तेह्रथुमको म्याङ्लुङ नगरपालिका- ६ निरौला गाउँका ५३ वर्षीय डिल्लीप्रसाद निरौलाको रुखले किचेर मृत्यु भएको छ । मंगलबार दिउँसो साढे १ बजे आफ्नै बारीमा रहेको उत्तिसको रुख काटेर ढाल्ने क्रममा हाँगाले टाउकोमा लागी उनी गम्भीर घाइते भएका थिए ।
उनको जिल्ला अस्पताल तेह्रथुममा उपचारको क्रममा मंगलबार साढे २ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ ।
Author
-
कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।
View all posts
