरी क्लवका महिला सदस्यहरुबाट खाजाका रुपमा मौलिक संस्कृति झल्कने परिकार सेल रोटीको खाजा घर संचालनमा ल्याइएको क्लवकी उपाध्यक्ष सरला दहाल पोखरेलले बताएकी छन् । खाजा घर क्लवका महिला सदस्यहरुबाट संचालनमा ल्याइएको हो ।

    रोटरी क्लब अफ सुरुङ्गाका अध्यक्ष शिव कडेलको अध्यक्षतामा भएको महोत्सवको उद्घाटन कार्यक्रममा क्लवका संस्थापक अध्यक्ष एलपी उप्रेतीले स्वागत गरेका थिए । क्लवका सदस्य एवं महोत्सव आयोजक समितिका संयोजक अखिलकुमार कोइरालाको संयोजकत्वमा सम्पन्न उद्घाटन विशेष समारोहमा कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेल, झापा गाउँपालिकाकी कार्यबाहक अध्यक्ष अन्जुदेवी थपलिया, रोटरी क्लवका एसिस्टेन्ट गभर्नर सन्दिपदिपू चापागाईँ, कोटीहोम धार्मिक संस्थाका अध्यक्ष शेरवहादुर थापा, साहित्यकार कोमलप्रसाद पोखरेल लगायतले कार्यक्रम सफलताको शुभकामना व्यक्त गरे । संगीत साधना कला केन्द्र सुरुङ्गाका कलाकारहरुले स्वागत गीत साथै सुरुङ्गा डान्स सेन्टरबाट स्वागत नृत्य प्रस्तुत भएको औपचारिक कार्यक्रमको संचालन रोटरी क्लब अफ सुरुङ्गाकी सचीव बिनिता मैनालीले गरेकी थिइन् ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते

    आज देखि सरकारी कार्यालय बिहान नौ बजे देखि अपरान्ह पाँच बजेसम्म,हप्तामा दुई दिन विदा

    २०८२ चैत्र २३, सोमबार ११:१० गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.