Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » सुरुङ्गामा रोटरी क्लवले कला , संस्कृति तथा साहित्य महोत्सव गर्ने(भिडियो सहित)
    कनकाई नगरपालिका

    सुरुङ्गामा रोटरी क्लवले कला , संस्कृति तथा साहित्य महोत्सव गर्ने(भिडियो सहित)

    कनकाई खबरBy कनकाई खबर२०८० फाल्गुन ४, शुक्रबार २०:३० गते3 Mins Read

    कनकाई खबर \ झापाको सुरुङ्गामा कला, संस्कृती र साहित्य महोत्सव आयोजना गरिने भएको छ । फागुन १४ गतेदेखी सुरु हुने कनकाई कला, संस्कृति र साहित्य महोत्सव तीन दिनसम्म सञ्चालन हुने सुरुङ्गामा पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको छ ।

    रोटरी क्लब अफ सुरुङ्गाको आयोजनामा हुन लागेको कला साहित्य महोत्सवका माध्यमबाट कनकाई नगर क्षेत्रको साहित्य, संस्कृति र कलाको प्रवद्र्धन गर्ने उद्येश्य रहेको क्लवका अध्यक्ष शिवकुमार कडेलले जानकारी दिए । कार्यक्रमको तयारीका बारेमा जानकारी दिने उद्येश्यले सुरुङ्गामा पत्रकार सम्मेलन गरिएको क्लबका अध्यक्ष कँडेलले बताए ।

    महोत्सवमा पहिलो दिन स्थानीय साहित्यकारहरूको प्रस्तुति रहने छ । दोस्रो दिन जिल्लाका विभिन्न क्षेत्रमा रहेका साहित्य सर्जकहरूको प्रस्तुती रहने छ भने तेस्रो दिन राष्ट्रिय स्तरमा ख्याति प्राप्त एक दर्जन साहित्यकारहरूको प्रस्तुति रहने महोत्सव संयोजक अखिलकुमार कोईरालाले पत्रकार सम्मेलनमा जानकारी दिए । स्थानीयदेखि केन्द्रसम्मका प्रतिनिधि साहित्यकारहरूको प्रस्तुतिले साहित्यचेत अङ्कुरण हुन थालेका नयाँ पुस्तालाई अभिप्रेरित गर्ने र कनकाई क्षेत्रमा साहित्यले अग्रगमनको यात्रा तय गर्ने विश्वास लिएको संयोजक कोइराला बताउँछन्

    रोटरी क्लब अफ सुरुङ्गाका अध्यक्ष शिवकुमार कँडेलको सभापतित्वमा सम्पन्न पत्रकार सम्मेलनमा अग्रज साहित्यकार कोमलप्रसाद पोखरेलले २०५१ सालदेखि कनकाई प्रतिभा प्रतिष्ठान गठन गरेर साहित्यीक गतिविधि गरिरहेको भए पनि रोटरी क्लवले आयोजना गरेको साहित्य महोत्सवले धेरै मानिसमा सकारात्मक सन्देश प्रभाव गर्ने विश्वास व्यक्त गरे । पत्रकार सम्मेलनमा बोल्दै कनकाई प्रतिभा प्रतिष्ठानका अध्यक्ष जीवनाथ सुवेदीले आफुहरुले गर्न नसेको साहित्य महोत्सव रोटरी क्लबले गर्ने भएपछि प्रतिभा प्रतिष्ठानले महोत्सवलाई सफल बनाउन सबै पक्षबाट सहयोग गर्ने बताए । रोटरी क्लब अफ सुरुङ्गाका पूर्व अध्यक्ष कुमारमणी पोखरेलले साहित्य महोत्सव आयोजनाका लागि २५ लाख ४५ हजार रकम लाग्ने अनुमान गरिएको भए पनि अहिलेसम्म प्रायोजक र सहप्रायोजकका बारेमा सहमतिको प्रयास जारी नै रहेको बताए । पोखरेलका अनुसार प्रायोजनका लागि केही व्यवसायीक प्रतिष्ठानहरुसँग कुरा भइरहेको छ ।

    कला साहित्य महोत्सवमा अग्रज साहित्यकारहरू तुलसी दिवस, अर्जुन पराजुली, डा.रामप्रसाद ज्ञवाली, डा.देवी नेपाल, मनु मञ्जिल, धीरेन्द्र प्रेमर्षि, प्रदीप रोदन, लक्ष्मण गाम्नाङ्गे, कुन्ता शर्मा, सुमन स्मारिका, हरिमाया भेट्वाल, गीतकार शिशिर योगी लगायतका साहित्यकारहरु र सङ्गीत सर्जकहरू उपस्थित हुने पत्रकार सम्मेलनमा जानकारी गराइएको छ । त्यस्तै फागुन १४ र १५ गतेको साँस्कृति कार्यक्रममा हाँस्यकलाकार मनोज गजुरेल, उदयीमान गायिका रचना रिमाल जस्ता सुपरिचित सङ्गीत सर्जकहरू र स्थानीय कलाकारहरूको प्रस्तुति रहनेछ ।

    महोत्सव सञ्चालनका लागि रोटरी क्लब अफ सुरुङ्गाका सदस्य अखिलकुमार कोइरालाको संयोजकत्वमा क्लबका अध्यक्ष शिव कँडेल, निवर्तमान अध्यक्ष खेमप्रसाद प्रसाई, प्रेसिडेन्ट इलेक्ट लुबराज उप्रेती, संंस्थापक अध्यक्ष लक्ष्मीप्रसाद उप्रेती, प्रेसिडेन्ट नोमिनी डिल्ली मैनाली, पूर्व अध्यक्षहरू कुमारमणि पोखरेल, सुशीलकुमार श्रेष्ठ, टीकाप्रसाद कट्टेल र रोट¥याक्ट क्लब अफ सुरुङ्गाका सचिव दिवाकर तिवारी रहेको मूल समारोह समिति गठन गरिएको छ ।

    त्यसै गरी आर्थिक उपसमितिमा लुवराज उप्रेती, प्रचारप्रसारमा राम निरौला, अतिथि सत्कारमा सरला दाहाल, अतिथि व्यवस्थापनमा ख्याम ओली, स्थानीय साहित्यकार समन्वयमा डिल्ली मैनाली, जिल्लाका साहित्यकार समन्वयमा खेमप्रसाद प्रसाई, स्थानीय संंघसंस्था सम्पर्क र समन्वयमा कमलप्रसाद कट्टेल, विद्यालय कलेज सम्पर्कमा सुशील कुमार श्रेष्ठ, पुस्तक डोनेसनमा शिवकुमार गिरी, स्टेज–स्टल–साउन्ड व्यवस्थापनमा दिवाकर तिवारी, स्वयंसेवक परिचालनमा प्रतापबाबु जमरकट्टेल, तालिम प्रशिक्षण व्यवस्थापनमा टीकाप्रसाद कट्टेल, प्रकाशनतर्फ कुमारमणि पोखरेल, चिया–खाजा–पानी व्यवस्थापनमा मेनुका उप्रेती र कार्यक्रम उद्घोषण व्यवस्थापन तर्फ रोटरी क्लब अफ सुरुङ्गाकी सचिव विनिता मैनाली संंयोजक रहने व्यवस्था मिलाएर महोत्सव सफलताको लागि मसिनो गरी काम भइरहेको बताइएको छ ।

    पशुपति मावि सुरुङ्गामा फागुन १६ गते सम्पन्न हुने महोत्सवमा साहित्य गोष्टी, कक्षा ६–१२ का विद्यार्थी र इच्छुक युवाका लागि कविता लेखन प्रशिक्षण, हास्यव्यङ्ग सहित सांस्कृतिक कार्यक्रम, पुस्तक मेला, पुस्तक डोनेसन कार्यक्रम्, कविता लेखन प्रशिक्षक प्रशिक्षण, कविता वाचन कार्यक्रम र जातिय भेषभूषा प्रदर्शन सहित शान्ति तथा एकता ¥याली सञ्चालन गरिने पत्रकार सम्मेलनमा जानकारी गराईएको छ । पत्रकार सम्मेलनको सञ्चालन रोटरी क्लब अफ सुरुङ्गाकी सचीव बिनिता मैनालीले गरेकी हुन् ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते

    आज देखि सरकारी कार्यालय बिहान नौ बजे देखि अपरान्ह पाँच बजेसम्म,हप्तामा दुई दिन विदा

    २०८२ चैत्र २३, सोमबार ११:१० गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.