Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » बिर्तामोड उवा संघको निर्वाचनः अधिकांश पूर्वअध्यक्षहरु स्वतन्त्र प्यानलको पक्षमा
    बिर्तामोड नगरपालिका

    बिर्तामोड उवा संघको निर्वाचनः अधिकांश पूर्वअध्यक्षहरु स्वतन्त्र प्यानलको पक्षमा

    कनकाई खबरBy कनकाई खबर२०८० फाल्गुन ८, मंगलवार १५:४४ गते3 Mins Read

    बिर्तामोड \ फागुन १४ गते हुने बिर्तामोड उद्योग वाणिज्य संघको निर्वाचनका लागि मत माग्दै उम्मेदवारहरु व्यवसायीको पसल–पसल पुगिरहेका छन् ।

    आफ्ना प्रतिवद्धता बारे जानकारी दिदैं उम्मेदवारहरुले वाणिज्य संघमा काम गर्ने अवसर दिन माग गरिरहेका छन् । वाणिज्य संघको आगामी अध्यक्षका लागि व्यवसायी अर्जुनकुमार मैनाली र राजु न्यौपाने दुई प्यानल खडा गरेर चुनावी मैदानमा उत्रिएका छन् । स्वतन्त्र तर्फका अध्यक्षका उम्मेद्वार मैनाली नेतृत्वले यस अघि नै बजारमा गरेको मत सर्वेक्षणका आधारमा आफ्नो प्यानलको जीत सुनिश्चित भएको दाबी गरेको छ भने अर्को तर्फका अध्यक्ष पदका उम्मेद्वार न्यौपाने नेतृत्वको प्यानलले समेत आफ्नै जीत सुनिश्चित भएको दावी गरेको छ ।

    यो पटकको निर्वाचनमा वाणिज्य संघका अधिकांश पूर्व अध्यक्षहरु स्वतन्त्र व्यावसायिक प्यानलको पक्षमा खुलेका छन् । पूर्व अध्यक्षहरुले पनि वाणिज्य संघलाई चलायमान बनाउन परिवर्तन आवश्यक भइरहेको प्रतिक्रिया दिएका छन् । उनीहरुले खुलेरै स्वतन्त्र व्यावसायिक प्यानलको पक्षमा मतदान गर्न आव्हान गर्दै आएको जनाइएको छ ।

    पुर्व अध्यक्षहरुले बिर्तामोड वाणिज्य संघको विरासत जोगाउन पनि अर्जुनकुमार मैनालीको नेतृत्वलाई जिताउन आग्रह गरेका छन् । अहिलेसम्म बेदप्रकाश अग्रवाल, चतुर्भूज सरिया, शिवप्रसाद पोखरेल, सुधिरकुमार शिवाकोटी, राजकुमार अग्रवाल, रामलोचन न्यौपाने, उमेश डालमिया, मोहन ढकाल, राजेन्द्र थापा, बलराम कार्की र कुमार भट्र्टराइले वाणिज्य संघको अध्यक्षको रुपमा नेतृत्व गरिसकेका छन् ।

    यसमध्ये तीन कार्यकाल अध्यक्षको जिम्मेवारी सम्हालेका बेदप्रकाश अग्रवाल, राजकुमार अग्रवाल, रामलोचन न्यौपाने, उमेश डालमिया, कुमार भट्टराईहरु स्वतन्त्र प्यानलको पक्षमा लागेका छन् । तीन कार्यकाल अध्यक्ष बनेका बेदप्रकाश अग्रवाल बराबर ३ अध्यक्ष जोड्दा स्वतन्त्र प्यानलको पक्षमा ७ जना अध्यक्ष स्वतन्त्र प्यानल जिताऊ अभियानमा लागेका छन् । लोकतान्त्रिक प्यानलको पक्षमा पूर्व अध्यक्षहरु राजेन्द्र कुमार थापा, सुधिर शिवाकोटी, बलराम कार्की खुलेर लागेका छन् । अन्य अध्यक्षहरु जिल्ला बाहिर छन् भने एक जना अध्यक्ष देश बाहिर रहेको बुझिएको छ ।
    संघका पूर्व अध्यक्ष उमेश डालमिया अहिले केन्द्रीय सदस्य छन् । तीन कार्यकाल केन्द्रीय सदस्य बनेका डालमियाले बिर्तामोडमा वाणिज्य संघलाई बेकामे बनाउने प्रयास रोक्नुपर्ने बताए । वाणिज्य संघमाथि केहि वर्षयता व्यवसायीहरु निराश भएको उनको भनाई छ । डालमियाले व्यवसायीको पक्षमा काम गर्न सक्ने नेतृत्व स्वतन्त्र प्यानलले दिएको भन्दै विजयी गराउन आव्हान गरेका छन् ।

    तीन कार्यकाल अध्यक्षको जिम्मेवारी सम्हालेका बेदप्रकाश अग्रवालले वाणिज्य संघले व्यवसायीहरुको पक्षमा काम गर्न नसकेको बताएका छन् । उनले पछिल्लो समय संघमा राजनीतिकरणका कारण काम नभएको बताए । वाणिज्य संघ व्यावसायीको हितमा काम गर्ने संस्था हो, उनले भने – नेताको कुरा मान्नेहरुका कारण वाणिज्य संघले काम गर्न नसकेको हो । नेताले भनेको मात्रै मान्ने मान्छेहरुले वाणिज्य संघलाई बेकामे संस्था बनाइदिए । त्यसैले पनि नयाँ अनुहार व्यवसायीहरुले खाजेका छन ।

    १९ पदका लागि ३९ जनाको मनोनयन दर्ता

    बिर्तामोड उद्योग वाणिज्य संघको आगामी ३ वर्षे कार्यकालका लागि ३९ जना उम्मेदवारले मनोनयन दर्ता गराएका छन् । १९ पदका लागि ३९ जनाले मनोनयन दर्ता गरेको निर्वाचन समितिले जनाएको छ ।

    वाणिज्य संघको फागुन १४ गते हुने निर्वाचनका लागि स्वतन्त्र व्यावसायिक प्यानल र लोकतान्त्रिक प्यानलका उम्मेदवारहरुले मनोनयन गर्दा गरेका छन् । अध्यक्षमा अर्जुन कुमार मैनाली र राजु न्यौपानेले मनोनयन दर्ता गरेका छन् । मनोनयन दर्ताका लागि स्वतन्त्र व्यावसायिक प्यानलले नौमति बाजासहित बिर्तामोड परिक्रमा गरेर वाणिज्य संघको कार्यालय पुगेको थियो ।

    भव्य र्याली सहित मनोनयनमा पुगेको स्वतन्त्र प्यानलले सबै व्यवसायीहरुको सहयोग प्राप्त हुने अपेक्षा गरेको छ । अध्यक्षका उम्मेदवार मैनालीले वाणिज्य संघलाई व्यवसायीहरुको साझा संस्था, कामयावी संस्थाको रुपमा स्थापित गर्ने बताएका छन् ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    कनकाईमा दलित विद्यार्थीलाई १ लाख ५० हजार बराबरको छात्रवृत्ति वितरण

    २०८३ जेष्ठ १९, मंगलवार ०३:०९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.