Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » सुरुङ्गाको पाथिभरा चौतारी दक्षिणमा बहुप्रयोजनको पार्क बन्ने
    कनकाई नगरपालिका

    सुरुङ्गाको पाथिभरा चौतारी दक्षिणमा बहुप्रयोजनको पार्क बन्ने

    रामप्रसाद निरौलाBy रामप्रसाद निरौला२०८० माघ २५, बिहीबार २२:४४ गते2 Mins Read

    कनकाई खबर \ झापाको कनकाई— ३ सुरुङ्गा बजारस्थित पाथिभरा चौतारीको दक्षिण तर्फ रहेको खाली जमिनमा बहुप्रयोजनको लागी आकर्षक पार्क बन्ने भएको छ ।

    अव्यवस्थित रुपमा रहेको सब्जी बजारलाई खाली गरेर कनकाई नगरपालिकाले सोही क्षेत्रमा बहु प्रयोजनकालागी आवश्यक पर्ने फुलबारी सहितको आकर्षक पार्क निर्माण गर्न सुरु गरिसकेको जनाइएको छ । सो क्षेत्रमा स्थानीय केही ज्येष्ठ नागरिकहरुले नगरपालिकाको अनुमति बेगर निर्माण गर्न सुरु गरेको टहरा कनकाई नगरपालिकाले हटाएको छ । जेष्ठ नागरिकहरुको समेत हितकालागी निर्माण हुन लागेको पार्कमा स्थानीय सरकारको समेत अनुमति बेगर निर्माण भएको टहरा हटाइएको हो ।

    स्थानीय सरकारको समेत अनुरोधलाई अटेर गर्दै केही जेष्ठ नागरिकहरुले निर्माण गर्दै आएको अव्यवस्थित किसिमको टिनको टहरा कनकाई नगर प्रमुख राजेन्द्रकुमार पोखरेल, उपप्रमुख आशा शिवाकोटी, कनकाई –३ का वडाअध्यक्ष युवराज चम्लागाईँ, वडा नं.२ का वडाअध्यक्ष बलराम राईसहित जनप्रतिनिधिहरु साथै प्रशासनको समेत सहयोगमा कनकाई नगरपालिकाले हटाएको हो ।

    टहरा निर्माणका विषयमा ज्येष्ठ नागरिक संघ कनकाई नगर समितिका तर्फबाट अध्यक्ष शम्भुप्रसाद पोखरेल र सचिव कृष्णप्रसाद घिमिरेद्वारा हस्ताक्षर गरिएको प्रेस विज्ञप्ती जारी गर्दै निर्माणका विषयमा संघको कुनै पनि संलग्नता, सहयोग साथै सहकार्य समेत नरहेको जानकारी गराइएको छ । संघका अध्यक्ष पोखरेलले समस्या समाधानकालागी आपसी छलफल र संवाद गर्नु पर्ने कुरामा जोड दिँदै स्थानीय सरकारको अनुमति बेगर भएको कार्यप्रति जेष्ठ नागरिक संघ कनकाईको गम्भिर ध्यानाकर्षण भएको बताएका छन् ।


    सोही क्षेत्रमा रहेको तरकारी बजारलाई कनकाई नगरपालिकाले पुर्व पश्चिम लोकमार्गबाट बजार उत्तर तर्फ स्थानान्तरण गरी त्यहाँ खाली रहेको जमिनमा बहु–प्रयोजनकालागी एउटा आकर्षक पार्क निर्माणको अवधारणा अघि सारेको कनकाई नगरपालिका वडा नं.३ का वडाअध्यक्ष युवराज चम्लागाईँले जानकारी दिए । डेड फुटको प्लम उठाएर घेराबारा गर्ने र बिचमा पेवर्स लगाएर छेउछेउमा स–साना बिरुवा रोप्ने योजना रहेको जानकारी दिँदै वडाअध्यक्ष चम्लागाईँले अबको दुई महिना भित्रमा आकर्षक पार्क निर्माण कार्य सम्पन्न हुने बताए ।

    कमेन्टस्

    Author

    • रामप्रसाद निरौला

      निरौला कनकाई खबर अनलाइनका सञ्चालक तथा कनकाई खबर साप्ताहिकका सम्पादक हुन् । उनी राष्ट्रिय समाचार समितिका लागि पनि काम गर्छन् ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते

    Leave A Reply Cancel Reply

    अपडेट

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते

    सुनसरी गोलीकाण्डको विरोधमा सिरहामा प्रदर्शन, प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग

    २०८३ श्रावण १२, मंगलवार १२:१९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.