Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » राधिका फाउण्डेशनबाट कनकाईकाे तीनवटा स्थानमा एकै दिन न्यानो कपडा वितरण
    कनकाई खबर बिशेष

    राधिका फाउण्डेशनबाट कनकाईकाे तीनवटा स्थानमा एकै दिन न्यानो कपडा वितरण

    कनकाई खबरBy कनकाई खबर२०८० माघ १७, बुधबार १२:१८ गते2 Mins Read

    कनकाई खबर \ राधिका फाउण्डेशनले अलग—अलग तीनवटा स्थानमा एकै दिन न्यानो कपडा वितरण गरेको छ ।

    फाउण्डेशनकी संस्थापक अध्यक्ष भागवत मन्जरी राधिका दासी, वरिष्ठ उपाध्यक्ष अन्जु आचार्य, कोषाध्यक्ष शान्ता कार्की, सदस्य जविन तिम्सिना सहितको उपस्थितीमा न्यानो कपडा वितरण गरिएको हो ।

    “राधिका फाउण्डेशन असाहाय, सहाराबिहिन र विपन्न वर्गको सहारा हो” भन्ने महान अभियानका साथ फाउण्डेशनले न्यानो कपडा वितरण सहित आवश्यक्ता अनुसारको सहयोग गर्दै आएको बताइएको छ । न्यानो कपडा वितरण गर्ने क्रममा कनकाईको वडा नं. ९ स्थित घैलाडुवा बजारमा सम्बन्धित वडाका वडाअध्यक्ष राजेन्द्र उप्रेतीको सभापतित्वमा २५ जना विपन्न परिवारलाई न्यानो कपडा ब्ल्याङकेट वितरण गरिएको फाउण्डेशनका सदस्य जविन तिम्निाले जानकारी दिए ।

    त्यस्तै फाउण्डेशनले विपन्न परिवारका १७ जनालाई जनही १÷१ हजार नगद प्रदान गरेको बताइएको छ । स्थानीय गोविन्द उप्रेतीले संचालन गरेको कार्यक्रममा घैलाडुवा बजार व्यवस्थापन समितिका पुर्व अध्यक्ष गोविन्द श्रेष्ठले स्वागत गरेका थिए । फाउण्डेशनले कनकाई—६ स्थित चम्पापुर माविका ५० जना विद्यार्थीलाई सुइटर वितरण गरेको छ ।

    विद्यालय व्यवस्थापन समिति अध्यक्ष सीता बस्नेतको सभापतित्व रहेको कार्यक्रममा वडा नं.६ का पुर्व वडाअध्यक्ष लक्ष्मीप्रसाद ओली, फाउण्डेशनका सदस्य जविन तिम्सिना लगायतले शुभकामना मन्तव्य राखे । फाउण्डेशनका तर्फबाट विपन्न विद्यार्थीकालागी नगद रु.५हजार १ सय सहयोग रकम विद्यालयलाई उपलव्ध गराएको बताइएको छ । त्यस्तै फाउण्डेशनले कनकाई— ४ स्थित सिंहदेवी माविका ५०जना विद्यार्थीलाई समेत सुइटर वितरण गरेको छ ।

    विद्यालयका विपन्न विद्यार्थीको सहयोगका लागी ५ हजार १ सय नगद समेत उपलव्ध गराएको बताइएको छ । कनकाई ४ का वडाअध्यक्ष रोशन सुवेदीको प्रमुख आतिथ्य रहेको कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक प्रतिनिधि, पूर्व प्रअ डम्बर फुयाल लगायतले मन्तव्य राखेका थिए ।

    फाउण्डेशनकी संस्थापक अध्यक्ष राधिका दासीले आगामी दिनमा समेत विद्यालयमा आवश्यक्ता अनुसार सहयोग गर्दै जाने बताएकी छन् । फाउण्डेशनले कनकाईको वडा नं.६, मन्सापुरस्थित पाथिभरा मार्गमा आफ्नो कार्यालय स्थापना गरेर सेवाका कार्यहरु संचालन गरिरहेको संस्थाका सदस्य जविन तिम्सिनाले जानकारी

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते

    Leave A Reply Cancel Reply

    अपडेट

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते

    सुनसरी गोलीकाण्डको विरोधमा सिरहामा प्रदर्शन, प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग

    २०८३ श्रावण १२, मंगलवार १२:१९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.