झापाको बिर्तामोड–३ का ओली दम्पतीले २० जना जेष्ठ नागरिकलाई सम्मान गरेका छन् । बिर्तामोड–३ हेभन पार्क छेउका नरेन्द्र ओली र इन्दिरा ओलीले आइतवार (आज) जेष्ठ आमाबुवालाई सम्मान गरेका हुन् ।लालीगुराँस रिसोर्ट सञ्चालक समेत रहेका ओली दम्पतीले एकाहा पुराणको अवसर पारेर स्व.मातापिताको सम्झानामा जेष्ठ नागरिकलाई दोसल्ला र टोपीसहित माला लगाएर सम्मान गरेका थिए । यसअघि पनि ४ सय २० जना जेष्ठ नागरिकलाई सम्मान गरिसकेको ओलीले बताए । उनका अनुसार विगत १८÷१९ बर्षदेखि बृद्धबृद्धा आमाबुबाहरुलाई सम्मान गरिरहेका छन् ।पृथ्बीमा रहेसम्म जेष्ठ नागरिक सम्मान कार्यक्रमलाई निरन्तरता दिने ओली दम्पनीले जानकारी दिए ।
कमेन्टस्
