Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » जयेन्द्रप्रसाद प्रसाई साहित्य सेवा कोषद्वारा पुरस्कार वितरण
    बिर्तामोड नगरपालिका

    जयेन्द्रप्रसाद प्रसाई साहित्य सेवा कोषद्वारा पुरस्कार वितरण

    कनकाई खबरBy कनकाई खबर२०८० फाल्गुन ५, शनिबार १६:५१ गते2 Mins Read

    कनकाई खबर \ झापाको विर्तामोडमा आयोजित एक कार्यक्रमका बीच फरक फरक विधाका ४ जनालाई सम्मान तथा पुरस्कृत गरिएको छ ।

    जयेन्द्रप्रसाद प्रसाई साहित्य सेवा कोष झापाले विगत वर्षमा वितरण गर्दै आएको वर्षोत्कृष्ठ पुरस्कार अन्तरगत साहित्य, पत्रकारिता तथा अपाङ्गता भएका व्यक्तिलाई सम्मान गरिएको हो । सम्मानित हुनेहरुमा बर्षोत्कृष्ठ कृति पुरस्कारबाट झापा भद्रपुरका होम सुवेदी, विष्णुचन्द्र पद्मा बिशेष प्रतिभा सम्मानबाट साहित्यकार पुन्यप्रसाद खरेल, धनमाया सक्रिय महिला पत्रकारिता पुरस्कारबाट जोस्ना श्रेष्ठ र अपाङ्गता भएका व्यक्तिहरुबाट पदम अधिकारीलाई सम्मान तथा पुरस्कृत गरिएको हो ।

    संस्थाका अध्यक्ष गोपीकृष्ण प्रसाईको अध्यक्षता तथा प्राध्यापक डाक्टर गोविन्दराज भट्टराईको प्रमुख आतिथ्यमा सम्पन्न कार्य सम्मान तथा पुरस्कार वितरण कार्यक्रममा प्रमुख अतिथि भट्टराईले पुरस्कृत व्यक्तित्वलाई सम्मान प्रदान गरे । साहित्य र पत्रकारिता पुरस्कारको राशी जनही २५ हजार नगद रहेको छ भने अपाङ्गता विशेष पुरस्कारको राशी ११ हजार रहेको बताइएको छ । संस्थाका उपाध्यक्ष विष्णुकुमार भट्टराईले पुरस्कृत प्रतिभाको घोषणा गरेको कार्यक्रममा कृतिकारका बारेमा साहित्यकार कोमल पोखरेलले प्रकाश पारेका थिए भने सम्मान पत्र वाचन सञ्जु शिवाकोटीले गरेकी थिइन् ।

    संस्थाका अध्यक्ष गोपीकृष्ण प्रसाईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि भट्टराई, विशेष अतिथिहरु मोहन भण्डारी, खगेन्द्रप्रसाद प्रसाई, पुरस्कृत व्यक्तित्वहरु सुवेदी, खरेल, श्रेष्ठ र अधिकारी लगायतले मन्तव्य राखेको कार्यक्रमको सञ्चालन स्वस्तिका आचार्य सिटौलाले गरेकी थिइन् । सोही कार्यक्रममा होम सुवेदीद्वारा लिखित छताछुल्ल कृतिको समेत विमोचन गरिएको छ । कार्यक्रमका प्रमुख अतिथिसहित उपस्थित अतिथिहरुले कृतिको लोकार्पण गरिएको हो । २०५९ सालमा स्थापित जयेन्द्रप्रसाद प्रसाई साहित्य सेवा कोषले वर्षेनी साहित्य र पत्रकारिता क्षेत्रमा सम्मान र पुरस्कार गर्दै आएको छ ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    कनकाईमा दलित विद्यार्थीलाई १ लाख ५० हजार बराबरको छात्रवृत्ति वितरण

    २०८३ जेष्ठ १९, मंगलवार ०३:०९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.