कनकाई खबर/ झापाको कन्काई ३ मा एक बृद्ध झुन्डिएको अवस्थामा मृत फेला परेका छन् ।
आज बिहान ६ः३० बजेको समयमा कन्काई ३ बस्ने ८० वर्षीय बालकृष्ण मैनाली झुन्डिएको अवस्थामा मृत फेला परेका हुन् ।आफ्नै घरको कम्पाउण्ड वालको अगाडीपट्टी दाहिने साईडको पिल्लरको रडमा प्लाष्टिकको डोरीको पासो लगाई झुन्डिएर मृत अबस्थामा उनी फेला परेका थिए ।
उनकी श्रीमती राममाया मैनालीले देखेर ईलाका प्रहरी कार्यालय सुरुङ्गामा जानकारी गराउनासाथ प्रहरी टोली खटिगई घटनास्थल सुरक्षित राखिएको र थप अनुसन्धान तथा कानुनी प्रकृयाको लागि ईप्रका अनारमनीबाट टोली खटिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ढुण्डीराज गिरीले बताए ।
हाल मैनालीकाे शव पाेष्ट*मार्टमकालागी मेची प्रादेशिक अस्पताल भद्रपुर लगिएकाे छ ।घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।
