Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    कनकाईमा दलित विद्यार्थीलाई १ लाख ५० हजार बराबरको छात्रवृत्ति वितरण

    २०८३ जेष्ठ १९, मंगलवार ०३:०९ गते

    कनकाई नगर प्रमुख पोखरेललाई मातृ शोक, मंगलबार दिउँसो १ बजे दाहसंस्कार गरिने

    २०८३ जेष्ठ १८, सोमबार २२:०० गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » समाचार प्रभाव ः छोरीवाट बाबुको काजक्रिया
    समाचार

    समाचार प्रभाव ः छोरीवाट बाबुको काजक्रिया

    ramBy ram२०७६ पुष २५, शुक्रबार १५:०३ गते4 Mins Read

    राम निरौला,
    कनकाई खबर  \  छोरीवाट बाबुको काजक्रिया गराउँदै आएका ब्राम्हणमाथि अपरिचीत नकापधारी व्यक्तिहरुवाट भएको आक्रमणका विषयमा स्थानीय साथै राष्ट्रियस्तरका संचारमाध्यममा समाचार सार्वजनिक भएसँगै मानवअधिकारका क्षेत्रमा काम गर्ने मानवअधिकारकर्मी, अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का प्रतिनिधी, स्थानीय प्रशासन लगायत विभिन्न जिम्मेवार निकायहरुले महत्वका साथ निगरानी बढाएका छन् ।

       झापाको कनकाईवाट राष्ट्रिय समाचार समिति (रासस) मार्फत स्थानीय कनकाई खबर साप्ताहिक लगायत अन्य विभिन्न स्थानीय साथै राष्ट्रियस्तरका संचार माध्यममा महत्वका साथ समाचार सार्वजनिक भएपछि सरोकारवाला निकायको निगरानी बढेको हो । समाचारको प्रभावका कारण जिम्मेवार निकायहरुवाट पाएको साथ र सहयोगले काजक्रियाको काम गराउँने वातावरण सहज बन्दै गएको ब्राम्हण कैलाश न्यौपानेले बताएका छन् । कर्म गराउँन थालेको दुईदिनकै दिन नकापधारी समूहले आक्रमण गरेपछि आँफूले दोधारे मनमस्तिष्क बनाउँन थालेको बताउँदै ब्राम्हण न्यौपानेले स्थानीय संचारकर्मीमार्फत विभिन्न संचार माध्यममा समाचार सार्वजनिक भएपछि सरोकारवाला निकायहरुवाट ठूलो साथ सहयोग प्राप्त भएको भन्दै खुशी व्यक्त गरेका छन् ।

       ब्राम्हण आक्रमणको विषयमा मानवअधिकारका क्षेत्रमा काम गर्दै आएको अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक) झापाको समेत गम्भीर ध्यानआकर्षण भएको इन्सेकका झापा प्रतिनिधी नरेश खातीले वताएका छन् । यसका साथै काजक्रिया भइरहेको क्षेत्र लगायत ब्राम्हण न्यौपानेको सुरक्षा व्यवस्थालाई थप  व्यवस्थित गरीएको इलाका प्रहरी कार्यालय सुरुङ्गाले जनाएको छ ।

                                                                                        ब्राम्हण न्यौपाने,

       विर्तामोड २ चैतुवारी निवासी ३९ वर्षिया टिकाराम खनालको निधनपछि छोरा नभएका कारण छोरीकै ईच्छाअनुसार ब्राम्हण न्यौपानेले खनालका दुईवटी छोरीवाट काजक्रिया गराउँदै आएका हुन् । शारीरिक रुपमा अस्वस्थ भई करिव एक महिनादेखी कनकाई ३ स्थित एकान्तटोलमा रहेका ससुरालीको रेखदेखमा रहेका खनालको विभिन्न अस्पतालमा भएको उपचार सम्भव नभएपछि उपचारकै क्रममा यहि पुष १५ गतेका दिन निधन भएको थियो । पवित्र कनकाई माइमा भएको दाहसंस्कारपश्चात ससुरा कृष्णप्रसाद भटट्राई, ससुराली परिवार साथै स्थानीयवासीको सहयोगमा नाबालक छोरीले नै काजक्रिया गर्न सुरु गरेका हुन् ।

       आफ्ना सहोदर दाजुभाइ र परिवार कोही पनि नभएकै कारण काजक्रियाकालागि अन्य बन्धुहरुसँग हारगुहार गर्दा मोटो रकमको माग भएपछि आर्थिक अवस्था समेत कमजोर भएका खनालको नाबालक छोरीले नै काजक्रिया गर्न बाध्य भएको स्थानीय एकान्तटोल समाज विकास संस्थाका सचिव प्रयागराज काफ्लेले बताएका छन् । स्थानीयवासीको सहयोगमा संस्था नै अभिभावकका रुपमा उभिएर काममा सहजीकरण गर्दै आएको संस्थाका सचिव काफ्ले वताउँछन् ।

       काजक्रियामा बसेका खनालका जेठी छोरी जुनु (भावना) १४ वर्षकी र कान्छी जेनी (सीता) खनाल ८ वर्षका छन् । आफ्ना दाजुभाइ नभएपछि बुबाको काजक्रिया गर्ने आफ्नै जिम्मेवारी भएको ठहर गर्दै दिदीबहिनी काममा बसेको बताउँदै खनालकी जेठी छोरी जुनुले केही बन्धुहरुवाट पैशामा दलाल भएको कुरा सुनेपछि पनि आफ्ना बुबाको काम आफैं गर्न थप उत्साह जागेको बताएकी छन् । ‘अभिभावककालागि छोरा र छोरी दुवै बराबरी हुन्, समाजले हेर्ने दृष्टिकोण संकुचित भएकाले अनौठो लागेको हुन सक्छ’ भन्दै खनालकी जेठी छोरी जुनुले आँफूहरु कसैको दबाबमा नपरी स्वतःस्फूर्त रुपमा काजक्रिया गर्न बसेको वताएकी छन् ।

        विरामी पर्दा उपचारकालागि अस्पताल जान आफन्तजन साथै कुनै पनि सहयोगी नपाएर स्व.खनाल ससुरालीको सहारा लिन पुगेका थिए । खनालको निधनपछि पनि काजक्रियामा दाजुभाइ नहुँदा एकान्तटोल समाज विकास संस्थाले संरक्षण दिएर सामुदायिक भवन निशुल्क रुपमा उपलव्ध गराई १३ दिन सम्मको काजक्रिया भइरहेको संस्थाका अध्यक्ष भीम खरेलले वताएका छन् ।

       काजक्रियाको कर्म दुर्गापुर निवासी ब्राम्हण कैलाश न्यौपानेले गराउँदै आएका छन् । छोरीले काजक्रिया गर्ने विषयमा धर्मशास्त्रमा उल्लेख नभएपनि स्थानीय समाजको अनुरोध अनि परिवारको दयनीय अवस्थालाई मध्यनजर गरेर आँफूले सहयोग गर्दै आएको ब्राम्हण न्यौपाने बताउँछन् । तर काजक्रिया गराउँन सुरु गरेको केही दिनमै धर्मशास्त्र विरोधी काम गराएको भन्दै ब्राम्हण न्यौपानेलाई नकापधारी एक समुूहले हातपात गरेका थिए ।

        कनकाई नगरपालिका ३ एकान्तटोलस्थित सर्वेश्वर सामुदायिक भवनमा स्थानीयवासीको सहयोगमा काजक्रिया गराउँदै आएका ब्राम्हण न्यौपानेलाई धर्मशास्त्र भन्दा बाहिर गई नियम मिचेर छोरीलाई काम गराएको भन्दै नकापधारी सातजनाको समूहले हप्काएका थिए । कुनै दाजुभाइ खोजेर काजक्रियामा राख्नु पर्ने भन्दै उनीहरुले ब्राम्हणलाई दबाब दिएको ब्राम्हण न्यौपाने बताउँछन् ।

       मोटरसाइकलमा आएका ती अपरीचित व्यक्तिहरु मध्ये एकजनाको लामो टुप्पी पनि आँफूले देखेको हुनाले ब्राम्हण समुदायकै समूह आएको हुन सक्ने आँफूले अनुमान गरेको न्यौपाने बताउँछन् । समाजमा आइपरेको अप्ठ्यारो अवस्थामा मानवीय सहयोग गर्नु आफ्नो दायित्व सम्झेर गरेको काममा विभिन्न धार्मिक संघसंस्थाहरुवाट समेत सहयोग हुनु पर्ने भन्दै ब्राम्हण न्यौपानेले आँफूमाथि भएको आक्रमणका विषयमा दुःख व्यक्त गर्दै आएका छन् । दाहसंस्कारपछि बाबुको काजक्रिया गरीरहेका छोरीको विभिन्न संचारमाध्यममा समाचार आउँन थालेपछि यसका प्रभावले बन्धुहरुमा खैलाबैला मच्चिएका कारण नौ दिनदेखी छोरीहरुको सहयोगीका रुपमा एकजना बन्धुले काम गर्दै आएको बुझिएको छ ।

    कमेन्टस्

    Author

    • ram
      ram

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    कनकाईमा दलित विद्यार्थीलाई १ लाख ५० हजार बराबरको छात्रवृत्ति वितरण

    २०८३ जेष्ठ १९, मंगलवार ०३:०९ गते

    कनकाई नगर प्रमुख पोखरेललाई मातृ शोक, मंगलबार दिउँसो १ बजे दाहसंस्कार गरिने

    २०८३ जेष्ठ १८, सोमबार २२:०० गते

    Leave A Reply Cancel Reply

    अपडेट

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    कनकाईमा दलित विद्यार्थीलाई १ लाख ५० हजार बराबरको छात्रवृत्ति वितरण

    २०८३ जेष्ठ १९, मंगलवार ०३:०९ गते

    कनकाई नगर प्रमुख पोखरेललाई मातृ शोक, मंगलबार दिउँसो १ बजे दाहसंस्कार गरिने

    २०८३ जेष्ठ १८, सोमबार २२:०० गते

    एकाएक सांसदको प्रश्नको उत्तर दिन रोष्ट्रममा पुगेका प्रधानमन्त्री बालेनले दिए ७ सांसदका प्रश्नको जवाफ (पूर्णपाठ)

    २०८३ जेष्ठ १७, आईतवार १६:३८ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.