Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » उद्घाटनको तयारीमा देशकै ठूलो सौर्य परियोजना‘झापा इनर्जी’
    कनकाई नगरपालिका

    उद्घाटनको तयारीमा देशकै ठूलो सौर्य परियोजना‘झापा इनर्जी’

    कनकाई खबरBy कनकाई खबर२०८० माघ १८, बिहीबार २०:५१ गते2 Mins Read


    कनकाई खबर \ झापाको शिवसताक्षी–४स्थित बोलोचोकमा रहेको देशकै ठूलो सौर्य परियोजना (झापा इनर्जी) ले आफ्नो सेवालाई विधिवत रुपमा विस्तार गर्ने भएको छ ।

    झापाको पहिलो विद्युत उत्पादन गृहका रुपमा रहेको सौर्य ऊर्जा परियोजनाबाट उत्पादित उर्जा मेन ग्रिडमा जडान भइसकेको जनाइएको छ । परियोजनाको पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबाट यहि माघ २३ गते विधिवत रुपमा उद्घाटन गर्ने कार्यक्रम तय भएको झापा इनर्जीका सञ्चालक सुवास भट्टराईले जानकारी दिए ।

    सोलार प्यानल मार्फत उत्पादित विजुली नेपाल विद्युत प्राधिकरणको बोलोचोक सबस्टेसनमा जोडिएको छ । परियोजनाबाट उत्पादित विजुलीको नमूना परीक्षण सकिएर निरन्तर उत्पादन सुरु भइरहेको भट्टराईले बताए ।

    परियोजनामा ८० करोड लगानी छ भने २७ विगाहा जमिनमा सोलार प्यानल तथा आवश्यक भौतिक संरचना निर्माण गरिएको छ । आयोजना र प्राधिकरण बीच २०७८ मंसिर १२ मै विद्युत खरिद, बिक्री प्रतियूनिट सात रुपैयाँ ३० पैसाका दरले गर्ने सम्झौता भएको थियो ।
    झापा क्षेत्रनम्बर ४का प्रतिनिधिसभा सदस्य लालप्रसाद साँवासहितको सक्रियतामा सुरु भएको सौर्य ऊर्जा परियोजनाको शिलान्यास २०७८ सालमा संविधान सभाका अध्यक्ष सुवास नेम्वाङले गरेका थिए ।

    कम्पनीका अध्यक्ष समेत रहेका साँवाले नेपालको उर्जा क्षेत्रमा यो प्लान्टले एउटा नयाँ आयाम थपेको दावी गरे । विधिवत रुपमा उद्घाटनको संघारमा रहेको परियोजनाका बारेमा पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको थियो । उर्जालाई पर्यटन प्रवद्र्धनमा जोड्दै उर्जा टुरिजमका रुपमा परियोजनाको विकास एवं विस्तार गर्न लागिएको सांसद साँवा बताउँछन् ।

    पत्रकार सम्मेलनमा परियोजनाका संचालक एवं विर्तामोड नगरपालिकाकी प्रमुख पवित्रा महतरा प्रसाईँ, रामचन्द्र उप्रेती, नारायण पोखरेल लगायतले कम्पनीका बारेमा आआफ्नो धारणा राखेका थिए । नेपाल बिद्युत प्राधिकरण दमकका प्रमुख परितोष चौधरीले परीक्षण प्रसारणको ३५ दिनमा ८ लाखबाट बिद्युत राष्ट्रिय प्रसारण लाइनमा जोडिएको जानकारी दिए । उनले हाल ६ मेघावट बिद्युत राष्ट्रिय प्रशारण लाइनमा थप भएपनि मौषम सफा भएको समयमा १० मेघावट सम्म उत्पादन हुने बताए ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    कनकाईमा दलित विद्यार्थीलाई १ लाख ५० हजार बराबरको छात्रवृत्ति वितरण

    २०८३ जेष्ठ १९, मंगलवार ०३:०९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.