नव सञ्चार गृह प्रालिद्वारा बिर्तामोडबाट नियमित रुपमा प्रकाशन हुँदै आएको प्रतिदिन राष्ट्रिय दैनिक आजदेखि १५ वर्ष पूरा गरी १६ औं वर्षमा प्रवेश गरेको छ ।
पूर्वी नेपालमा प्रदेशस्तरकै ‘क’ वर्गको पत्रिका प्रकाशन गरी आम पाठकहरूलाई सुसूचित गर्ने उद्देश्यले स्थापित यस दैनिक आफ्नो उद्देश्यमा केही हदसम्म सफल पनि भएको छ । यसले झापा जिल्लाका विभिन्न क्षेत्रसँगै मोरङसम्म आफ्नो कार्यक्षेत्र विस्तार गरेको छ । अर्को महत्त्वपूर्ण कुरा कोरोना प्रभाव र आर्थिक मन्दीका कारण सञ्चार क्षेत्र तहसनहस भएको छ ।धे
रै मिडिया बन्द भएका छन् । जिल्लाकै धेरै पत्रिका बन्द भइरहँदा यस प्रतिदिन दैनिकले असहज परिस्थितिका बाबजुद आफ्नो प्रकाशनलाई निरन्तरता दिँदै आएको छ । प्रतिकुलतालाई अनुकूल बनाउँदै प्रतिदिन दैनिक पत्रिका , प्रतिदिन डेली डटकम अनलाइन र प्रतिदिन टिभी युट्युबमार्फत पाठक र दर्शकहरूलाई पलपलको समाचार र सूचना प्रवाह गर्दै आएको छ । अ
रूको समाचार कपी गरेर पत्रिका र अनलाइन चलाउने पत्रकारहरूको बढ्दो प्रवृत्तिलाई चिर्दै यस पत्रिकाले स्थानीय क्षेत्रमा खोजी गरी आफ्नै मौलिक समाचार पस्किने गरेकाले धेरैको मन जित्न सफल भएको हो ।स्थानीय समाचारलाई मुख्य प्राथमिकता दिएकै कारण प्रतिदिन दैनिक र यसको अनलाइन लोकप्रिय रहेको सम्पादक इन्द्रसिंह राजवंशी बताउँछन् । स्थानीय विषयवस्तुलाई प्रतिदिन दैनिकले राष्ट्रिय महत्वको बनाउने गरेको उनले बताए ।
