Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » ‘संविधान कार्यान्वयनका लागि पत्रकारले सशक्त आवाज उठाउनु पर्छ’
    कनकाई नगरपालिका

    ‘संविधान कार्यान्वयनका लागि पत्रकारले सशक्त आवाज उठाउनु पर्छ’

    कनकाई खबरBy कनकाई खबर२०८० माघ २३, मंगलवार १४:१२ गते2 Mins Read

    झापा \ संघीय संसदकी पूर्व उपसभामुख शिवमाया तुम्बाहाम्फेले संविधान कार्यान्वयनका लागि पत्रकारले सशक्त आवाज उठाउन आग्रह गरेकी छन् ।

    प्रेस चौतारी झापाले बिर्तामोड–७ स्थित सहिद नेत्र पार्कमा आयोजना गरेको २६ औं स्थापना दिवसलाई सम्बोधन गर्दै उनले संविधान कार्यान्वयन नभएसम्म जनताले खोजेको चीज पाउन नसक्ने भएकाले त्यस तर्फ पत्रकारहरुको आवज शसक्त हुनु पर्नेमा जोड दिएकी हुन् । पूर्व कानून मन्त्री समेत रहेकी तुम्वाहाम्फेले संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक पीडित पक्षको भावना सम्बोधन हुनेगरी तत्काल टुंगायाउनु पर्ने बताएकी छन् ।

    ‘सर्वोच्च अदालतको फैसला अनुरुप सरकारले पीडितमैत्री विधेयक ल्याउँदा सबैको समर्थन हुन्छ’,–तुम्बाहाम्फेले भनिन्–‘अन्तर्राष्ट्रियस्तरमै मानव अधिकारसँग जोडिएको विषय हो । बहुमतको नाममा मानव अधिकार हनन् गर्न हुँदैन ।’

    संस्थापक पूर्व अध्यक्ष दाहाल सम्मानित

    स्थापना दिवसको अवसरमा संस्थाका दोस्रो पूर्व अध्यक्ष तोयानाथ दाहाल उपेक्षितलाई सम्मान गरेको छ । दाहाल हाल कुवेतमा रहेकाले उनका आफन्त संस्थापक कोषाध्यक्ष समेत रहेका रमेश गौतमलाई नगद २५ हजार सहित सम्मान गरिएको छ । संस्थाले विगत बर्षदेखि प्रेस चौतारीको पूर्व अध्यक्षलाई सम्मान गर्दै आएको छ ।

    कार्यक्रममा प्रमुख अतिथि पूर्व उपसभामुख तुम्बाहाम्फे, प्रेस काउन्सिल नेपालका सदस्य गणेश पोखरेल, नेकपा एमाले केन्द्रीय सदस्य मेनुका काफ्ले, जिल्ला सचिव शिव ढुंगेल, नेपाल पत्रकार महासंघ कोशीका कोषाध्यक्ष विमल लामिछाने, महासंघ झापाका सचिव डिकेस लामा, नारी सञ्चार गृहकी अध्यक्ष एवम् प्रेस युनियनकी केन्द्रीय सचिव रेजिना गौतम, बिर्तामोड–७ का वडाअध्यक्ष अविरल कृष्ण खरेल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

    कार्यक्रममा विभिन्न संघ–संगठन र सञ्चार माध्यमबाट करिव १६० जना पत्रकारहरुको सहभागिता रहेको थियो ।

    ९० जना पत्रकारको आँखा जाँच

    सोही अवसरमा आयोजित आँखा जाँच शिविरमा ९० जना पत्रकारहरुले आँखा जाँच गराएका थिए । आँखा जाँच शिविरमा बिर्तामोड आँखा अस्पतालको प्राविधिक सहयोग रहेको थियो । त्यसको नेतृत्व अस्पतालका डाक्टर विनोद दाहालले गरेका थिए ।

    पत्रकार तारामणि सापकोटाद्वारा लिखित आमसञ्चार तथा समावेशी पत्रकारिता पुस्तक कार्यक्रम स्थलमा विक्रीमा राखिएको थियो ।
    प्रेस चौतारी झापाका अध्यक्ष मनकुमार गदालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत उपाध्यक्ष प्रदीप परियारले र सञ्चालन कोषाध्यक्ष तिलक योञ्जनले गरेका थिए ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    कनकाईमा दलित विद्यार्थीलाई १ लाख ५० हजार बराबरको छात्रवृत्ति वितरण

    २०८३ जेष्ठ १९, मंगलवार ०३:०९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.