झापाको कनकाई नगरपालिका ३ मा घरको ३ तला माथिको रेलिङबाट लडेर ४ वर्षीय बालक गम्भिर घाइते भएका छन् ।
आज(मंगलबार) दिउँसो ३ बजेको समयमा आकाश अधिकारीको छोरा सुवास अधिकारी ३ तला माथिको रेलिङबाट लडेर घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
कनकाई नगरपालिका –३ बस्ने आफन्त लक्ष्मी बरालको घरमा पाहुना आएका मोरङ बुढीगंगा गाउँपालिका –३ का आकाश अधिकारीको छोरा सुवास अधिकारी ३ तला माथिको रेलिङबाट लडेर घाइते भएका थिए।
गम्भिर घाइते भएका बालकको अहिले बीएण्डसी हस्पिटल बिर्तामोडमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
उक्त घटना स्थानमा इलाका प्रहरी कार्यालय सुरुङ्गाबाट प्रहरी टोली गएर थप बुझ्ने कार्य भइरहेको प्रहरीले जनाएको छ ।
कमेन्टस्
