Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते

    सुनसरी गोलीकाण्डको विरोधमा सिरहामा प्रदर्शन, प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग

    २०८३ श्रावण १२, मंगलवार १२:१९ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » सतासीधाम जेसीजको सातौ पद हस्तान्तरण
    समाचार

    सतासीधाम जेसीजको सातौ पद हस्तान्तरण

    ramBy ram२०७६ माघ ४, शनिबार १६:५१ गते3 Mins Read

    कनकाई खबर, दुधे  \  सतासीधाम जेसीजको सातौ पद हस्तान्तरण कार्यक्रम शनिवार सम्पन्न भएको छ ।
    सन् २०१९ का अध्यक्ष दिनेश बारकोटीले आफ्नो गलामा भएको चेन सन् २०२० का अध्यक्ष कुमार सिंह साँवा (लिम्बू ) लाई हस्तान्तरण गरेसँगै साँवाले पदभार ग्रहण गरेका हुन् ।

         पद हस्तान्तरणसँगै वर्ष २०१९ का अध्यक्ष बारकोटीले आफ्नो कार्यकालमा अधुरा रहेका कामहरु वर्ष २०२० मा निवर्तमान अध्यक्षको रुपमा रहेर पनि अगाडी गरिएका बाचा पुरा गर्ने प्रतिवद्धता जनाएका छन् । सतासीधाम जेसीज सन् २०१९ का अध्यक्ष वारकाटीको सभापतित्वमा पहिलो सत्र र पद तथा गोपनियताको सपथ लिएपछिको दोश्रो सत्र २०२० का अध्यक्ष सावाँको सभापतित्वमा भएको थियो ।

        साँवाले पदभार ग्रहण गरेपछि मन्तव्य राख्दै जेसीज भनेको सुकिला, मुकिला र धनाढ्यहरुको मात्र संस्था हो भन्ने गरिएको आरोप वर्ष २०२० को आफ्नो टिमले चिर्ने बताएका छन् । सतासीधाम जेसीज स्थापनाकाल २०१२ देखि नै सदस्य हँुदैं वर्ष २०१६ मा उपाध्यक्ष, वर्ष २०१७ मा तालिम संयोजक, वर्ष २०१८ मा कार्यकारिणी उपाध्यक्ष र वर्ष २०१९ मा महासचिव हुँदै वर्ष २०२० मा अध्यक्ष बन्न सफल साँवाले वर्ष २०२० लाई, “सबल व्यक्तित्व तथा नेतृत्व विकास र सामाजिक रुपान्तरणका लागि सतासीधाम जेसीज वर्ष २०२० ” भन्ने प्रमुख प्रकरण (थिम) र अभियानका साथ सतासीधाम जेसीजलाई नेतृत्व गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । विगत लामो समयदेखी विभिन्न शैक्षिक तथा सामाजिक क्षेत्रमा समेत क्रियाशिल रहेका साँबा एक सामाजिक अभियन्ताका रुपमा युवाहरुका विच लोकप्रिय मानिन्छन् ।     कार्यक्रमका प्रमुख अतिथी नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष असोक शंखरले युवालाई व्यवसायीक उद्यममा अग्रसर गराउन नेपाल जेसीज वर्ष २०२० को राष्ट्रिय टिम अघि वढेको बताए । जेसीजले सृजनशिलता तालिम प्रदान गरेर युवा शक्तिलाई आयमुलक काममा लगाउन कार्ययोजनाका साथ अघि बढेको बताउँदै राष्ट्रिय अध्यक्ष शंखरले सतासीधाम जेसीजको पनि यो अभियानमा साथ र सहयोग रहने विश्वास व्यक्त गरेका छन् । युवाहरुको नेतृत्व विकास गर्ने पाठशालाका रुपमा जेसीज भएको बताउदै उनले सवैसँग समन्वय र सहकार्य गरेर नेतृत्व विकासमा अघि वढ्न नव निर्वाचित कार्यसमितिलाई आग्रह गरेका छन् ।
    कार्यक्रममा पुर्व सांसद तारासम याङया, नेपाली काँग्रेसका नेता देउमान थेवे, सतासीधाम जेसीजको मातृशाखा सुरुङ्गाा जेसीजका पूर्व अध्यक्ष जविन तिम्सिना लगायतले शुभकामना मन्तव्य राखेका थिए । लिम्बु समुदायको च्याब्रु«ङ र नौमतीबाजाले कार्यक्रमका अतिथीहरुलाई स्वागत गरेको थियो ।

        सतासीधाम जेसीजका पूर्व अध्यक्ष एवम् निर्वाचन मण्डलका संयोजक महेन्द्र भट्टराईले सन् २०२० को निर्वाचित कार्यसमितिको घोषणा गरे भने नवनिर्वाचित अध्यक्ष साँवाले मनोनीत पदाधिकारी तथा सदस्यहरुको घोषणा गरेका थिए । यसरी सर्वसम्मत भएका अन्य पदाधिकारीहरुमा कार्यकारिणी दुई उपाध्यक्षमा क्रमशः जेसी अर्जुन भट्टराई तथा सिकिन पासवन र चार उपाध्यक्षमा जेसी गोपाल(जिएन) नेयोङ, भिम बहादुर बोहोरा, गणेश अधिकारी र विश्व विक्रम दाहाल रहेका छन् । त्यस्तै जनसम्पर्क अधिकारीमा सुर्य प्रकाश योङया निर्वाचित भएका थिए ।   साँवाले माहासचिवमा विवेक ढकाल, कोषाध्यक्षमा निर्मला प्रधान श्रेष्ठ, कानुनी सल्लाहकारमा लेखनाथ अधिकारी र तालिम संयोजकमा असोक वस्नेत लाई मनोनयन गरेका छन । यस्तै मनोनित भएका विभिन्न विधागत उपसमितिका संयोजक सहित ५९ सदस्यीय कार्यसमिति सर्वसम्मत रुपमा चयन भएको वताइएको छ ।  सन् २०१९ का कार्यकारिणी उपाध्यक्ष निरोज दुलालले स्वागत गरेको कार्यक्रममा सदस्य नरेश अधिकारीले जेसीज मिसन एण्ड भिजन प्रस्तुत गरेका थिए भने आस्थावाचन निर्मला प्रधानले गरेकी थिईन् ।

    कमेन्टस्

    Author

    • ram
      ram

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते

    सुनसरी गोलीकाण्डको विरोधमा सिरहामा प्रदर्शन, प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग

    २०८३ श्रावण १२, मंगलवार १२:१९ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते

    सुनसरी गोलीकाण्डको विरोधमा सिरहामा प्रदर्शन, प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग

    २०८३ श्रावण १२, मंगलवार १२:१९ गते

    अन्तर्राष्ट्रिय झापाली समाजका अग्रज व्यक्तित्वहरु एनआरएनएको महत्वपूर्ण जिम्मेवारीमा

    २०८३ श्रावण १०, आईतवार १४:२३ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.