Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » चिरञ्जीवी–ईश्वरादेवी उप्रेती अक्षयकोषबाट कनकाई खबरका पत्रकार खरेलसहित चार प्रतिभालाई जनही ५१ हजारको पुरस्कार
    कनकाई नगरपालिका

    चिरञ्जीवी–ईश्वरादेवी उप्रेती अक्षयकोषबाट कनकाई खबरका पत्रकार खरेलसहित चार प्रतिभालाई जनही ५१ हजारको पुरस्कार

    रामप्रसाद निरौलाBy रामप्रसाद निरौला२०८० माघ २०, शनिबार १७:१६ गते2 Mins Read


    कनकाई खबर \ कनकाई खबरका सल्लाहकार सम्पादक पत्रकार तीर्थराज खरेल पुरस्कृत भएका छन् ।


    कनकाई नगरपालिका–६मा रहेको चिरञ्जीवी–ईश्वरादेवी उप्रेती अक्षयकोषबाट नगद ५१ हजारसहित खरेल पुरस्कृत भएका हुन् । कनकाई खबर डटकम अनलाइनसहित कनकार्ई खबर साप्ताहिक साथै पूर्वाञ्चल दैनिक जस्ता लोकप्रिय संचार माध्यममा क्रियाशिल कनकाई—३ सुरुङ्गा निवासी खरेल २०५९ सालदेखि लेखन तथा पत्रकारितामा क्रियाशील रहँदै आएका छन् ।


    स्थानीय युनिक बहुमुखी क्याम्पस र कन्काई माध्यमिक विद्यालयमा अङ्ग्रेजी विषय शिक्षकको रूपमा क्रियाशील खरेलले शिक्षण र पत्रकारितालाई सँगसँगै अघि बढाइरहेका छन् । सकारात्मक सोचका साथ कलम चलाउँदै समाज रूपान्तरणमा खेलेको भूमिकाप्रति उच्च मुल्यांकन गर्दै अक्षयकोषबाट खरेललाई सम्मान गरेको पुरस्कृत व्यक्तित्व छनौट समितिका संयोजक चन्द्रमोहन उप्रेतीले जानकारी दिए ।


    सञ्चार क्षेत्रबाट पुरस्कृत खरेलले पत्रकारिता क्षेत्रमा रहेर लामो समयसम्म अनवरत रुपमा सेवा पु¥याएको र लोकतन्त्र स्थापनामा खेलेको भूमिकालाई उच्च मूल्यांकन गर्दै सम्मान गरिएको कोषका अध्यक्ष एकराज उप्रेतीले बताए । अक्षयकोष स्थापनाको उद्येश्यमाथी प्रकाश पार्दै कोषका अध्यक्ष उप्रेतीले हरेक वर्ष भवानी—हिमादेवी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको साधारणसभाका दिन पुरस्कार वितरण गरिने जानकारी दिए । खरेलसँगै कनकाई मावि सुरुङ्गाबाट कक्षा १२मा सर्वोच्च अंक ल्याउने छात्र सम्रेश भेट्वाल, नगरका एक जना उत्कृष्ट कृषक कनकाई —७निवासी नरहरि शिवाकोटी र उत्कृष्ट बुहारीका रुपमा कनकाई —६निवासी तारा रिजाल खतिवडा सम्मानित भएका छन् ।


    भवानी—हिमादेवी खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष चिरञ्जीवी उप्रेतीको सभापतित्व एवं कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलको प्रमुख आतिथ्य रहेको संस्थाको सातौं वार्षिक साधारण सभाको अवसरमा पत्रकार सहित चारवटा विधामा सम्मान गरिएको हो । सम्मानित सबै जनालाई संस्थाका अध्यक्ष उप्रेतीसहित नगर प्रमुख पोखरेलले जनही ५१ हजार नगद सहित दोसल्ला ओढाएर सम्मान पत्रसहित विशेष सम्मान गरेका हुन् ।


    भवानी—हिमादेवी खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष उप्रेतीसहितको परिवारले स्थापना गरेको कोषको ब्याजबाट उनीहरुलाई पुरस्कृत गरिएको कार्यक्रममा जानकारी दिइयो । कार्यक्रममा बोल्दै कोषका संरक्षक चिरञ्जीवी उप्रेतीले भिन्नाभिन्नै चार वटा विधामा पुरस्कार स्थापना गरेको र फरक–फरक विधाका व्यक्तिलाई सम्मान गरिएको बताएका छन् ।


    साधारणमा सभामा अध्यक्ष उप्रेतीले आगामी योजना सहितको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए भने कोषाध्यक्ष भरतकुमार थपलियाले आर्थिक प्रतिवेदन प्रस्तुत गरे । त्यस्तै लेखा समितिका संयोजक शम्भुप्रसाद पोखरेलले लेखा समितिको प्रतिवेदन प्रस्तुत गरे । तीनवटै प्रतिवेदन बन्द सत्रमा भएको व्यापक छलफलपछि संसोधन सहित सर्वसम्मत रुपमा पारित भएको जनाइएको छ ।


    संस्थाका सचिव जीवनकुमार श्रेष्ठ र सहसचिव अनुप ओलीले संयुक्त रुपमा संचालन गरेको कार्यक्रममा पत्रकार महासंघ झापाका उपाध्यक्ष केशव भट्टराई, खानेपानी डिभिजन कार्यालय झापाका प्रमुख विकास काफ्ले, कनकाई वडा नं.८ का वडाअध्यक्ष लीलावहादुर कटुवाल, सम्मानित व्यक्तित्व तीर्थराज खरेल लगायतले मन्तव्य राखेका थिए ।

    कमेन्टस्

    Author

    • रामप्रसाद निरौला

      निरौला कनकाई खबर अनलाइनका सञ्चालक तथा कनकाई खबर साप्ताहिकका सम्पादक हुन् । उनी राष्ट्रिय समाचार समितिका लागि पनि काम गर्छन् ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    कनकाईमा दलित विद्यार्थीलाई १ लाख ५० हजार बराबरको छात्रवृत्ति वितरण

    २०८३ जेष्ठ १९, मंगलवार ०३:०९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.