Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    कनकाई नगरपालिकाको बजेट ः ६६ करोड ३५लाख८८ हजार ६९८

    २०८३ असार ११, बिहीबार ०२:५६ गते

    कनकाई नगरपालिकामा भूमि प्रशासन सेवा सुरु ः स्थानीय तहमै ऐतिहासिक कदम

    २०८३ असार १०, बुधबार ११:३४ गते

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » झापाको राजगढमा २२ तोला सुन र ८५ तोला चाँदी चोरी
    कनकाई खबर बिशेष

    झापाको राजगढमा २२ तोला सुन र ८५ तोला चाँदी चोरी

    कनकाई खबरBy कनकाई खबर२०८० माघ ३, बुधबार ०८:२८ गते2 Mins Read

    बिर्तामोड । झापाको बाह्रदशी– ३ राजगढ बजारमा पुस २९ गते राती २२ तोला सुन चोरी भएको छ । मनिष राजवंशीको घरबाट २२ तोला सुन र ८५ तोला चाँदी चोरी भएको हो ।

    राजवंशीले ३५ लाख बराबरको क्षति भएको भन्दै इलाका प्रहरी कार्यालय राजगढमा उजुरी दिएका छन् ।राजवंशीले श्रीमतिलाई झापा गाउँपालिका माइती पठाएर भाक्का दिवस मनाउन बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशाला आएका थिए । राती आफु पनि ससुराली गएका उनी विहान घर आइपुग्दा सबै ढोका फुटाएको भेटाउँदा चकित भएका थिए ।

    माघ १ गते विहानै घर आयौं, राजवंशीले भने – ‘घर आउँदा सबै खुल्ला थियो । घरभित्रका दराजहरु सबै खुल्ला थिए । कपडाहरु जथाभावी छरिएको थियो । घरमा रहेको सबै गरगहना चोरी भएको रहेछ ।घटनाको प्रकृति हेर्दा, घरको कम्पाउड वाल नाघेर घरमा प्रवेश गरेको राजवंशीको भनाई छ ।

    गेटको ढोका नाघेर छिरेका चोरहरुले घरको मुल ढोकासहित भित्र दुई वटा कोठाको ढोका फोरेछन् । सबै बल्वहरु फुटाएको भेटियो । घरमा चारले लगाएको टोपी फेला परेको छ । टोपी सहित रड, पेचकस र केहि फलामे सामग्रीहरु भेटिएको उनीहरुको भनाई छ ।छठमा राजगढ बजारमा रहेको एउटा सुन पसलबाट २ तोला सुन चोरी भएको थियो ।

    हप्तापिच्छे ठुला–ठुला चोरीको घटना भइरहेको वडा नं. ३ का पूर्व वडाअध्यक्ष विरेन्द्र राजवंशीले जानकारी दिए । उनले प्रहरीले प्रभावकारी रुपमा सुरक्षा प्रदान गर्न नसकेको बताएका छन् । मोटरसाइकल र साइल चोरीका घटना अनगिन्ती रहेको राजगढबासीको भनाई छ ।

    पछिल्लो समय राजगढबासीले सुरक्षा प्रत्यमभूत गर्न नसकेको अधिकांशको गुनासो छ । बजार क्षेत्रमै यति ठुलो चोरी हुनुले प्रहरीको काममा समेत प्रश्न उठेको छ ।चोरी भएको आसपासमा कतै सीसी क्यामेरा नरहेको बुझिएको छ । ईजलास दैनिकबाट

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    कनकाई नगरपालिकामा भूमि प्रशासन सेवा सुरु ः स्थानीय तहमै ऐतिहासिक कदम

    २०८३ असार १०, बुधबार ११:३४ गते

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    कनकाई नगरपालिकाको बजेट ः ६६ करोड ३५लाख८८ हजार ६९८

    २०८३ असार ११, बिहीबार ०२:५६ गते

    कनकाई नगरपालिकामा भूमि प्रशासन सेवा सुरु ः स्थानीय तहमै ऐतिहासिक कदम

    २०८३ असार १०, बुधबार ११:३४ गते

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.