Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    एकाएक सांसदको प्रश्नको उत्तर दिन रोष्ट्रममा पुगेका प्रधानमन्त्री बालेनले दिए ७ सांसदका प्रश्नको जवाफ (पूर्णपाठ)

    २०८३ जेष्ठ १७, आईतवार १६:३८ गते

    सरस्वती माविको अध्यक्षमा पुनः आचार्य, पिटिए अध्यक्षमा कैलाश

    २०८३ जेष्ठ १४, बिहीबार २०:४४ गते

    कनकाई नगरपालिकालाई प्रथम अन्तर्राष्ट्रिय एग्रो टुरिजम फेष्टिवलको निम्तो

    २०८३ जेष्ठ १३, बुधबार १८:४५ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » सामाजिक सेवासँगै वाणिज्य संघको यात्रामा गोमा भट्टराई
    बिर्तामोड नगरपालिका

    सामाजिक सेवासँगै वाणिज्य संघको यात्रामा गोमा भट्टराई

    कनकाई खबरBy कनकाई खबर२०८० फाल्गुन १४, सोमबार ०४:५८ गते2 Mins Read

    बिर्तामोड \ झापाको बिर्तामोडमा रहेर सामाजिक संघ संस्थाहरुमा सक्रियपूर्वक जिम्मेवारी निर्वाह गर्ने अगुवा महिला गोमा भट्टराईको यात्रा अब बिर्तामोड उद्योग वाणिज्य संघमा हुने निश्चित भएको छ । फागुन १४ गते हुने निर्वाचनमा उनी जनसम्पर्क उपाध्यक्षका उम्मेदवार बनेकी छन् । भट्टराईको लोकप्रियता र चर्चाले उनलाई वाणिज्य संघको यात्रामा सफल बनाउनेछ ।

    बिर्तामोडमा रहेर पुस्तक व्यवसायमा स्थापित भट्टराई यस क्षेत्रकै अगुवा महिला नेतृ हुन् । नेतृत्व सीप भएकी उनी वाणिज्य संघ प्रवेशमा महिला भएर मात्र होइन, नेतृत्व गर्न योग्य पात्र भएकै कारण निर्वाचनमा अग्रसर भएकी हुन् ।

    जनसम्पर्क उपाध्यक्ष भट्टराईलाई आम व्यवसायीहरुले विजयको शुभकामना दिइसकेका छन् । हक्की स्वभाव, प्रस्ट वक्ता एवम् नेतृत्वदायी क्षमता भएकी उनलाई व्यवसायीहरुले वाणिज्य संघको कार्यसमितिमा हेर्न चाहेका छन् ।

    व्यवसायी जीवनमा सफल भट्टराईले यसअघि निर्वाह गरेका जिम्मेवारीका कारण उनको लोकप्रियता बलियो छ । ‘म झट्ट वाणिज्य संघको उम्मेदवार बन्न आएको होइन, वर्षौदेखि निरन्तर काममा छु । अनुभव र क्रियाशिलताका कारण वाणिज्य संघको उम्मेदवार बनेको हुँ । व्यवसायीका साना देखि ठुला समस्याहरुसँग जानकार उनी व्यवसाय जीवनमा महिलाका चुनौति बारे अझ पोख्त छिन् । महिलालाई आर्थिक रुपमा सक्षम बनाउन आफै नेतृत्व गरेर दर्जनौ अभियानहरु सञ्चालन गर्ने भट्टराईले सामाजिक सेवामा आफ्नो उपस्थितिलाई बाक्लो बनादै आएकी छन् ।

    स्वतन्त्र व्यवसायिक प्यानलबाट उम्मेदवार बनेकी उनले २९ बुँदे प्रतिवद्धता पुरा गर्ने बताएकी छन् ।  मेरो अलग्गै काम, योजना भन्ने हुदैन । हामीले गरेका प्रतिवद्धताहरु नै मेरो काम र योजनाभित्र पर्छ, उनले थपिन । महिलाहरुलाई सक्षम बनाउन आर्थिक जीवनलाई बलियो बनाउनुपर्ने उनको धारणा छ । त्यसका लागि व्यवसायसँग जोड्ने, उद्यमी बनाउन प्रेरित गर्ने थप योजना उनको छ ।

    महिला उद्यमी संघ झापाको संस्थापक अध्यक्ष, लेडी जेसीजमा महासचिव, नेपाल उद्योग तथा व्यवसायी महासंघमा आवद्ध भएर काम गरेको अनुभवले भट्टराईलाई नेतृत्वका लागि तिखारेको छ । उनले सयपत्रीको आयात रोक्न काम गरेर अनुभव सुनाइन् । कृषिमा युवाहरुलाई जोड्ने योजनाका साथ काम गरिरहेकी उनले विभिन्न मेला महोत्सवमा सेल रोटी पकाउने, स्थानीय परिकारको बजारीकरणमा नेतृत्व गरेकी थिइन् ।

    खाना महोत्सव लगायतका विभिन्न स्थानीय खानपानको संरक्षण र प्रवद्र्धन गर्ने अभियानमा क्रियाशिल भट्टराईले वाणिज्य संघको नेतृत्वमा रहेर अझ धेरै काम गर्ने योजना रहेको बताइन् ।

    व्यापारीहरुका समस्याहरुसँगै व्यवसाय क्षेत्रमा सहयोग गर्न नयाँ योजना निर्माण गर्ने, कामयावी मुद्धाहरु स्थापित गर्ने उनको योजना छ । महिला सहभागितालाई बढाएर जाने, वाणिज्य संघमा संविधान बमोजिम महिलाको सहभागिता हुनेपर्ने माग भट्टराईले अघि सारेकी छन् । वाणिज्य संघको नेतृत्मा आएर व्यापारका लागि महिलाहरुलाई सहजीकरण गर्ने बताइन् ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    एकाएक सांसदको प्रश्नको उत्तर दिन रोष्ट्रममा पुगेका प्रधानमन्त्री बालेनले दिए ७ सांसदका प्रश्नको जवाफ (पूर्णपाठ)

    २०८३ जेष्ठ १७, आईतवार १६:३८ गते

    सरस्वती माविको अध्यक्षमा पुनः आचार्य, पिटिए अध्यक्षमा कैलाश

    २०८३ जेष्ठ १४, बिहीबार २०:४४ गते

    कनकाई नगरपालिकालाई प्रथम अन्तर्राष्ट्रिय एग्रो टुरिजम फेष्टिवलको निम्तो

    २०८३ जेष्ठ १३, बुधबार १८:४५ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    एकाएक सांसदको प्रश्नको उत्तर दिन रोष्ट्रममा पुगेका प्रधानमन्त्री बालेनले दिए ७ सांसदका प्रश्नको जवाफ (पूर्णपाठ)

    २०८३ जेष्ठ १७, आईतवार १६:३८ गते

    सरस्वती माविको अध्यक्षमा पुनः आचार्य, पिटिए अध्यक्षमा कैलाश

    २०८३ जेष्ठ १४, बिहीबार २०:४४ गते

    कनकाई नगरपालिकालाई प्रथम अन्तर्राष्ट्रिय एग्रो टुरिजम फेष्टिवलको निम्तो

    २०८३ जेष्ठ १३, बुधबार १८:४५ गते

    कनकाई नगरपालिकामा सरोकारवालासँग सुझाव संकलन गर्दै पूर्व बजेट छलफल सम्पन्न

    २०८३ जेष्ठ १३, बुधबार ०७:४२ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.