कनकाई खबर/ झापाको कनकाई—३ सुरुङ्गा बजारका स्थायीबासी समाजसेवी रघुनाथ भट्टराईको सवारी दुर्घटनामा परि निधन भएको छ ।
सवारी दुर्घटनामा परि निधन भएका ७० वर्षीय भट्टराई जेष्ठ नागरिक संघ कनकाई वडा नं.३ को अध्यक्ष लगायत धेरै संघ संस्थामा आवद्ध रहेका थिए भने भट्टराई बन्धु समाज, नेकपा एमाले लगायतको विभिन्न जिम्मेवारीमा क्रियाशिल थिए । झापाको कमल गाउँपालिका —४ स्थित केर्खामा शनिवार दिउँसो ३ः ५५ बजेको समयमा तीनवटा मोटरसाईकल र स्कुटी एकआपसमा जुध्दा १ जनाको घटनास्थलमै मृत्यु भएको छ भने थप २ जना घाईते भएका छन् ।
कमल—४ स्थित केर्खामा पश्तिमबाट पुर्वतर्फ गई बाटो काटदै गरेको मे ६ प ३१५२ नम्बरको मोटरसाईकललाई सोही दिशाबाट जादै गरेको प्रदेश १ —०१—०१६ प. ८९९२ नम्बरको मोटरसाईकलले ठक्कर दिएको थियो । सोही समयमा प्रदेश १—०१—०१६प.७१४० नम्बरको स्कुटी समेत आई ठक्कर खाँदा प्रदेश १—०१—०१६प.—८९९२ नम्बरको मोटरसाईकलको पछाडि सवार झापा कनकाई— ३ बस्ने ७० बर्षिय रघुनाथ भट्टराईको उपचारका लागि दमकस्थित लाईफलाईन अस्पताल लैजाने क्रममा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ ।
दुर्घटनामा परि सोही मोटरसाईकल चालक कनकाई नगरपालिका —५ का ५३ बर्षिय चन्द्रप्रसाद भट्टराई सामान्य घाईते बनेको तथा अर्को मे ६ प ३१५२ नम्बरको मोटरसाईकल चालक कमल गाउँपालिका ३ निवासी ५५ बर्षिय देवप्रसाद बजगाई घाईते भई थप उपचारका लागि बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचार भईरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ । दुर्घटनामा परेका सबै मोटरसाईकलहरु हाल प्रहरी चौकी केर्खामा राखिएको समेत जनाइएको छ ।
