Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » झापामा सवारी दुर्घटनामा परी चालु आवमा ४९ जनाको मृत्यु
    कनकाई खबर बिशेष

    झापामा सवारी दुर्घटनामा परी चालु आवमा ४९ जनाको मृत्यु

    कनकाई खबरBy कनकाई खबर२०८० फाल्गुन १५, मंगलवार १२:५२ गते2 Mins Read

    झापामा सवारी दुर्घटनामा परी पछिल्लो सात महिनामा ४९ जनाको मृत्यु भएको छ। चालु आवको माघसम्म भएका दुई ८३ वटा सवारी दुर्घटनामा परी ४६ जना र फागुन १४ गतेसम्म थप तीन गरी ४९ जनाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी निरीक्षक नवराज न्यौपानेले जानकारी दिए। ती दुर्घटनामा परी ४२ जना पुरुष, छ महिला र एक बालिकाको मृत्यु भएको छ। साउनमा पाँच, भदौमा सात, असोजमा तीन, कात्तिकमा १३, मङ्सिरमा चार, पुसमा १० र माघमा चार जनाको मृत्यु भएको ट्राफिक कार्यालयले जनाएको छ। ती दुर्घटनामा चार सय १४ वटा सवारी संलग्न छन्। जसमध्ये अधिकांश मोटरसाइकल दुई सय ६० वटा छन्। ती दुर्घटनामा परी ८२ जना शक्त घाइते भएका थिए भने तीन सय ५० जना सामान्य घाइते भए। सोही अवधिमा कार्यालयले ट्राफिक नियम उल्लङ्घन गर्ने २९ हजार आठ सय ७१ सवारी साधनबाट दई करोड चार लाख ५५ हजार छ सय ५१ राजस्व सङ्कलन गरेको छ।कार्यालयले नियम उल्लङ्घन गर्ने ट्रक पाँच हजार नौ सय २६, ट्रिपर छ सय ६६, बस एक हजार पाँच सय ४०, कार जीप नौ हजार सात सय २७, ट्रयाक्टर एक हजार तीन सय एक, मोटरसाइकल आठ हजार पाँच सय २२, टेम्पो-अटो-सिटी सफारी दुई हजार एक ५० र अन्य ३९ वटालाई कारबाही गरी उक्त राजस्व असूल गरेको हो।सोही अवधिमा कार्यालयले ट्राफिक सचेतना अभिवृद्धिका लागि दुई हजार एक सय ५८ पटक विविध कार्यक्रम गरी ८१ हजार नौ सय ४४ जनालाई सचेत गराएको जनाइएको छ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    कनकाईमा दलित विद्यार्थीलाई १ लाख ५० हजार बराबरको छात्रवृत्ति वितरण

    २०८३ जेष्ठ १९, मंगलवार ०३:०९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.