Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » जिल्लास्तरीय पालिका पुरुष फुटबल प्रतियोतिाको उपाधि भद्रपुरको पोल्टामा
    कनकाई खबर बिशेष

    जिल्लास्तरीय पालिका पुरुष फुटबल प्रतियोतिाको उपाधि भद्रपुरको पोल्टामा

    कनकाई खबरBy कनकाई खबर२०८० माघ १८, बिहीबार ०९:३५ गते3 Mins Read

    राम निरौला/ कनकाई खबर

    झापाको सुरुङ्गामा सम्पन्न जिल्लास्तरीय पालिका पुरुष फुटबल प्रतियोगिताको उपाधि भद्रपुर नगरपालिकाले हात पारेको छ ।

    उपाधिसँगै भद्रपुर नगरपालिकाले नगद पुरस्कार रु.१ लाख ११ हजार, प्रमाण पत्र र ट्रफी हात पारेको हो । प्रतियोगितामा भद्रपुर र शिवसताक्षी नगरपालिका बिच प्रतिस्पर्धा भएको थियो । निर्धारित समय सम्म दुवै टिमबाट कुनै गोल नभएपछि ट्राइबेकरबाट खेलको निर्णय भएको प्रतियोगिताका खेल संयोजक रमेशचन्द्र मैनालीले जानकारी दिए ।

    प्रतियोगितामा दोस्रो हुने शिवसताक्षी नगरपालिकाले ७५ हजार नगद, ट्रफी र प्रमाण पत्र प्राप्त गरेको छ । प्रतियोगितामा उत्कृष्ट गोल किपरका रुपमा भद्रपुरका दिपाङ्सु राउत घोषित भए । राउतले पुरस्कार स्वरुप नगद २ हजार १सय प्राप्त गरे । त्यस्तै म्यानअफ द म्याच भद्रपुरका खेलाडी कर्ण लिम्बू घोषित भए । उनलाई नेपाल खेलकुद महासंघ कनकाई नगरका इञ्चार्ज पूर्ण लिम्बूले स्पोन्सर गरेको नगद २ हजार १ सय रुपैंयाको पुरस्कार राशी प्रदान गरेको बताइएको छ ।

    त्यस्तै प्रतियोगिताको म्यानअफ द सिरीज शिवसताक्षीका खेलाडी अमन लामा घोषित भए । शिवसताक्षीका टिम कप्तान समेत रहेका लामालाई युवा समाजसेवी एवं एक सफल व्यवसायी सुनिल भेट्वालले स्पोन्सर गरेको नगद ५ हजार पुरस्कार प्रदान गरियो ।प्रतिायोगिताको हाइस्कोररका रुपमा भद्रपुरका शक्ति राई घोषित भए । उनलाई नगद २ हजार १ सयको पुरस्कार राशि प्रदान गरियो ।

    ‘खेलकुद मार्फत राष्ट्र विकासको अभियान’भन्ने मुल नाराका साथ प्रतिष्ठानले खेलकुदका विभिन्न गतिविधिहरु संचालन गर्दै आएको बताइएको छ ।कनकाई खेलकुद प्रतिष्ठानले कनकाई माविको खेल मैदानमा संचालन गरेको प्रतियोगिता माघ ६ गतेदेखी संचालन भएको हो । कनकाई नगरपालिकाको मुख्य आर्थिक सहयोग रहेको प्रतियोगितामा झापाका १० वटा पालिकाले सहभागीता जनाएका थिए ।

    प्रतियोगिताको हरेक दिनको खेलमा स्थानीय खेलप्रेमी व्यक्तित्वहरुबाट म्यानअफ द म्याच बापतको नगद पुरस्कार रु.२हजार १सय सहयोग स्वरुप प्राप्त भएको प्रतिष्ठानका अध्यक्ष छबी थपलियाले जानकारी दिए । प्रतियोगितामा म्यानअफ द म्याच स्पोन्सर गर्नेहरुमा क्रमशः स्थानीय नर्वदा किराना पसलका संचालक केशव श्रेष्ठ, पालिघरका संचालक समेत रहेका भेट्रान क्लवका अध्यक्ष श्याम राई, प्रतिष्ठानका निवर्तमान अध्यक्ष दिननाथ खतिवडा, एल.एस.कन्स्ट्रक्सन कम्पनीका संचालक डम्बर फुयाल, जगदम्बा हार्डवेयरका संचालक याम संग्रौला, क्याम्ब्रीज आइटी कलेजका संचालक श्रीकृष्ण उप्रेती लगायतको सहयोग रहेको अध्यक्ष थपलियाले बताए । खेलमा पुर्व राष्ट्रिय खेलाडी लयप्रसाद उप्रेतीको समेत सहयोग रहेको बताइएको छ ।

    प्रतिष्ठानका अध्यक्ष छबी थपलियाको सभापतित्व रहेको प्रतियोगिताको उद्घाटन कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलबाट भएको थियो भने समापन समारोहमा प्रतिनिधि सभा सदस्य एल.पी.साँवा लिम्बू प्रमुख अतिथी रहेका थिए । समापन समारोहमा भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेल, प्रमुख प्रशासकीय अधिकृत सुनिल निरौला साथै शिवसताक्षी नगरपालिकाका प्रमुख मेगाहाङ्ग थोप्रा (रोशन), कनकाई नगरपालिकाकी उपप्रमुख आशा शिवाकोटी, कनकाई वडा नं.३ का वडाअध्यक्ष युवराज चम्लागाईँ, प्रतिष्ठानका पूर्व अध्यक्षहरु, विभिन्न संघसंस्थाका प्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि लगायतको उपस्थिती रहेको प्रतिष्ठानका सदस्य मोहन थापाले बताए । उपाध्यक्ष अम्बिका खरेलले स्वागत गरेको औपचारिक कार्यक्रमको संचालन सदस्य मोहन थापाले गरेका थिए ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते

    आज देखि सरकारी कार्यालय बिहान नौ बजे देखि अपरान्ह पाँच बजेसम्म,हप्तामा दुई दिन विदा

    २०८२ चैत्र २३, सोमबार ११:१० गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.