Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » डिल्लीराज माविका प्रधानाध्यापक गुप्तालाई कार्वाही गर्न जग्गादाताहरुकाे दबाब
    कनकाई खबर बिशेष

    डिल्लीराज माविका प्रधानाध्यापक गुप्तालाई कार्वाही गर्न जग्गादाताहरुकाे दबाब

    कनकाई खबरBy कनकाई खबर२०८० माघ २८, आईतवार ०८:५९ गते2 Mins Read

    झापा, माघ २७ । झापा गाउँपालिका वडा नम्बर ४ टाँघनडुब्बामा रहेको डिल्लीराज माध्यमिक विद्यालयका प्रधानाध्यापक वीरेन्द्रप्रसाद गुप्तालाई कार्वाही गर्न जग्गादाताहरुले दबाब दिएका छन् ।

    प्रधानाध्यापक गुप्ताको नाममा बेरुजु निस्केको खण्डमा उनलाई निलम्बन गरी बेरुजु रकम असुल उपर गर्ने र पालिकाभित्रै पद मिलान हुनेगरी स्थानान्तरण गर्ने वातावरण सिर्जना गर्न गाउँपालिकासमक्ष राजनीतिक दलका प्रतिनिधिसहितको सर्वदलीय बैठकले निर्णय गरेपनि हालसम्म गाउँपालिकाबाट उक्त विषयउपर कुनै पहल नभएकोले सोका लागि विद्यालयमा जग्गा दान गर्ने जग्गादाताहरूले दबाब दिने भएका हुन् । जग्गादाताहरुको बैठकले यही सोमवार राजनीतिक दल तथा जग्गादातासहितको टोली गाउँपालिकामा गई दबाब सिर्जना गर्ने र विद्यालयका बेथिति र वर्तमान समस्यालाई समाधान गरी विद्यालयमा उचित पठनपाठनको वातावरण सिर्जना गर्न अनुरोध गर्ने निर्णय गरेको छ । केही समययता विभिन्न संचारमाध्यममा प्रकाशन गरिएका समाचार र विद्यालयको बेथितिबारे सवत्र्र हल्ला हुन थालेपछि विद्यालयमा जग्गा दान गर्ने जग्गादाताहरूले भेला बोलाएका हुन् ।

    गत माघ १४ गते बसेको भेलाले प्रधानाध्यापक गुप्ताको कारणले विद्यालयमा देखिएको बेथिति, आर्थिक अनियमितता सुशासनको कमी, सहकार्यको अभाव तथा अस्तव्यस्त शैक्षिक वातावरण जस्ता समस्या समाधानका लागि जग्गादाताको बैठक गरी एउटा छानबिन समिति गठन गरेको थियो ।

    उक्त छानबिन समितिले माघ १७ गते पहिलो चरणमा शिक्षक अभिभावक संघ एवं मुख्य सरोकारवाला शिक्षकहरूसँग छलफल गरेको थियो । समितिकै आयोजनामा माघ २६ गते झापा गाउँपालिकाअन्तर्गतका राजनीतिक दलका प्रतिनिधि, जग्गादाता, शिक्षक, शिक्षक अभिभावक संघका पदाधिकारी एवं समाजसेवी तथा बुद्धिजीवीहरूको ४ नम्बर वडा कार्यालयको सभाहलमा बसेको संयुक्त भेलामा भएको छलफल एवं अन्तरक्रियाले गुप्ताले वास्तवमै विद्यालयमा बेथिति सिर्जना गरेको र विद्यालयजस्तो पवित्र सामाजिक संस्थामा वार्षिक रुपमा अभिभावक बोलाएर सामाजिक परीक्षण प्रतिवेदन पेश गर्नुपर्नेमा सामाजिक परीक्षण नगरेको ठहर गरेको छ ।

    गत असोज २३ गते उच्च दबाब र चार वर्षपछि सामाजिक परीक्षण प्रतिवेदन सार्वजनिक गर्न लाग्दा पनि प्रअ गुप्ताले सार्वजनिक गर्ने बहानामा बिनाआर्थिक प्रतिवेदन अभिभावकलाई झुक्याई सामाजिक परीक्षण प्रतिवेदन अनुमोदन गर्ने प्रयास गरेकोसमेत ठहर गरेको छ । याे समाचार प्रतिदिन दैनिकमा प्रकाशित भएको छ/प्रतिदिन दैनिकबाट

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते

    Leave A Reply Cancel Reply

    अपडेट

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते

    सुनसरी गोलीकाण्डको विरोधमा सिरहामा प्रदर्शन, प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग

    २०८३ श्रावण १२, मंगलवार १२:१९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.