Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » कन्काई माविको वार्षिकोत्सवमा २३ सम्मानित
    कनकाई नगरपालिका

    कन्काई माविको वार्षिकोत्सवमा २३ सम्मानित

    कनकाई खबरBy कनकाई खबर२०८० फाल्गुन ३, बिहीबार २०:०४ गते3 Mins Read

    कनकाई खबर \ कनकाई नगरपालिका–३ स्थित कन्काई माध्यमिक विद्यालयले २३ जना शिक्षासेवी तथा शिक्षाकर्मीलाई सम्मान गरेको छ ।

    विद्यालयको ६ औं वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा विद्यालयको स्थापना, विकास र उन्नयनमा महत्त्वपूर्ण योगदान गर्ने शिक्षासेवीलाई सम्मान गरिएको हो । कार्यक्रममा विद्यालय व्यवस्थापन समिति पूर्व अध्यक्ष टेकनारायण संग्रौला र पूर्व प्रअ ईश्वरीप्रसाद शिवाकोटीलाई सम्मान गरिएको थियो । सो अवसरमा गोरखापत्र दैनिकका झापा संवाददाता लीलाराज झापालीलाई वर्ष उत्कृष्ट सञ्चारकर्मीको रुपमा सम्मान गरिएको थियो ।

    सो अवसरमा सेवा निवृत्त शिक्षक खड्गप्रसाद आचार्य, रोहिता खतिवडा, जानुका चुडाल, सेवानिवृत्त कर्मचारी राजेश अघोरी र सावित्रा पाण्डेलाई सम्मानसहित विदाइ गरिएको थियो । त्यसै गरी, कार्यक्रममा दीर्घसेवी उत्कृष्ट शिक्षकको रूपमा गंगाराम खतिवडा, बल्लभकुमार गौतम र शारदा प्रसाईं पाठक तथा वर्ष उत्कृष्ट शिक्षकको रूपमा हरिप्रसाद तिम्सिना, चन्द्रप्रसाद शिवाकोटी, चन्द्रप्रसाद पोखरेल, भुवन खतिवडा, खेमकुमारी आचार्य र भक्त खडकालाई सम्मान गरिएको थियो । सो अवसरमा वर्ष उत्कृष्ट कर्मचारीका रुपमा विद्यालयका लेखापाल चेतन रिजाललाई सम्मान गरिएको थियो । विद्यालयका अतिरिक्त क्रियाकलाप तथा खेलकुदमा विशेष योगदान गरे वापत शिक्षकहरु शिशिर तिम्सिना, हर्क सुब्बा, लोकेन्द्रराज दाहाल, गोपाल खरेल र किशोर महतलाई कदरपत्रद्वारा सम्मान गरिएको थियो ।

    सो अवसरमा शिक्षक–अभिभावक संघका अध्यक्ष रमेश शेर्पाको विशेष परिकल्पनामा आयोजित विद्यालयमा कुलपति कार्यक्रम सम्पन्न गरिएको थियो, जसमा नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति र शिक्षक, विद्यार्थी बीच अन्तरसंवाद भएको थियो । सो अवसरमा अन्तिम स्पर्धाबाट कनकाई तारा र कन्काई लिटल स्टार बनेका गायन र नृत्य तर्फका विजेता र उपविजेतालाई प्रमाणपत्रसहित नगद पुरस्कार प्रदान गरियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्रप्रसाद प्रसाईको अध्यक्षता, नेपाल प्रज्ञा प्रतिष्ठानका माननीय कुलपति भूपाल राईको प्रमुख आतिथ्य र शिक्षक प्रतिनिधि दिलिपकुमार खतिवडाको स्वागत मन्तव्य रहेको कार्यक्रममा कोशी प्रदेश सरकारका पूर्व मन्त्री हीराकुमार थापा, कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेल, उपप्रमुख आशा शर्मा शिवाकोटी, नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञत्रय मुनाराज शेर्मा, सुमित्रा वांग्देल चेली र विराट किराँतीको विशेष आतिथ्य रहेको थियो । सो कार्यक्रममा प्रतिमान–गंगादेवी उत्कृष्ट छात्रवृत्ति कोष, धर्मशीला–सूर्य स्मृति अक्षयकोष, रामप्यारी शिवाकोटी छात्रवृत्ति कोष, खड्ग–देवीमाया शिवाकोटी छात्रवृत्ति कोष, धनबहादुर सुवेदी स्मृति अक्षयकोष, विन्दा स्मृति अक्षय कोष, खुश्बू ओली प्रतिभा अक्षयकोष, पुण्यवती गौतम अक्षयकोष, ईश्वरी–उषा कट्टेल अक्षयकोष, तिला–भक्ति संग्रौला अक्षयकोष, कन्काई भूतपूर्व विद्यार्थी समाज कोषका तर्फबाट विपन्न तथा जेहन्दार विद्यार्थीहरूलाई छात्रवृत्ति तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।

    सोही अवसरमा नगर प्रमुख पोखरेल र उपप्रमुख शिवाकोटीले विद्यालयका २ सय अठसठ्ठी जना विद्यार्थीलाई जनही ४ हजारका दरले प्रदान गरिने छात्रवृत्ति ४ जना विपन्न तथा जेहेन्दार विद्यार्थीलाई प्रदान गरेर शुभारम्भ गरेका थिए । त्यसै गरी, सो अवसरमा विभिन्न खेलकुद तथा सहकार्यकलापमा विजेता विद्यार्थीहरुलाई पदक तथा पुरस्कार प्रदान गरिएको थियो । कार्यक्रममा एसईई–२०७९ र कक्षा–१२ को बोर्ड परीक्षामा उत्कृष्ट हुने छात्रछात्रालाई पुरस्कार प्रदान गरिएको विद्यालयका आधारभूत तहका संयोजक अम्बिकाप्रसाद रिजालले जानकारी दिए ।

    कार्यक्रममा प्रधानाध्यापक कर्णबहादुर डाँगीले विद्यालयको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए भने विव्यस अध्यक्ष प्रसाईंले शिक्षक, अभिभावक, विद्यार्थी र शिक्षासेवी–चन्दादाताको संयुक्त प्रयासबाट नमुना विद्यालय बनाउन सकिने बताएका थिए । प्रसाईले विद्यालय अभिभावकको भावनालाई सम्मान गर्र्दै समयानुकूल रुपान्तरण गर्दै अघि बढ्न प्रयत्नशील रहेको बताएका थिए । कार्यक्रममा शिक्षकहरु शीतल रेग्मी, सुकृता भट्टराई, प्रिया कार्की, सुष्मा पाठक, किशोर महत, लोकेन्द्रराज दाहाल, हर्क सुब्बा, प्रवीण सिटौला, अभिभावक मञ्जु खडका र आमा समूह तथा विद्यार्थीहरुबाट साकेला, थारु, सन्थाल, लिम्बू, सुनुवार, मारुनी, संगिनी लगायका सांस्कृतिक प्रस्तुति राखिएको थियो । विद्यालयका सल्लाहकार संयोजक जनार्दन उप्रेती लगायतको आतिथ्य रहेको दुई दिनसम्म सञ्चालन गरिएको कार्यक्रममा सल्लाहकार शम्भु ढकाल (सुस्केरा), नेपाली कांग्रेसका नगर उपसभापति सन्तोष रायमाझी, नेकपा एमाले नगर अध्यक्ष गोकर्ण ओझा लगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा प्राथमिक तहका संयोजक खेमराज भट्टराईको विशेष संयोजनमा सर्वाङ्गसुन्दर योग लगायत विद्यार्थीहरुले सांगीतिक प्रस्तुति राखेका थिए ।

    कार्यक्रम विद्यालयका संस्थापक स्व.जनमेजय अधिकारीको तस्वीरमा पुष्पार्पण र माल्यार्पण गर्दै आरम्भ गरिएको थियो । औपचारिक कार्यक्रम सहायक प्रअ तीर्थराज खरेल, शिक्षकहरु भीमप्रसाद दाहाल र संगीता उप्रेतीले र सांस्कृतिक कार्यक्रमको सञ्चालन विद्यार्थीहरु अश्लेषा कडेँल, सृजा प्रसाई, श्रद्धा गौतम र नितेश विकले संयुक्त रूपमा सञ्चालन गरेका थिए ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते

    आज देखि सरकारी कार्यालय बिहान नौ बजे देखि अपरान्ह पाँच बजेसम्म,हप्तामा दुई दिन विदा

    २०८२ चैत्र २३, सोमबार ११:१० गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.