Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » “श्री लक्ष्मीनारायण—अनन्तादर्शवाणी”ग्रन्थ लोकार्पणसँगै गुरु अभिनन्दन तथा विद्यार्थी पुनर्मिलन कार्यक्रम सम्पन्न(भिडियो सहित)
    कनकाई नगरपालिका

    “श्री लक्ष्मीनारायण—अनन्तादर्शवाणी”ग्रन्थ लोकार्पणसँगै गुरु अभिनन्दन तथा विद्यार्थी पुनर्मिलन कार्यक्रम सम्पन्न(भिडियो सहित)

    रामप्रसाद निरौलाBy रामप्रसाद निरौला२०८० फाल्गुन ५, शनिबार २०:२६ गते3 Mins Read

    कनकाई खबर \ झापाको शिवसताक्षी—१० माइधार स्थित श्री अनन्तादर्श संस्कृत वेदविद्यालयमा एक विशेष समारोहका बीच “श्री लक्ष्मीनारायण—अनन्तादर्शवाणी” ग्रन्थ लोकार्पणसँगै गुरु अभिनन्दन तथा विद्यार्थी पुनर्मिलन कार्यक्रम सम्पन्न भएको छ ।

    विद्यालयको सभा हलमा सम्पन्न कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल संस्कृत विश्वविद्यालयका शिक्षाध्यक्ष प्रा.डा.भीमप्रसाद खतिवडाले संस्कृतलाई जाति विशेषको मात्र भाषाका रुपमा बुझ्नु गलत भएको बताए । खतिवडाले संस्कृतलाई सबैको साझा भाषाका रुपमा विकास गर्न अनुरोध गरे ।
    कार्यक्रमका प्रमुख अतिथी समेत रहेका खतिवडाले संस्कृतको सुगन्ध समाजमा स्थापित गर्न गुरुकुलले पुर्याएको योगदानको चर्चा गरे ।संस्कृतलाई जाति विशेषको मात्र भाषाका रुपमा बुझ्नु गलत भएको तर्क राख्दै प्रा.डा. खतिवडाले यसको सर्वस्वीकार्यताका निम्ति गुरुकुलहरुले आवश्यक पहलकदमी लिनुपर्नेमा जोड दिए ।

    ग्रन्थ प्रकाशन समितिका संयोजक जीवनाथ सुवेदीको सभापतित्व एवं नेपाल संस्कृत विश्वविद्यालयका शिक्षाध्यक्ष प्रा.डा.खतिवडाको प्रमुख आतिथ्य रहेको कार्यक्रममा विद्यालयका पुर्व विद्यार्थीहरु सहित अभिभावकहरुको उल्लेख्य मात्रामा उपस्थिती रहेको थियो ।

    वि.सं.२०२८ मा तत्कालिन श्री लक्ष्मीनारायण मन्दिरको स्थापनासँगै प्रारम्भ भएको गुरुकुल श्री लक्ष्मीनारायण मन्दिर जगत गुरु योगिराज श्रीकमलनयनाचार्य आश्रमको मुख्य अङ्गका रुपमा संचालित छ । नेपालका ऐतिहासिक प्रथम जगत गुरु योगीराज श्रीकमलनयनाचार्य स्वामीको मुख्य अभिमत प्राप्त यस आश्रमले शैक्षिक, धार्मिक, तथा साँस्कृतिक विकासमा पुर्याएको योगदानको उच्च मुल्यांकन गर्न सकिन्छ ।

    कार्यक्रमका अवसरमा श्री अनन्तादर्श संस्कृत वेदविद्यालयका पुर्व विद्यार्थीहरुले तयार पारेको ग्रन्थ लोकार्पण गरिएको हो । कार्यक्रमका प्रमुख अतिथी प्रा.डा.भीमप्रसाद खतिवडाले लोकार्पण गरेको “श्री लक्ष्मीनारायण—अनन्तादर्शवाणी” लाई नविन ग्रन्थका रुपमा हेर्न सकिन्छ । ग्रन्थको प्राध्यापक चुडामणि वशिष्ट र डाक्टर सागरमणि सुवेदीले समिक्षा गरेका थिए ।

    गुरुकुलीय पद्धतिअनुसार चलेको यस विद्यालयलाई सुरुमा माइधारको संस्कृत पाठशाला अथवा विद्यालय भनिन्थ्यो भने पछि अनन्तादर्श संस्कृत वेद विद्यालय नामाकरण गरिएको हो । विद्यालयको पुरानो इतिहासलाई अभिलिखित गर्नकालागी “श्री लक्ष्मीनारायण—अनन्तादर्शवाणी” नामक ग्रन्थ तयार गरिएको ंसम्पादन मण्डलका संयोजक जीवनाथ सुवेदीले जानकारी दिए ।

    कार्यक्रमका अवसरमा लामो समयसम्म विद्यालयमा अध्यापन गराएका वर्तमान मठाधिस स्वामी केशवाचार्य बास्कोटा तथा प्रथम अध्यापक शास्त्री देवनारायण निरौलालाई पुर्व विद्यार्थीहरुबाट अभिनन्दन गरिएको थियो । शास्त्री निरौला हाल अमेरीकामा रहेकाले छोरा बासु निरौलाले अभिनन्दन ग्रहण गरेका थिए । कार्यक्रममा प्रा.डा.नारायणप्रसाद गड्तौलाले अभिनन्दित व्यक्तित्वको योगदानका बारेमा चर्चा गरे ।


    कार्यक्रमका सम्मानित व्यक्तित्व स्वामी श्रीकेशवाचार्यले संस्थाको सर्वतोमुखी विकासमा पुर्व विद्यार्थीहरुको सहयोग हरपल अपेक्षित हुने तर्फ जोड दिँदै आफूले गुरुकुलमा सिकेको ज्ञान र आचरण भावी पुस्तालाई हस्तान्तरण गर्न सम्बन्धित सबैलाई आग्रह गरे ।

    विद्यालयका प्राचार्य उद्धव वास्कोटाले विद्यालयको वर्तमान अवस्था तथा भावी चुनौतीका बारेमा आफ्नो विचार राख्दै संस्थागत रुपमा समेत प्राज्ञिक गौरव कायम गर्ने प्रतिवद्धता व्यक्त गरे । गुरुकुलका विद्यार्थीहरुले शैक्षिक, सामाजिक, प्रशासनिक तथा धार्मिक क्षेत्रमा पुर्याएको योगदान नै संस्थाको पहिचान भएको प्रष्ट पार्दै संस्थालाई अझै अघि बढाउँन सबैले होस्टेमा हैंसे गर्नु पर्ने उनको जोड थियो ।

    कार्यक्रममा शिवसताक्षी नगरपालिकाकी उपप्रमुख नरमाया कार्की, पिण्डेश्वर विद्या पिठ धरानका प्राचार्य काशीनाथ पौडेल, समालोचक एवं साहित्यकार कोमलप्रसाद पोखरेल लगायतले शुभकामना मन्तव्य राख्दै संस्कृत शिक्षाको महत्व र त्यसको संरक्षणमा संस्थाले खेलेको भूमिकाको चर्चा गरे ।

    भीमप्रसाद नेपाल र आकाश नीलमले संयुक्त रुपमा संचालन गरेको कार्यक्रममा पुर्व विद्यार्थीहरु प्रा.डा.नारायणप्रसाद गड्तौला, पं.दामोदर गौतम, गोविन्द पौडेल, बासुदेव खनाल, माधव घिमिरे, गंगाराम ढुङ्गेल लगायतले मन्तव्य राखेको विद्यालयका पुर्व विद्यार्थी दुर्गाप्रसाद चापागाईँले जानकारी दिए ।

    कमेन्टस्

    Author

    • रामप्रसाद निरौला

      निरौला कनकाई खबर अनलाइनका सञ्चालक तथा कनकाई खबर साप्ताहिकका सम्पादक हुन् । उनी राष्ट्रिय समाचार समितिका लागि पनि काम गर्छन् ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते

    Leave A Reply Cancel Reply

    अपडेट

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते

    सुनसरी गोलीकाण्डको विरोधमा सिरहामा प्रदर्शन, प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग

    २०८३ श्रावण १२, मंगलवार १२:१९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.