Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » माइमेला आजदेखि सुरु
    समाचार

    माइमेला आजदेखि सुरु

    ramBy ram२०७६ पुष २९, मंगलवार १४:४४ गते2 Mins Read

     

     कनकाई खबर / मकर संक्रान्तीको अवसरमा परम्परागत रुपमा संचालन हुँदै आएको कनकाई माईमेलाको मंगलवार विधिवत रुपमा उद्घाटन भएको छ ।

      भ्रमण बर्ष २०२०लाई समेत मध्यनजर गर्दै पवित्र कनकाई नदिको पूर्वि किनारामा लाग्दै आएको माइमेलाको झापाका प्रहरी प्रवक्ता डिएसपी महेन्द्रकुमार श्रेष्ठ र कनकाई नगरपालिकाका प्रवक्ता गोविन्द पौडेलले संयुक्त रुपमा उद्घाटन गरेका हुन् । उद्घाटन कार्यक्रमलाई सम्वोधन गर्दै कनकाई नगरपालिकाका प्रवक्ता पौडेलले माइमेलालाई सव्य र भव्य रुपमा सम्पन्न गर्न स्थानीय संघसंस्था, राजनीतिक दल , जनप्रतिनिधीसहितको भूुमिकका महत्वपुर्ण हुनु पर्ने वताएका छन् ।

     

       प्रहरी प्रवक्ता श्रेष्ठले माइमेलाको अवधिभरलाई शान्ती सुरक्षा व्यवस्थित गर्न नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई तयारी राखिएको वताएका छन् । त्यस्तै अपराधिक गतिविधिको पहिचानकालागि सहज हुने उद्येश्यका साथ मेला क्षेत्रको विभिन्न स्थानमा १० वटा सिसी क्यामरा जडान गरिएको प्रहरी प्रवक्ता श्रेष्ठले जानकारी दिएका छन् । माइमेलामा आउँने भक्तजनलाई कनकाई धाम धार्मिक विकास संस्था र कनकाई सामुदायिक वनले आगो ताप्ने व्यवस्था मिलाएको छ भने भक्तजनलाई धुलोवाट जोगाउँनकालागि वन समूहका तर्फवाट मेला क्षेत्रमा ट्याङ्रवाट पानी लगाइएको वन समूहका अध्यक्ष खेम ओलीले वताएका छन् ।

      त्यस्तै मेला क्षेत्रको उद्घाटन अघि साथै समापनपछि पनि सरसफाईकालागि कनकाई महिला वातावरण संरक्षण समूहले सचेतना जगाएको समूहकी अध्यक्ष मान्ता खरेलले वताएकी छन् । मेला संचालनको समयमा भएका फोहोर मैलाहरुलाई आयोजकले व्यवस्थापन गर्नु पर्नेमा स्थानीयवासीले जोड दिएका छन् । धार्मिक तथा पर्यटकीय क्षेत्रका रुपमा समेत स्थापित कनकाई माईको कोटीहोम आसपासमा तीन दिन सम्म संचालन हुने माईमेलामा आउँने पर्यटकहरुलाई विशेष स्वागत तथा सम्मान गरीने आयोजक समिति अध्यक्ष ज्ञानेन्द्र चुडालले वताए । अध्यक्ष चुडालको सभापतित्वमा सम्पन्न उद्घाटन समारोहमा कनकाई नगरपालिकाका प्रवक्ता गोविन्द पौडेल, झापाका प्रहरी प्रवक्ता महेन्द्र श्रेष्ठ, कनकाई धाम धार्मिक विकास संस्थाका अध्यक्ष नवलकिशोर दत्त, जामुनवारी सामुदायिक वनका अध्यक्ष ख्यामराज सिटौला लगायतले माईमेलाको सफलताको शुभकामना व्यक्त गरेका छन् ।

    कमेन्टस्

    Author

    • ram
      ram

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    कनकाईमा दलित विद्यार्थीलाई १ लाख ५० हजार बराबरको छात्रवृत्ति वितरण

    २०८३ जेष्ठ १९, मंगलवार ०३:०९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.