Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » प्रजापतिस्थित सिद्धेश्वर शिवालय मन्दिरमा महापुराण लाग्ने
    कनकाई नगरपालिका

    प्रजापतिस्थित सिद्धेश्वर शिवालय मन्दिरमा महापुराण लाग्ने

    रामप्रसाद निरौलाBy रामप्रसाद निरौला२०८० माघ २८, आईतवार १९:३८ गते2 Mins Read


    कनकाई खबर \ झापाको कनकाई— १ प्रजापति स्थित श्री सिद्धेश्वर शिवालय मन्दिरमा भागवत सप्ताह महापुराण संचालन हुने भएको छ ।

    मन्दिर संचालनार्थ अक्षयकोष निर्माण, भौतिक पुर्वाधार साथै संरचना पुनःनिर्माण गर्ने उद्येश्यका साथ यहि माघ २०देखी २६ गते सम्म संचालन हुने महापुराणका विषयमा आयोजक समितिले पत्रकार सम्मेलन मार्फत जानकारी गराएको छ ।

    यस अघि नै निधन भइसकेका स्थानीयबासी स्व.काशीनाथ भट्टराई र स्व.वेदमाया भट्टराईको नाममा छोराबुहारी चेतनाथ भट्टराई र लिलादेवी भट्टराईले वि.सं.२०६७ मा स्थापना गरेको सिद्धेश्वर शिवालय मन्दिर परिसरमा महापुराण संचालन हुने बताइएको छ । मन्दिरलाई थप व्यवस्थित बनाउँदै दिर्घकालिन रुपमा संचालनार्थ अक्षयकोष निर्माणलाई प्राथमिकतामा राखिएको पुराण आयोजक समितिका अध्यक्ष कपीलमनी अधिकारीले जानकारी दिए ।

    अध्यक्ष अधिकारीको सभापतित्व एवं कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलको प्रमुख आतिथ्यमा भएको पत्रकार भेटघाट कार्यक्रममा स्थानीय वुद्धिजीवी ताराप्रसाद खनाल, प्रजापति सामुदायिक वन समुहका अध्यक्ष मातृका पोखरेल, स्थानीय समाजसेवीहरु लक्ष्मीप्रसाद अधिकारी, शम्भु सुस्केरा(ढकाल), मन्दिर व्यवस्थापन समितिका अध्यक्ष नरेशमणि बास्कोटा लगायतले आ—आफ्ना धारणा राखेका थिए ।

    महापुराणको प्रमुख कथा वाचकमा पं.पुण्यप्रसाद गुरागाईँ र उपवाचकमा पं.सुवास ढकाल रहेको जनाइएको छ । महापुराण सम्पन्न गर्न आयोजक समितिले विभिन्न उपसमिति समेत निर्माण गरिएको आयोजक समितिका सचिव तिलचन रिजालले जानकारी दिए । महापुराणबाट २० लाख संकलन गर्ने लक्ष्य राखिएको सचिव रिजाल बताउँछन् । हाल सम्म दाता परिवारकै सहयोगबाट पुजा व्यवस्थानमा सहजीकरण हुँदै आएको बताइएको छ ।


    महापुराणलाई भव्य रुपमा सम्पन्न गर्नकालागी संयोजक सहित विभिन्न उपसमितिहरु गठन गरिएको छ । जस अनुसार आर्थिक व्यवस्थापनमा संयोजक गणेश पौडेल, प्रचारप्रसारमा संयोजक दिपेश रिमाल, स्वयंसेवक परिचालनमा संयोजक शान्तीराम बराल, मण्डप व्यवस्थापनमा संयोजक भक्ति काफ्ले, संघसंस्था समन्वयमा संयोजक ईश्वर सुवेदी रहेका छन् । त्यस्तै प्रसाद व्यवस्थापनमा संयोजक मेनुका कटुवाल, वैदेशिक समन्वयमा संयोजक माधव बराल, अतिथी सत्कारमा संयोजक सरीता काफ्ले, कलश यात्रा व्यवस्थापनमा संयोजक जानुका न्यौपाने, भक्तजन तथा खाद्य व्यवस्थापनमा संयोजक गान्धारा आचार्य, प्राविधिक व्यवस्थापनमा संयोजक नेत्र लामिछाने, प्रमाण पत्र लेखन तथा व्यवस्थापनमा संयोजक गोविन्द चौहान, यातायात व्यवस्थापनमा संयोजक सुमन ढकाल, पुजा सामाग्री व्यवस्थापनमा संयोजक विन्दा भट्टराई रहेका छन् । महायज्ञको सल्लाहकार संयोजकमा भागवतदास काफ्ले रहेको बताइएको छ ।

    महापुराण संचालनको उद्येश्य पवित्र भएकाले स्वदेश तथा विदेशमा समेत रहेका सम्पूर्ण धर्मप्रेमी महानुभावहरुलाई आयोजक समितिले सहयोगको अपेक्षा राखेको बताइएको छ ।

    कमेन्टस्

    Author

    • रामप्रसाद निरौला

      निरौला कनकाई खबर अनलाइनका सञ्चालक तथा कनकाई खबर साप्ताहिकका सम्पादक हुन् । उनी राष्ट्रिय समाचार समितिका लागि पनि काम गर्छन् ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते

    Leave A Reply Cancel Reply

    अपडेट

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते

    सुनसरी गोलीकाण्डको विरोधमा सिरहामा प्रदर्शन, प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग

    २०८३ श्रावण १२, मंगलवार १२:१९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.