Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    संविधानको सफल कार्यान्वयन स्थानीय सरकारको प्राथमिकता—उपप्रमुख शिवाकोटी

    २०८३ आश्विन ३, शनिबार २३:५८ गते

    सहारा नेपालको नेतृत्व दौडमा ओली, गिरी र खतिवडा

    २०८३ भाद्र ३१, बुधबार ०८:३५ गते

    हाम्रो घरको भडडु र आमाको हातको तीजको ढकने

    २०८३ भाद्र ३०, मंगलवार ०२:४५ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » बिर्तामोड उद्योग वाणिज्य संघमा स्वतन्त्र व्यावसायीक प्यानलको उम्मेदवारी घोषणा
    बिर्तामोड नगरपालिका

    बिर्तामोड उद्योग वाणिज्य संघमा स्वतन्त्र व्यावसायीक प्यानलको उम्मेदवारी घोषणा

    कनकाई खबरBy कनकाई खबर२०८० फाल्गुन ३, बिहीबार २१:१७ गते2 Mins Read

    कनकाई खबर \ यहि फागुन १४ गते हुन गइरहेको बिर्तामोड उद्योग वाणिज्य संघको निर्वाचनका लागि स्वतन्त्र व्यावसायीक प्यानलले उम्मेदवारी घोषणा गरेको छ ।

    बिर्तामोडस्थित अतिथी सदनमा अर्जुन मैनालीको नेतृत्वमा स्वतन्त्र प्यानलको उम्मेदवारी घोषणा गरिएको हो । नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य उमेश डालमियाले उम्मेदवारहरुको नामावली घोषणा गरेका हुन् । स्वतन्त्र व्यावसायीक प्यानलबाट अध्यक्षमा अर्जुन कुमार मैनाली, वरिष्ठ उपाध्यक्ष राजकुमार घिमिरे (राजु), उद्योग उपाध्यक्ष ओमप्रकाश श्रेष्ठ, वाणिज्य उपाध्यक्ष गंगा मैनाली, जनसम्पर्क उपाध्यक्ष गोमा भट्टराई, महासचिव कृष्ण पौडेल, उद्योग सचिव विसम लिम्बु, वाणिज्य सचिव कृष्ण चापागाईं, कोषाध्यक्ष युवराज निरौला र सह–कोषाध्यक्षमा निशा कर्णको नाम घोषणा गरिएको छ ।

    खुल्ला सदस्यहरुमा शत्रुधन प्रसाद गुप्ता, केदार खनाल, शोतलाल राजबंशी, कृष्ण बजगाई , राकेश कुमार सिंह, चन्द्रा भट्टराई, अमिर खान, महिला सदस्यहरु सुष्मा उप्रेती ९सुवेदी० र रिता चौधरी अग्रवाल रहेका छन् । स्वतन्त्र उम्मेदवारहरुलाई पाँच दलले समर्थन जनाएको छ । उम्मेदवार घोषणा कार्यक्रममा अध्यक्षका उम्मेदवार अर्जुन कुमार मैनालीले वाणिज्य संघ मार्फत व्यवसाय क्षेत्रमा रुपान्तरण ल्याउन स्वतन्त्र प्यानलको जीत जरुरी रहेको बताए । उनले यथास्थितिको निरन्तरता गर्ने कि परिवर्तनको थालनी गर्ने त्यसमा व्यवसायीहरुले ध्यान दिनुपर्ने बताए । व्यवसायीको हकहितमा काम गर्ने प्रतिवद्धता जनाउदै अध्यक्षका उम्मेदवार मैनालीले रुपान्तरणका लागि स्वतन्त्र व्यवसायीक प्यानललाई मत दिन आव्हान गरेका छन् ।

    कार्यक्रममा अधिकांश वक्ताले वाणिज्य संघप्रति विश्वास हराएको बताएका छन् । व्यावसायीको हितमा काम नगरेसम्म विश्वास जित्न नसकिने भन्दै अधिकांश वक्ताहरुले बिर्तामोडलाई जोगाउन पनि स्वतन्त्र प्यानललाई जिताउन आवश्यक रहेको धारणा राखे । धुलावारी बजार र भद्रपुर जस्तै बिर्तामोड पनि कमजोर बनाउने खेल भइरहेको प्रति संकेत गर्दै अग्रज व्यवसायीहरुले भने – विर्तामोडलाई सुकाउने षडयन्त्र विरुद्ध सबै व्यवसायीहरु एक हुनुपर्छ ।

    उम्मेदवार घोषणा कार्यक्रममा राप्रपाका केन्द्रीय सदस्य एवम् अग्रज व्यक्तित्व राजकुमार पोखरेल, विर्तामोड उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष कुमार भट्टराई, माओवादीका नेता भानु दंगाल, वाणिज्य संघका केन्द्रीय सदस्य उमेश डालमिया, नेकपा एमालेका केन्द्रीय सदस्य दिपक कार्की, निर्वाचन परिचालन समिति संयोजक एकराज कार्की, रास्वपाका अर्जुन उप्रेती लगायतले मन्तव्य राखेका थिए । राप्रपा बिर्तामोड अध्यक्ष रञ्जु प्याकुरेलले स्वागत गरेको कार्यक्रमको सञ्चालन एमाले बिर्तामोडका अध्यक्ष सुवास भट्टराईले गरेका थिए ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    संविधानको सफल कार्यान्वयन स्थानीय सरकारको प्राथमिकता—उपप्रमुख शिवाकोटी

    २०८३ आश्विन ३, शनिबार २३:५८ गते

    सहारा नेपालको नेतृत्व दौडमा ओली, गिरी र खतिवडा

    २०८३ भाद्र ३१, बुधबार ०८:३५ गते

    हाम्रो घरको भडडु र आमाको हातको तीजको ढकने

    २०८३ भाद्र ३०, मंगलवार ०२:४५ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    संविधानको सफल कार्यान्वयन स्थानीय सरकारको प्राथमिकता—उपप्रमुख शिवाकोटी

    २०८३ आश्विन ३, शनिबार २३:५८ गते

    सहारा नेपालको नेतृत्व दौडमा ओली, गिरी र खतिवडा

    २०८३ भाद्र ३१, बुधबार ०८:३५ गते

    हाम्रो घरको भडडु र आमाको हातको तीजको ढकने

    २०८३ भाद्र ३०, मंगलवार ०२:४५ गते

    जन्मभूमिलाई प्रवासी झापालीको ठूलो सहयोग : अन्तर्राष्ट्रिय झापाली समाजद्वारा कनकाईलाई ३० लाखको स्वास्थ्य उपकरण हस्तान्तरण

    २०८३ भाद्र २९, सोमबार २१:२१ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.