Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » विद्यालय हातामा शैक्षिक सामग्री बिक्री गर्नेलाई दण्डित गरिने
    कनकाई नगरपालिका

    विद्यालय हातामा शैक्षिक सामग्री बिक्री गर्नेलाई दण्डित गरिने

    कनकाई खबरBy कनकाई खबर२०८० फाल्गुन ३, बिहीबार २०:१७ गते3 Mins Read

    कनकाई खबर \ नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ झापाले विद्यालय हातामा पाठ्यपुस्तक र शैक्षिक सामग्री बिक्री वितरण गर्ने व्यवसायीलाई आर्थिक रुपमा दण्डित गर्ने निर्णय गरको छ ।

    कनकाई नगरपालिकास्थित सुस्तमनस्थिति सरोकार समाजको कार्यालयमा ११ औं राष्ट्रिय पुस्तक दिवसको अवसर पारेर आयोजना गरेको विविध कार्यक्रमपछि बसेको जिल्ला समितिको बैठकले व्यवसायी वा गैरव्यवसायीमार्फत विद्यालयलाई पाठ्यपुस्तक बिक्री गरेको पाईए पहिलो पटक १० हजार र त्यसपछि पटकैपिच्छे साविकको जरिवानामा दोव्बर जरिवाना थप गर्ने नियम भएको महासंघ झापाका बरिष्ठ उपाध्यक्ष सुमन खनालले बताए ।

    विद्यालय हातामा कुनै पनि शैक्षिक सामग्री बिक्री वितरण गर्न नपाउने कानुनी प्रावधान छ । विद्यालय हातामा शैक्षिक सामग्रीको बिक्री वितरण गरेको पाईएमा ती वस्तु जफत गरी स्थानीय तहमा बुझाउने र विद्यालयलाई विभागीय कार्वाहीका लागि नेपाल सरकारका निकायमा पत्राचार गर्ने पनि निर्णय भएको महासंघ झापाले जनाएको छ ।

    नेपाल पुस्तक तथा स्टेशनरीको सदस्यता लिन वा नवीकरण गर्न छुटेका व्यवसायीको हकमा फागुन मसान्तसम्मको समयसीमा थप भएको छ । साविकको शुल्कमा विलम्व शुल्क बुझाएर व्यवसायिक फर्म दर्ता वा नवीकरण गर्न सकिने महासंघ झापाले जनाएको छ ।

    यसअघि १ हजार ५ सय बुझाएर महासंघ झापाको सदस्यता लिन सकिने प्रावधान थियो । अब ३ हजार बुझाएर सदस्यता खरिद गर्न पाउने महासंघले निर्णय गरेको छ । महासंघ झापाका सचिव चन्द्रमणि घिमिरेका अनुसार बिलम्ब शुल्क ३ हजार तिरेर फागुन मसान्तसम्मको समयसीमा थप गरिएको हो ।

    यस्तै महासंघले पुस्तकको अंकित मूल्यमा खुद्रा बिक्रेताले पाउँदै आएको सुविधा बृद्धि गर्न गराउनका लागि लिखित रुपमा पहल गर्ने निर्णय गरेको छ ।
    नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघको केन्द्रीय समिति, प्रदेश समिति, प्रकाशक संघ र प्रकाशन गृहलाई लिखित रुपमा आग्रह गर्ने निर्णय भएको छ । झापाले पाउँदै आएको सुविधा कटौती भएको विषयमा व्यवसायी– व्यवसायीबीच गम्भीर समीक्षा पनि भएको थियो । आगामी शैक्षिक सत्रदेखि पाठ्यपुस्तकको खरिद बिक्रीमा नगदको कारोवार हुने पनि निर्णय भएको छ ।

    गएको माघ १२ गतेको पाठ्यपुस्तकका अधिकृत बिक्रेता, बजार प्रतिनिधि र खुद्रा बिक्रेताको संयुक्त भेलाले पाठ्यपुस्तकको खरिद बिक्री वितरणलाई मर्यादित, व्यवस्थित र सहज रुपमा अगाडी बढाउन केही नीतिगत निर्णयका लागि कार्यदल गठन गरेको थियो ।

    महासंघ झापाका सल्लाहकार समितिका संयोजक फडिन्द्रराज न्यौपानेको संयोजकत्वमा पाँच सदस्यीय कार्यदलको फागुन १ गते बसेको बैठकले ८ बँुदे निर्णय गरेर महासंघ झापामा बुझाएको थियो । कार्यदलको निर्णयलाई महासंघ झापाको बुधबार बसेको बैठकले अनुमोदन गरी प्राप्त निर्णयलाई कार्यान्वयन गर्ने महासंघ झापाले निर्णय गरेको छ ।

    यसैबीच ११ औ राष्ट्रिय पु्स्तक दिवसको अवसर पारेर नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ झापाले कनकाई १ स्थित सुस्तमनस्थिति सरोकार समाजका १५ जना अपांग बालबालिकाको निःशुल्क स्वास्थ्य परीक्षण र औषधि वितरण गरेको छ । उनीहरुलाई महासंघले पाठ्यपुस्तक, शैक्षिक सामग्री, खेलौना, खाद्यान्नलगायतका वस्तु प्रदान गरेको छ । महासंघ झापाले सुस्तमनस्थिति सरोकार समाजलाई नेपालको राष्ट्रिय झन्डा पनि प्रदान गरेको छ ।

    कनकाई नगरपालिकाका प्रमुख राजेन्द्र पोख्रेलको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ कोशी प्रदेशमा प्रतिनिधित्व गर्ने प्रदेश अध्यक्ष जीवनप्रसाद नेपाल, उपसचिव टंक भट्टराई र सदस्य सुरेन्द्र दाहाललाई सम्मानसहित बधाई ज्ञापन गरिएको छ । नगर प्रमुख पोख्रेलले तीनै जनालाई नेपाली ढाका टोपी लगाईदिएर सम्मान गरेका हुन ।

    नगर प्रमुख पोख्रेलले स्थानीय तहका व्यवसायीको अधिकार संरक्षण गर्न कनकाई नगरले कुनै पनि कसर बाँकी नराख्ने बताए । ‘नगरपालिकाले गर्ने हरेक सहयोग बैधानिक हुन्छ । कानुनभन्दा बाहिर नजाने प्रकृतिको सहयोग गर्न नगरपालिका सँधै तत्पर छ,’ उनले भने । महासंघ झापाका अध्यक्ष विनोद सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा महासंघका केन्द्रीय सदस्य रविन बराल, कोशी प्रदेश अध्यक्ष जीवनप्रसाद नेपाल, पूर्व केन्द्रीय सदस्य फडिन्द्रराज न्यौपाने, सल्लाहकार समितिका सदस्य पुष्पराज प्रसाईँलगायतको सहभागिता थियो । महासंघ झापाका सदस्य दुर्गाप्रसाद घिमिरेले स्वागत गरेको कार्यक्रमको सहजीकरण सचिव चुडामणि घिमिरेले गरेका थिए ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते

    आज देखि सरकारी कार्यालय बिहान नौ बजे देखि अपरान्ह पाँच बजेसम्म,हप्तामा दुई दिन विदा

    २०८२ चैत्र २३, सोमबार ११:१० गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.