Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » असल ट्याक्सी चालक सम्मानित
    समाचार

    असल ट्याक्सी चालक सम्मानित

    ramBy ram२०७६ पुष २७, आईतवार १२:४३ गते2 Mins Read

          कनकाई खबर \  ‘सञ्चालक र चालकको एकता, उचित भाडा दरको प्रतिवद्धता’ भन्ने मूल नाराका साथ सुरङ्गा क्षेत्रमा संगठित भएका ट्याक्सी व्यवसायीहरुको सातौं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

       वार्षिक उत्सव समेतको अवसर पारेर सुरुङ्गा ट्याक्सी व्यवसायीहरुले आयोजना गरेको कार्यक्रम पर्यटकीय क्षेत्र धनुषकोटीमा वनभोजसहित साँस्कृतिक कार्यक्रमका साथ सम्पन्न भएको हो । कार्यक्रमको अवसरमा ट्याक्सी व्यवसायी परिवार भित्रका उत्कृष्ट चालकहरुलाई नगदसहित सम्मान गरिएको छ । स्थानीय स्तरमा सामाजिक क्षेत्रमा समेत क्रियाशिल रहेका सम्मानित व्यक्तित्वहरुमा पुर्णलाल श्रेष्ठ, मोतीलाल माझी, निलकुमार श्रेष्ठ र उत्तम भुजेल रहेका छन् । संस्था साथै समग्र मजदुरको हक हितकालागि पु्र्याएको योगदानको उच्च मुल्यांकन गर्दै संस्थाको संस्थापक सदस्य समेत रहेका सम्मानित सवैलाई कार्यक्रमका प्रमुख अतिथी समाजसेवी वालकृष्ण मैनाली, कनकाई ३ का वडाअध्यक्ष रुद्रप्रसाद चिमरीया लगायतले प्रशंसा पत्र वितरण गरेका हुन् । सम्मान कार्यक्रमको संचालन पुर्व उपाध्यक्ष तारा कोइरालाले गरेका थिए ।

       सुरुङ्गा ट्याक्सी व्यवसायी परिवारका अध्यक्ष ओम लुईटेलको सभापतित्व एवम् समाजसेवी बालकृष्ण मैनालीको प्रमुख आतिथ्य रहेको कार्यक्रममा अध्यक्ष लुईटेलले संस्थाको भावि योजना सहितको प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए भने सचिव किशनकुमार ठाकुरले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । कनकाई माई पुर्व साथै लक्ष्मीपुरको घाग्रा पश्चिमको क्षेत्र भित्रका करीब ५० को संख्यामा रहेका ट्याक्सी व्यवसायीहरु एक दशक अघिदेखि नै संगठित भएर विभिन्न सामाजिक गतिविधीहरु समेत संचालन गर्दै आएको संस्थाका ऋण समितिका संयोजक पुर्णलाल श्रेष्ठले वताएका छन् ।

       संस्थाको तर्फवाट सदस्य परिवारको निधन भएमा समवेदना लिएर सहानुभूति प्रकट गर्न सम्वन्धित परिवारमा जाने गरेको श्रेष्ठले वताए । दुर्घटना भएर गाडी मर्मत गर्नु पर्ने भएमा संस्थाभित्र आवद्ध सदस्यलाई २० हजार सम्म मर्मत खर्च दिने गरेको साथै ईन्जीनमा खराबी आएमा १० हजार सम्म रकम उपलव्ध गराउँदै आएको संस्थाका अध्यक्ष लुईटेलले वताए । एकआपसमा संगठीत भएर अघि बढेका ट्याक्सी व्यवसायीहरुले करिव १० लाख सम्मको भलाई कोष समेत निर्माण गरेका छन् । जुन कोषवाट सदस्यहरुलाई आवश्यक पर्दा सस्तो व्याजमा संस्थाले २५ हजार सम्म कर्जा उपलव्ध गराउँदै आएको वताइएको छ ।

     संस्थाका सचिव किशनकुमार ठाकुरले स्वागत गरेको औपचारिक कार्यक्रमको संचालन ऋण समितिका संयोजक पुर्णलाल श्रेष्ठले गरेका थिए ।

    कमेन्टस्

    Author

    • ram
      ram

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    कनकाईमा दलित विद्यार्थीलाई १ लाख ५० हजार बराबरको छात्रवृत्ति वितरण

    २०८३ जेष्ठ १९, मंगलवार ०३:०९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.