कनकाई खबर \ झापाको कनकाई ५ मा रहेको एकता बाल संजालको पुर्न गठन गरिएको छ। आज मंगलबार कनकाई ५ को वडा कार्यलय परिसरमा वडाध्यक्ष सग बालबालिका भन्ने कार्यक्रमको आयोजना गरि बाल संजालको पुर्नगठन गरिएको हो।एकता बाल संजालको आज भएको पुर्न गठन कार्यक्रममा एलिसा पाठकको अध्यक्षतामा ९ सदस्यीय संजाल गठन गरिएको हो।
संजालको उपाध्यक्षमा दिक्षा निरौला सचीवमा सुभेक्षा प्रसाईं सहसचिवमा सौगात बस्नेत कोषाध्यक्षमा राम मुर्मु रहेका छन भने सदस्यमा राज तामाङ,अनुस पौडेल,अनिस भटराई र सर्गम खडका रहेको नगर बाल संजालका अध्यक्ष अभिसेख मिश्रले जानकारी दिनुभयो ।

सौगात गड्तटौलाको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अथिती समेत रहनुभएका कनकाई ५ का वडाध्यक्ष कृष्ण बहादुर राईले आजका बालबालिका भोलिका कणदार हुन भन्दै अहिलेका बालबालिकाहरुले गर्दै आएको कामको खुलेर प्रसंशा गर्दै बालबालिकाले गर्ने कार्यक्रमका लागि वडा कार्यलयले सधै सहयोग गर्ने प्रतिवद्द्ता जनाउनुभयो।

कार्यक्रममा नगर बाल कल्याण अधिकारी उमानाथ ढकालले आगामी भदौ २९ गते भित्रमा नगर बालमुक्त अभियानमा लागी परेको भन्दै सबै वडा- वडा , टोल टोलमा नै बालमुक्त अभियानका लागि विभिन्न कार्यक्रम हुँदै गरेको जानकारी दिदै सबैले सहयोग गर्न आग्रह गर्नुभयो ।त्यस्तै नगर बाल संजालका अध्यक्ष अभिषेक मिश्रले पछिल्लो समय बाल संजाल गठन भएसगै बालश्रम , बाल बिवाह, बालहिंसा कम हुदै गएको भन्दै त्यस्तो केही सूचना भएमा वडा अथवा बाल संजाल सदस्यीयहरुलाई खबर गर्न अनुरोध गर्नुभएको थियोे ।

कार्यक्रममा भगवती आधारभुत बिधालयका प्रधानाध्यापक खड्क प्रसाद बिमली ,बेनुबाजा अंग्रेज़ी बिधालयका प्रीन्सिपल बिनोद सुब्बा लगायतले आ- आफ्नो धारणा राख्नुभएको थियोे ।कार्यक्रममा वडा बाल संजालको कामलाई सक्रिय भुमिका निभाएको भन्दै संजालका पुर्वअध्यक्ष अनुप भटराई र उपाध्यक्ष नितेश गौतमलाई सम्मान समेत गरेको थियो । कोषादक्ष एलिसा पाठकले स्वागत गरिएको कार्यक्रमको सन्चालन सचीव सुदिप दाहालले गरेका थिए।