Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » वरिष्ठ कलाकार नीर शाहले आज कनकाई कला, संस्कृति तथा साहित्य महोत्सवको उद्घाटन गर्ने
    कनकाई नगरपालिका

    वरिष्ठ कलाकार नीर शाहले आज कनकाई कला, संस्कृति तथा साहित्य महोत्सवको उद्घाटन गर्ने

    कनकाई खबरBy कनकाई खबर२०८० फाल्गुन १४, सोमबार ०६:१९ गते3 Mins Read

    कनकाई खबर \ झापाको सुरुङ्गामा आजदेखी तीन दिन सम्म संचालन हुने कनकाई कला, संस्कृति तथा साहित्य महोत्सवको वरिष्ठ अभिनेता तथा गीतकार नीर बिक्रम शाहले उद्घाटन गर्ने भएका छन् ।

    रोटरी क्लब अफ कनकाई सुरुङ्गाको आयोजनामा आज सोमबार देखि १६ गते बुधबार सम्म संचालन हुने महोत्सवको सम्पूर्ण तयारी पूरा भएको आयोजक संस्थाका अध्यक्ष शिवकुमार कँडेलले जानकारी दिए । कला, संस्कृति तथा साहित्य महोत्सवका माध्यमबाट कनकाई नगर क्षेत्रको साहित्य, संस्कृति र कलाको प्रवद्र्धन गर्ने उद्देश्य रहेको क्लबका अध्यक्ष कँडेलले जानकारी दिए ।

    स्थानीय पशुपति अंग्रेजी माध्यमिक विद्यालयको प्राङ्गणमा आयोजना हुने महोत्सव स्थल बेहुली झैँ सिँगारिएको छ । महोत्सव स्थलमा आउने आगन्तुक पाहुनाहरूलाई स्वागतकालागि आयोजक संस्था रोटरी क्लबसहित स्थानीय निकाय देखी सबै संघसंस्था यतिबेला पर्खाइमा छ्न् ।

    महोत्सवमा राष्ट्रियता झल्कने र संस्कृतिको प्रदर्शन गर्ने, मनोरञ्जनात्मक सांस्कृतिक कार्यक्रमहरू समावेश हुने आयोजक संस्थाका पूर्व अध्यक्ष कुमारमणि पोखरेलले जानकारी दिए । महोत्सवमा स्थानीय विविध जातजतिहरूको भेषभूषा, संस्कृतिलाई एकीकृत गरी नागरिक एकताको सन्देश दिन जातीय पहिचानको संरक्षणमा महोत्सवले टेवा पुर्याउने कनकाई वासी तथा आयोजक संस्थाको विश्वास रहेको छ ।

    महोत्सवको पहिलो दिन आज बिहान ७ बजे सुरुङ्गा बजार सरसफाई गरिने र ११ बजेदेखी बजारमा शोभा यात्रा सहित सुरु हुने महोत्सवमा एक दर्जन भन्दा बढी साहित्य तथा संस्कृति झल्कने विभिन्न कार्यक्रमहरू तय गरिएको आयोजक समितिका संयोजक अखिलकुमार कोइरालाले जानकारी दिए । शोभा यात्रापछि दैनिक रुपमा फरक— फरक कार्यक्रमहरू सञ्चालन गर्ने तयारी रहेको संयोजक कोइराला बताउँछन् । महोत्सव अवधिभरमा साहित्य गोष्ठी, ६ देखि १२ वर्ष उमेर समूहका विद्यार्थी वर्गलाई लक्षित गरेर कविता लेखन प्रशिक्षण, हास्यव्यंग्य सहित सांस्कृतिक कार्यक्रम समेत राखिएको बताइएको छ ।

    कार्यक्रममा पुस्तक मेला, पुस्तक डोनेशन, स्टलहरुमा व्यवसायिक गतिविधि तीन दिन सम्म नै सञ्चालन हुने जनाइएको छ । अन्य कार्यक्रमहरूमा शिक्षक एवं साहित्य सर्जकहरूकालागि कविता लेखन तथा प्रशिक्षण, जिल्ला स्तरीय साहित्य गोष्ठी, १२ वर्ष उमेर समूहकाले भाग लिन सक्ने गरि कविता वाचन, जातीय भेषभूषा प्रदर्शन र राष्ट्रियस्तरको साहित्य गोष्ठी लगायतका कार्यक्रमहरू रहेको आयोजक समितिका संयोजक कोइरालाले जानकारी दिए ।

    साहित्य महोत्सवमा अग्रज साहित्यकारहरू तुलसी दिवस, अर्जुन पराजुली, प्राध्यापक डाक्टर रामप्रसाद ज्ञवाली, प्राध्यापक डाक्टर देवी नेपाल, कवि मनु मञ्जिल, धिरेन्द्र प्रेमर्षि, प्रदीप रोदन, लक्ष्मण गाम्नाङ्गे, कुन्ता शर्मा, सुमन स्मारिका, हरिमाया भेटवाल, गीतकार शिशिर योगी, हास्य कलाकार मनोज गजुरेल, गायिका रचना रिमाल लगायत सुपरिचित स्रष्टा कलाकारहरूको कार्यक्रममा उपस्थित रहने प्रचारप्रसार संयोजक रामप्रसाद निरौलाले जानकारी दिएका छन् ।

    स्थानीय तहको साहित्य, कला र संस्कृतिलाई राष्ट्रिय स्तरका प्रतिभाहरूसँग जोडेर प्रचारप्रसार गर्ने र नयाँ पुस्तालाई कला, साहित्य सम्बन्धी बोध गराउँदै सिर्जनात्मक कार्यमा लाग्न उत्प्रेरित गर्ने उद्देश्यका साथ सुरु गरिएको यस महोत्सवमा विभिन्न चरणका प्रशिक्षणात्मक कार्यक्रमहरू पनि हुने छन् । यी तीनवटै प्रशिक्षणमूलक कार्यक्रमको सहजीकरण सिर्जनात्मक लेखनका केन्द्रीय प्रशिक्षक कवि तथा समालोचक प्रा. डा. देवी नेपाल र प्रा. डा. रामप्रसाद ज्ञवालीले गर्ने भएका छन् ।

    आयोजक संस्था रोटरी क्लव अफ कनकाई सुरुङ्गाका संस्थापक अध्यक्ष एल.पी. उप्रेतीले महोत्सवमा जाने सहभागीहरूलाई कुनै पनि प्रवेश शुल्क नलाग्ने स्पष्ट पार्दै भने, ‘राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा सामाजिक कार्यहरूमा अतुलनीय योगदान दिँदै आएको रोटरी क्लब जस्तो संस्थाले साहित्यिक तथा सांस्कृतिक महोत्सव नै आयोजना गर्नु अत्यन्त प्रशंसनीय कार्य हो ।’ यसलाई सव्य र भव्य रुपमा सफल पार्न सरोकारवाला सबैसँग संस्थापक अध्यक्ष उप्रेतीले अपिल गरेका छन् ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते

    आज देखि सरकारी कार्यालय बिहान नौ बजे देखि अपरान्ह पाँच बजेसम्म,हप्तामा दुई दिन विदा

    २०८२ चैत्र २३, सोमबार ११:१० गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.