Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    संविधानको सफल कार्यान्वयन स्थानीय सरकारको प्राथमिकता—उपप्रमुख शिवाकोटी

    २०८३ आश्विन ३, शनिबार २३:५८ गते

    सहारा नेपालको नेतृत्व दौडमा ओली, गिरी र खतिवडा

    २०८३ भाद्र ३१, बुधबार ०८:३५ गते

    हाम्रो घरको भडडु र आमाको हातको तीजको ढकने

    २०८३ भाद्र ३०, मंगलवार ०२:४५ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » व्यवसायिक हितका लागि कोष स्थापनामा मुख्य प्राथमिकता ः कोषाध्यक्ष पदका उमेद्वार युवराज निरौला
    बिर्तामोड नगरपालिका

    व्यवसायिक हितका लागि कोष स्थापनामा मुख्य प्राथमिकता ः कोषाध्यक्ष पदका उमेद्वार युवराज निरौला

    कनकाई खबरBy कनकाई खबर२०८० फाल्गुन ८, मंगलवार १६:१९ गते2 Mins Read

    बिर्तामोड \ बिर्तामोड उद्योग वाणिज्य संघको फागुन १४ गते हुन लागेको निर्वाचनमा कोषाध्यक्ष पदका उमेद्वार युवराज निरौलाले व्यवसायिक हितका लागि कोष स्थापना गरी राहतका कार्यक्रम सञ्चालन गर्नु आफ्नो मुख्य एजेण्डा भएको बताएका छन् ।

    चुनावी प्रचारका सिलसिलामा सञ्चारकर्मीसँग कुरा गर्दै कोषाध्यक्ष पदका उमेद्वार निरौलाले निर्वाचित भएपछि संघभित्र आर्थिक पारदर्शिता कायम गर्नु, व्यवसायीबाट संकलन भएको रकमको दुरुपयोग रोक्नु आफ्नो दायित्व हुने बताएका हुन् । 

    वाणिज्य संघको अहिलेको नेतृत्वले व्यवसायीको हितमा काम गर्न नसकेको विद्यमान परिस्थितिका बीच कोषाध्यक्ष पदका उमेद्वार निरौलाले व्यवसायीको मुद्दामा लविङ गर्न सक्ने व्यवसायिक क्षमता आफूमा रहेको जनाउँदै आफ्नो अमूल्य मत दिएर बिजयी गराउन मतदाता आम व्यवसायीलाई अपिल पनि गरेका छन् । 

    आपतमा परेका व्यवसायीले संघको सदस्य भएवापत अहिलेसम्म कुनै राहत सुविधा नपाएको सन्दर्भ उल्लेख गर्दै निरौलाले आफू निर्वाचित भए व्यवसायिक हितकोष खडा गरी त्यस मार्फत आपतकालिन राहतका कार्यक्रम सञ्चालन गर्ने बताए ।

    व्यवसायीमाथि सरकारी निकायबाट हुने अनावश्यक थिचोमिचो विरुद्ध आवाज उठाउँदै आएका निरौला विगत १६ वर्षदेखि बिर्तामोडमा व्यवसाय गरिरहेका छन् । उनी मोवाइल व्यवसायी हुन् । बिर्तामोड मोवाइल एशोसिएसनका अध्यक्ष समेत रहेका निरौला अन्य संघ संस्थामा पनि नेतृत्वदायी भूमिकामा छन् । 

    स्वतन्त्र व्यवसायिक प्यानलबाट उमेद्वारी दिएका निरौलाले नयाँ नेतृत्व छान्न मतदाता उत्साहित भएको बताए । उनले अर्जुन मैनालीको नेतृत्वमा रहेको प्यानललाई अत्याधिक मतले बिजयी गराउन र संघको अनुभूति गर्न सबैलाई व्यवसायीलाई आग्रह गरेका छन् ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    संविधानको सफल कार्यान्वयन स्थानीय सरकारको प्राथमिकता—उपप्रमुख शिवाकोटी

    २०८३ आश्विन ३, शनिबार २३:५८ गते

    सहारा नेपालको नेतृत्व दौडमा ओली, गिरी र खतिवडा

    २०८३ भाद्र ३१, बुधबार ०८:३५ गते

    हाम्रो घरको भडडु र आमाको हातको तीजको ढकने

    २०८३ भाद्र ३०, मंगलवार ०२:४५ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    संविधानको सफल कार्यान्वयन स्थानीय सरकारको प्राथमिकता—उपप्रमुख शिवाकोटी

    २०८३ आश्विन ३, शनिबार २३:५८ गते

    सहारा नेपालको नेतृत्व दौडमा ओली, गिरी र खतिवडा

    २०८३ भाद्र ३१, बुधबार ०८:३५ गते

    हाम्रो घरको भडडु र आमाको हातको तीजको ढकने

    २०८३ भाद्र ३०, मंगलवार ०२:४५ गते

    जन्मभूमिलाई प्रवासी झापालीको ठूलो सहयोग : अन्तर्राष्ट्रिय झापाली समाजद्वारा कनकाईलाई ३० लाखको स्वास्थ्य उपकरण हस्तान्तरण

    २०८३ भाद्र २९, सोमबार २१:२१ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.