काठमाडौँ- ललितपुरको अपार्टमेन्टमा एक महिला मृत फेला परेकी छन्।
मृत फेला पर्नेमा एक वर्षदेखि ललितपुरको ग्रीन तारा हेरिटेज होम एण्ड अपार्टमेन्टमा बस्दै आएकी अन्दाजी ५२ वर्षीया जर्मनी महिला रहेको प्रहरीले जनाएको छ ।उ
नी सोमबार ललितपुर महानगरपालिका–१६, नागबहालमा पर्ने उक्त अपार्टमेन्टमा मृत अवस्थामा फेला परेकी हुन् ।उनी लडिरहेको अवस्थामा भेटिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।
खबर पाउनासाथ प्रहरी परिसर ललितपुरको प्रहरी टोली घटनास्थल पुगेर घटनाबारे थप अनुसन्धान गरिरहेको छ। ईकागज
Author
-
कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।
View all posts
