Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » कनकाईमा जारी पालिकास्तरीय फुटबल प्रतियोतिा अब दोस्रो चरणमा प्रवेश
    कनकाई नगरपालिका

    कनकाईमा जारी पालिकास्तरीय फुटबल प्रतियोतिा अब दोस्रो चरणमा प्रवेश

    रामप्रसाद निरौलाBy रामप्रसाद निरौला२०८० माघ १०, बुधबार १९:१४ गते3 Mins Read

    कनकाई खबर \ झापाको सुरुङ्गामा जारी जिल्लास्तरीय पालिका पुरुष फुटबल प्रतियोगिता अन्तर्गत पहिलो चरणको खेल समापन भएको छ ।

    दोस्रो चरणमा प्रवेश गरेको प्रतियोगिताको आज बुधबार शिवसताक्षी नगरपालिका र हल्दिबारी गाउँपालिका विच भएको खेल अवधिभरमा दुवै पक्षबाट कुनै पनि गोल नभएपछि खेल ट्राईबेकरमा धकेलिएको थियो । ट्राईबेकरमा भएको निर्णय अनुसार शिवसताक्षी बिजेता बनेको आयोजक समितिले जनाएको छ । यो जीतसँगै शिवसताक्षीले अब सेमी फाइनलको यात्रा पक्का गरेको छ । खेलको म्यान अफ द म्याच शिवसताक्षीकै जर्सी नं.२ का खेलाडी निकेश श्रेष्ठ घोषित भए ।

    ‘खेलकुद मार्फत राष्ट्र विकासको अभियान’ भन्ने मुल नाराका साथ खेलकुदका विभिन्न गतिविधिहरु संचालन गर्दै आएको कनकाई खेलकुद प्रतिष्ठानले प्रतियोगिता संचालन गरेको हो । कनकाई माविको खेल मैदानमा माघ ६ गतेदेखी संचालन भएको पुरुष फुटबल प्रतियोगितामा झापाका १० वटा पालिकाले सहभागीता जनाएका छन् ।

    एक विशेष समारोहका विच कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलबाट उद्घाटन गरिएको प्रतियोगिता अन्तर्गत आज बुधबारबाट दोस्रो चरणको खेल संचालन भएको बताइएको छ । दोस्रो चरणको पहिलो खेलमा शिवसताक्षी नगपालिका र हल्दिबारी गाउँपालिका विच प्रतिस्पर्धा भइरहेको आयोजक समितिका खेल संयोजक रमेशचन्द्र मैनालीले जानकारी दिए । पहिलो चरणको खेलबाट क्रमशः गौरीगञ्ज, बुद्धशान्ती, कमल गाउँपालिका र अर्जुनधारा नगरपालिका बाहिरिएका छन् । दोस्रो चरणकालागी कनकाई नगरपालिका, झापा गाउँपालिका, शिवसताक्षी र भद्रपुर नगरपालिकाले आफ्नो यात्रा तय गरेका छन् ।

    प्रतियोगिताको हरेक दिनको खेलमा स्थानीय खेलप्रेमी व्यक्तित्वहरुबाट म्यान अफ द म्याच बापतको नगद पुरस्कार रु.२ हजार १सय सहयोग स्वरुप प्राप्त हुँदै आएको छ । प्रतियोगितामा म्यानअफ द म्याच स्पोन्सर गर्नेहरुमा क्रमशः स्थानीय नर्वदा किराना पसलका संचालक केशव श्रेष्ठ, पालिघरका संचालक समेत रहेका भेट्रान क्लवका अध्यक्ष श्याम राई, प्रतिष्ठानका निवर्तमान अध्यक्ष दिननाथ खतिवडा, एल.एस.कन्स्ट्रक्सन कम्पनीका संचालक डम्बर फुयाल, जगदम्बा हार्डवेयरका संचालक याम संग्रौला, क्याम्ब्रीज आइटी कलेजका संचालक श्रीकृष्ण उप्रेती लगायत रहेका छन् । मंगलबारको खेलमा पुर्व राष्ट्रिय खेलाडी लयप्रसाद उप्रेतीले पहिलो गोल कर्तालाई पुरस्कार स्वरुप नगद १ हजार प्रदान गरेको प्रतिष्ठानकी सचिव मान्ता खरेलले जानकारी दिएकी छन् ।

    माघ १७ गते समापन हुने प्रतियोगिताको प्रथम पुरस्कारका रुपमा १ लाख ११ हजार साथै दोस्रो पुरस्कार ७५ हजार नगद, प्रमाण पत्र र ट्रफीको व्यवस्थापन गरेको प्रतिष्ठानका अध्यक्ष छवी थपलियाले जानकारी दिए । प्रत्येक दिनको मेन अफ द म्याचको नगद पुरस्कार रु.२ हजार१ सय रहेको छ भने खेल अवधिभरका उत्कृष्ट गोल किपर, सर्वाधिक गोल कर्ता, उत्कृष्ट डिफेन्स, उत्कृष्ट मिड फिल्डर लगायतको पुरस्कार जनही नगद २ हजार १ सय साथै मेन अफ दि सिरिज रु. ५ हजारको नगद पुरस्कार व्यवस्थापन गरेको अध्यक्ष थपलिया बताउँछन् ।

    अबको खेल दुई दिनपछि माघ १३ गते बाह्रदशी गाउँपालिका र भद्रपुर नगरपालिका बिच हुने कनकाई खेलकुद प्रतिष्ठानकी उपाध्यक्ष अम्बिका खरेलले बताएकी छन् । प्रतियोगिताको अन्तिम फाइनल खेल १७ गते सम्पन्न हुने उपाध्यक्ष खरेल बताउँछिन् ।

    कमेन्टस्

    Author

    • रामप्रसाद निरौला

      निरौला कनकाई खबर अनलाइनका सञ्चालक तथा कनकाई खबर साप्ताहिकका सम्पादक हुन् । उनी राष्ट्रिय समाचार समितिका लागि पनि काम गर्छन् ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    कनकाईमा दलित विद्यार्थीलाई १ लाख ५० हजार बराबरको छात्रवृत्ति वितरण

    २०८३ जेष्ठ १९, मंगलवार ०३:०९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.