सुनसरी । सुनसरीको ईटहरी उपमहानगरपालिका- १६ स्थितमा करेन्ट लागेर १ जनाको मृत्यु भएको छ ।बुधबार दिउँसो ४ बजे स्थानीय मोती अन्सारीको १३ बर्षीय कलिन मियाँले कलमा मोटर चलाई पानी खाने क्रममा अचालक करेन्ट लाग्दा घाईते भएका मियाँलाई उपचारको लागि सान्वी सिटी अस्पताल लबिपुर लागिएकोमा उनको मृत्यु भएको थियोघटना सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय पकलीले जनाएको छ ।
Author
-
कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।
View all posts
