Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » कनकाईमा माघ ६गतेदेखी पालिकास्तरीय पुरुष फुटबल प्रतियोगिता हुने
    कनकाई नगरपालिका

    कनकाईमा माघ ६गतेदेखी पालिकास्तरीय पुरुष फुटबल प्रतियोगिता हुने

    रामप्रसाद निरौलाBy रामप्रसाद निरौला२०८० माघ ४, बिहीबार ०७:३१ गते2 Mins Read

    कनकाई खबर \ झापाको सुरुङ्गामा जिल्लास्तरीय पालिका पुरुष फुटबल प्रतियोगिता संचालन हुने भएको छ ।

    ‘खेलकुद मार्फत राष्ट्र विकासको अभियान’ भन्ने मुल नाराका साथ अघि बढेको कनकाई खेलकुद प्रतिष्ठानले खेलकुदका विभिन्न गतिविधिहरु सहित सामाजिक क्षेत्रमा समेत सक्रियता देखाउँदै आएको छ । यसै क्रममा प्रतिष्ठानले अघिल्ला वर्षहरु झै आफ्नो वार्षिक क्यालेण्डरमा भएको कार्यक्रमलाई यस वर्ष पनि संचालन गर्ने तयारी गरेको जनाएको छ ।

    सोही अनुरुप कनकाई माविको खेल मैदानमा यहि माघ ६ गतेदेखी वार्षिक कार्यक्रमका रुपमा रहेको पुरुष फुटबल प्रतियोगिता संचालन हुने भएको हो । झापाका १० वटा पालिकाको सहभागीतामा संचालन हुने प्रतियोगिता १७ गते समापन हुने खेल संयोजक रमेशचन्द्र मैनालीले जानकारी दिए । प्रतिष्ठानका तर्फबाट झापाका १५ वटै पालिकालाई प्रतियोगितामा सहभागीताकालागी अनुरोध गरिएको भएपनि केही पालिकाको आफ्नै समस्याका कारण सहभागी हुन नसक्ने जानकारी आएपछि यस पटक १० वटा पालिकाको बिचमा प्रतियोगिता संचालन गर्न लागीएको खेल संयोजक मैनाली बताउँछन् ।

    माघ ६ गते शनिवार दिउँसोको ठीक १ः३० बजेदेखी औपचारिक कार्यक्रम साथै २ बजेदेखी खेल संचालन गर्ने गरी समयको व्यवस्थापन गरिएको बताइएको छ । कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलबाट समुद्घाटन हुने प्रतियोगिताको उद्घाटन खेल कनकाई नगरपालिका र गौरीगञ्ज गाउँपालिका बिच हुने आयोजक समितिले जनाएको छ ।

    प्रतियोगिता सम्पन्न गर्न आर्थिक स्रोत व्यवस्थापनमा कठिनाई रहेको भएपनि प्रतिष्ठानले प्रथम पुरस्कारका रुपमा १ लाख ११ हजार साथै दोस्रो पुरस्कार ७५ हजार नगद, प्रमाण पत्र र ट्रफीको व्यवस्थापन गरेको प्रतिष्ठानका अध्यक्ष छबी थपलियाले जानकारी दिए । प्रत्येक दिनको मेन अफ द म्याचको पुरस्कार नगद २ हजार रहेको छ भने खेल अवधिभरका उत्कृष्ट गोल किपर, सर्वाधिक गोल कर्ता, उत्कृष्ट डिफेन्स, उत्कृष्ट मिड फिल्डर लगायतको पुरस्कार जनही नगद २ हजार १ सय साथै मेन अफ दि सिरिज ५ हजारको नगद पुरस्कार व्यवस्थापन गरेको प्रतिष्ठानका अध्यक्ष थपलियाले जानकारी दिए ।

    मुख्य आर्थिक सहयोग कनकाई नगरपालिकाको रहने प्रतियोगितामा खेल सम्पन्न गर्न ६ लाख ४९ हजार ४ सय खर्चको अनुमान गरिएको आयोजक समितिले जनाएको छ । प्रतियोगितामा खेलप्रेमी व्यक्तित्वहरु, उद्योगी व्यवसायी, विभिन्न संघसंस्था साथै प्रतिष्ठानका सदस्यहरुबाट समेत आर्थिक सहयोग प्राप्त हुने विश्वास गरिएको छ ।

    झापा जिल्लाकै उच्च स्तरको प्रतियोगिताको रुपमा कनकाई कपलाई थप व्यवस्थित गर्दै यसलाई निरन्तरता दिँदै अघि बढ्ने योजना रहेको आयोजक समितिले जनाएको छ । प्रतिष्ठानले जिल्ला स्तरीय महिला फुटबल प्रतियोगिता, कनकाई सन्थाल मेला, कनकाई कप, वडास्तरीय खेलकुदका गतिविधिहरुः फुटबल,क्रिकेट,भलिबल लगायतका प्रतियोगिताहरु संचालन गर्दै आइरहेको बताइएको छ ।

    कमेन्टस्

    Author

    • रामप्रसाद निरौला

      निरौला कनकाई खबर अनलाइनका सञ्चालक तथा कनकाई खबर साप्ताहिकका सम्पादक हुन् । उनी राष्ट्रिय समाचार समितिका लागि पनि काम गर्छन् ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते

    आज देखि सरकारी कार्यालय बिहान नौ बजे देखि अपरान्ह पाँच बजेसम्म,हप्तामा दुई दिन विदा

    २०८२ चैत्र २३, सोमबार ११:१० गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.