Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » कनकाईको पालिकास्तरीय पुरुष फुटबलमा आयोजकको विजय सुरुवात
    कनकाई नगरपालिका

    कनकाईको पालिकास्तरीय पुरुष फुटबलमा आयोजकको विजय सुरुवात

    रामप्रसाद निरौलाBy रामप्रसाद निरौला२०८० माघ ६, शनिबार २३:२४ गते2 Mins Read


    कनकाई खबर \ झापाको सुरुङ्गामा संचालन भएको जिल्लास्तरीय पालिका पुरुष फुटबल प्रतियोगिताको उद्घाटन खेलमा आयोजक कनकाई नगरपालिकाले विजय सुरुवात गरेको छ ।

    गौरीगञ्ज गाउँपालिका र आयोजक कनकाई नगरपालिका विच भएको उद्घाटन खेलको दोस्रो हाप पछि अर्थात ३७ औं मिनेटमा कनकाईको गोल पोष्टमा गौरीगञ्जले आत्माघाती गोल गरेपछि आयोजक कनकाई नगरपालिकाले अग्रता लिएको थियो । तत्काल गौरीगञ्ज तर्फका खेलाडीले एक गोल गरेपछि निर्धारित समय सम्म खेल बराबरीमा समापन भएका कारण ट्राइबेकरमा कनकाई नगरपालिकाले अग्रता लिएको हो । कनकाईका गोल रक्षक खेलको म्यान अफ द म्याच घोषित भएको आयोजक संस्थाका खेल संयोजक रमेशचन्द्र मैनालीले जानकारी दिए ।खेलको दोस्रो दिन आइतबार झापा गाउँपालिका र कमल गाउँपालिका विच प्रतियोगिता संचालन हुने आयोजक समितिले जनाएको छ ।

    माघ १७ गते समापन हुने प्रतियोगिताको प्रथम पुरस्कारका रुपमा १ लाख ११ हजार साथै दोस्रो पुरस्कार ७५ हजार नगद, प्रमाण पत्र र ट्रफीको व्यवस्थापन गरेको प्रतिष्ठानका अध्यक्ष छबी थपलियाले जानकारी दिए । प्रत्येक दिनको मेन अफ द म्याचको पुरस्कार नगद २ हजार रहेको छ भने खेल अवधिभरका उत्कृष्ट गोल किपर, सर्वाधिक गोल कर्ता, उत्कृष्ट डिफेन्स, उत्कृष्ट मिड फिल्डर लगायतको पुरस्कार जनही नगद २ हजार १ सय साथै मेन अफ दि सिरिज ५ हजारको नगद पुरस्कार व्यवस्थापन गरेको छ ।

    ‘खेलकुद मार्फत राष्ट्र विकासको अभियान’ भन्ने मुल नाराका साथ अघि बढेको कनकाई खेलकुद प्रतिष्ठानले खेलकुदका विभिन्न गतिविधिहरु सहित सामाजिक क्षेत्रमा समेत सक्रियता देखाउँदै आएको छ । सोही अनुरुप कनकाई माविको खेल मैदानमा माघ ६ गतेदेखी वार्षिक कार्यक्रमका रुपमा रहेको पुरुष फुटबल प्रतियोगिता संचालन भएको हो । झापाका १० वटा पालिकाको बिचमा प्रतियोगिता संचालन गरिएको खेल संयोजक मैनाली बताउँछन् ।

    प्रतिष्ठानका अध्यक्ष छवी थपलियाको सभापतित्व एवं कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलको प्रमुख आतिथ्य रहेको कार्यक्रममा नेपालको राष्ट्रिय खेलाडी बन्न सफल कनकाई ३ का युवा खेलाडी रोहन कार्कीलाई विशेष सम्मान गरिएको थियो ।


    खेल संयोजक रमेशचन्द्र मैनालीले स्वागत तथा प्रतिष्ठानकी सचिव मान्ता खरेलले संचालन गरेकोे कार्यक्रममा कनकाई नगरपालिकाका प्रवक्ता कृष्णवहादुर राई, जिल्ला खेलकुद विकास समिति झापाका अध्यक्ष प्रशान्त भण्डारी, सल्लाहकार समिति सदस्य कुमारमणी पोखरेल, ख्याम सिटौला, सन्तोष रायमाझी लगायतले प्रतियोगिताको सफलताको कामना गरे ।

    कमेन्टस्

    Author

    • रामप्रसाद निरौला

      निरौला कनकाई खबर अनलाइनका सञ्चालक तथा कनकाई खबर साप्ताहिकका सम्पादक हुन् । उनी राष्ट्रिय समाचार समितिका लागि पनि काम गर्छन् ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    कनकाईमा दलित विद्यार्थीलाई १ लाख ५० हजार बराबरको छात्रवृत्ति वितरण

    २०८३ जेष्ठ १९, मंगलवार ०३:०९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.