Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » प्रेमिकाको परीक्षा दिन प्रेमिकाकै लुगा लगाएर पुगेका युवक फिल्मिसैलीमा समातिए
    कनकाई खबर बिशेष

    प्रेमिकाको परीक्षा दिन प्रेमिकाकै लुगा लगाएर पुगेका युवक फिल्मिसैलीमा समातिए

    कनकाई खबरBy कनकाई खबर२०८० माघ २, मंगलवार २१:०२ गते2 Mins Read

    एजेन्सी । अहिलेसम्म तपाईंहरूले एकजनाको परीक्षा अर्कोले दिएको कयौँ घटना सुन्नु भएको हो। एकजना केटाले अर्का केटाको, एकजना केटीले अर्की केटीको नाममा परीक्षा दिएका घटना नौला रहेनन्।

    तर भारतको पञ्जावबाट अहिलेसम्मकै रोचक घटना बाहिरिएको छ। एकजना युवकले आफ्नो हुलिया युवतीको जस्तो बनाएर परीक्षा हलमा पुगेका बेला समातिएका छन्। उनी आफ्नी प्रेमिकाको नाममा परीक्षा दिन पुग्दा अनौठो तरिका अपनाएका थिए। केटाबाट केटीको स्वरुपमा त परिणत भए नै त्यससँगै उनले लुगा पनि प्रेमिकाकै लगाएका थिए।

    तर उनको मिहिनेतले काम गरेन, परीक्षा हलमा पुगेपछि उनी प्रहरीको फन्दामा परे। आफ्नी प्रेमिकाको साटो परीक्षा दिन केटीको हुलियामा पुगेका ती युवक अहिले समातिएर प्रहरीको हिरासतमा छन्। यही ७ जनवरीमा पञ्जावको कोटकपुरास्थित डीएभी पब्लिक स्कुलमा बाबा फरिद विश्वविद्यालय हेल्थ साइन्सेजद्वारा आयोजित स्वास्थ्यकर्मीको भर्ना परीक्षा हुँदै थियो।

    अंग्रेज सिंह नामका ती युवक उक्त परीक्षामा सहभागी हुन युवती बनेर पुगे। अंग्रेज सिंह रातो चुरा, रातै टीका र लिपस्टिकसहित मेकअपले सजिएका थिए। त्यति मात्रै थिएन, उनले त आफूलाई युवती देखाउन प्रेमिकाको लुगा नै लगाएका थिए।उनी परीक्षा दिन थालिसकेका थिए। तर जब परीक्षा हलमा तैनाथ कर्मचारीले उनको कपडामा शंका गरे। उनलाई युवती ठानेर जाँच थालेका कर्मचारी जब जिल्ल परे तब उनी २५ वर्षीय युवक भएको पुष्टि भयो।

    यी युवक फाजिल्काकी परमजीत कौर नामकी एक महिलाको स्थानमा परीक्षा दिन पुगेका थिए। अब अंग्रेज सिंह पुलिसको हिरासतमा छन्।पुलिसले अहिले यो मामिलाको जाँच गरिरहेको छ। उनी कुनै गिरोहको हिस्सा हुन सक्ने आशंकामा उनीमाथि छानबिन चलिरहेको छ।सामाजिक सञ्जालमा कयौँ मानिसले अंग्रेज सिंह आफ्नी प्रेमिकाको स्थानमा परीक्षा दिन आएको बताएका छन्। समाचार अनुसार अंग्रेज सिंहसँग नक्कली भोटर कार्ड र नक्कली आधार कार्ड पनि बरामद भएको छ।

    यसलाई लिएर समाजिक सञ्जालमा कयौँ किसिमका प्रतिक्रिया आएका छन्। एकजना ट्विटर प्रयोगकर्ताले मायाले के के खेल गराउँछ भनेर प्रतिक्रिया दिएका छन्। अर्का व्यक्तिले असली माया यही भनेर टिप्पणी गरेका छन्। अरु सबै झुटो भएको उनको टिप्पणी छ। अर्का प्रयोगकर्ताले मायाका लागि जेसुकै गर्न सकिने उदाहरण यसलाई भनेका छन्।

    मायाका लागि हीर-रान्झा र लैला-मजनुको सम्झना यी युवकले गरेको उनले भनेका छन्। धेरैले खास प्रेमी अंग्रेज सिंह भएको बताएका छन्। जसले आफ्नी प्रेमिकाको परीक्षा दिन कुर्ता-सुरुवाल लगाएको भन्दै धेरै खास आशिक भनेर टिप्पणी गरेका छन् ।

    पूर्वेली न्यूजबाट

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते

    आज देखि सरकारी कार्यालय बिहान नौ बजे देखि अपरान्ह पाँच बजेसम्म,हप्तामा दुई दिन विदा

    २०८२ चैत्र २३, सोमबार ११:१० गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.